वैशाख, चितवन । भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाह सहित १३ जना वडाध्यक्षहरुले महानगरले आयोजना गर्ने सबै कार्यक्रम र बैठक बहिष्कार गर्ने निर्णय गरेका छन् । सोमबार भरतपुरमा सम्पन्न बैठकले सो निर्णय गरेको हो । बैठक पछि जारी प्रेस बिज्ञप्तिमा कोरोना अस्पतालको सामान चोरी प्रकरणका दोषीलाई कारबाही गर्न महानगरले आलटाल गरेको भन्दै कारवाही नभएसम्म कुनै पनि कार्यक्रममा उपस्थित नहुने उल्लेख छ ।
यसरी बिज्ञप्ति जारी गर्नेहरुमा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित उपमेयर पार्वती शाह ठकुरी , १३ जना वडाध्यक्ष र दुई जना कार्यपालिका सदस्यहरु रहेका छन् । उनिहरुले पटक पटक मेयरलाई यस बिषयमा ध्यानाकर्षण गराएपनी उनले वेवास्ता गरेको बताए ।
“चोरी कार्यमा स्वास्थ्य सेवा र व्यवस्थापनमा कार्यरत कर्मचारीहरु नै संलग्न हुँदा पनि कानून वमोजिम निलम्बनगरी अनुसन्धानलाई अगाडी वढाउनुको सट्टा भरतपुर महानगरपालिकाको मूल नेतृत्व उदासिन देखिनुले जनप्रतिनिधिलाई जवाफ दिने वाटो समेत नरहेको र कानुनी राज्यको मान्यता माथि नै धज्जी उडाएको छ ।” विज्ञप्तिमा उल्लेख छ ।महानगरपालिकाको लगानीको वास्तविक अवस्था र आयव्ययसमेत सार्वजनिक गरी जनप्रतिनिधिप्रतिको विश्वास र भरोसामाथि प्रश्न उठ्न नदिन आग्रहका साथ महानगरपालिकाका बैठकहरु वहिस्कार गरिएको उनीहरुले बताएका छन् । साथै यसबाट सृजित परिस्थितीको जिम्मेवारी स्वयं भरतपुर महानगरको मुल नेतृत्वले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
नेपाली काग्रेस चितवनका सचिव उत्तम जोशीसंग सत्यकलमले यस बारेमा प्रतिक्रिया लिँदा उनले पार्टीको स्पष्ट निर्देशन बमोजिमनै महानगरका जनप्रतिनिधिहरुले यस्तो निर्णय गरेको बताए । उनले भने,“ महानगरमा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि ज्युहरुलाई पार्टीले स्पष्ट रुपमा निर्देशन दिएको छ , पार्टी उहाँहरुको साथमा छ । ” जोशीले भने । उनले अस्पतालको चोरीमा संलग्नलाइृ कारावही र अनियमिताको सत्य तथ्य बाहिर नआएसम्म नेपाली काँग्रेस चुप लागेर नवस्ने बताए । उनले भने,“हामी निरन्तर दवाव दिउका छौं , निरन्तर यो बिषयमा प्रश्न गरिरहन्छौं ।”
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस