वैशाख, काठमाडौं । नेपालमा सोमबार एकैदिन २४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ।
सोमबार कपिलवस्तुमा मात्रै १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनीहरु सबै कपिलवस्तुको यशोधरा गाउँपालिका र वुद्धभुमि गाउँपालिकाका हुन्।
सोमबार बिहान कपिलवस्तुका १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका पुरुष र एक जना उमेर नखुलेका पुरुषसहित १० जनामा कोरोना पुष्टि भएको थियो। सोमबार साँझ कपिलवस्तुमा थप ६ जना संक्रमित थपिएका हुन्। उनीहरु १५, १९, २३, ३०, ३२ र ४० वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा पनि सोमबार ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरु सबै रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी संस्कृतिक गाउँपालिका–६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुष हुन्।
यस्तै आजै बर्दियाको राजापुर–५ की ११ वर्षीया बालिका र सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ३ का १८ वर्षीय पुरुषमा पनि कोरोनाको पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा सोमबार एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस