• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

निको भएका कोरोना संक्रमितको अनुभव: न कुनै लक्षण थाहा भयो, न त कुनै असर

May 11, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
निको भएका कोरोना संक्रमितको अनुभव: न कुनै लक्षण थाहा भयो, न त कुनै असर


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

उदी अरबबाट घर फर्केको ४६ दिनपछि कोरोना (कोभिड–१९) सङ्क्रमण देखिएपछि अस्पताल भर्ना गरिनुभएका भोजपुरका उपेन्द्र राईले कोरोनाको असर बुझ्नै नपाई डिस्चार्ज भए ।

भोजपुर हतुवागडी–६ का २६ वर्षीय राई वैशाख १३ गतेदेखि अस्पतालमा उपचारत भई आइतबार डिस्चार्ज भएका हुन् । तर, उनले संसारलाई असर पुर्‍याइरहेको कोरोनाले आफ्नो स्वास्थ्यमा कुनै प्रभाव नपारेको बताए ।

मलाई केही भएकै थिएन र अहिले पनि केही भएकै छैन, राईले भने– मलाई कोरोना छ भनेर डाक्टरलाई मात्रै थाहा छ ।

उनीफागुन २७ गते साउदी अरबबाट घर फर्किएका थिए । घर फर्केको ४६ दिनपछि सङ्क्रमित भएको खबरले आफूलाई सुरुमै कुनै पनि डर उत्पन्न नभएको उनले बताए ।

गाउँघरमा अलिअलि हल्ला गरेछन्, राईले हस्यौली गर्दै भने– भाग्यो रे पनि भनेछन् । उनले आफूलाई कुनै लक्षण बिना पोजेटिभ र कुनै असर बिना नेगेटिभ भएको कुराले सचेत गराएको बताए । डिस्चार्जपछि १४ दिनसम्म घर नफर्कने बताउँदै उनले स्थानीय तहको क्यारेन्टीनमा बस्ने ईच्छा जाहेर गरेका छन् ।

डिस्चार्जपछि अस्ताल परिसरमा हँसिलो मुद्रामा प्रतिक्रिया दिँदै उनले घरपरिवार र छरछिमेकमा पर्नसक्ने मनोवैज्ञानिक असरलाई कम गर्न आफूले तत्काल क्वारेन्टीनमै बस्नु उचित हुने निर्णयमा पुगेको बताए । संसारका अन्य मुलुकका नागरिकको अवस्था त्यस्तो हुँदा नेपालमा कोरोना सङ्क्रमित धमाधम घर फर्कन पाउनु भाग्य रहेको उनको बुझाइ थियो ।

बिदाईमा स्वास्थ्यकर्मीसँग हार्दिकता साटेर हातमा पुष्पगुच्छासँगै निस्कनुभएका झापा बाह्रदशीका ४० वर्षीय मुजाइर आलमले चिकित्सकको सुझावका आधारमा दैनिकी व्यवस्थापन गर्ने बताए । उनले स्वास्थ्यकर्मीसँग परामर्शमा रहिरहने बताउँदै सङ्क्रमणलाई सजिलै परास्त गर्न सकेको बताए ।

अस्पतालमा बस्नु घर वा मस्जिदमा बसेजस्तो नहुने बताउँदै उनले सबैको हार्दिकता पाएकोमा खुसी व्यक्त गरे। तवलिगी जमात समूहका सदस्य आलमले अस्पतालमा पानीको आपूर्ति व्यवस्थापनमा केही समस्या परेको भन्दै त्यस्ता मिलाउन सुझाव भने दिए ।

फागुन ३० गते भारतबाट नेपाल आउनुभएका आलमलाई स्थानीय तहसँगको समन्वयमा मदरसामा राखेर स्वास्थ्य निगरानी गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एवम् अस्पताल व्यवस्थापन समितिका संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

डिस्चार्जपछि सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थले दुवैजनालाई शुभकामना तथा बधाई दिदैं विदाई गरेका थिए। उनले घरमा वा अन्य जुनसुकै स्थानमा बस्दा पनि आफ्नो व्यक्तिगत सरसफाईदेखि सरकारले तोकेको १४ दिनसम्मको क्वारेन्टीन मापदण्ड कायम गर्नका लागि अनुरोध समेत गरेका थिए ।

कोभिड–१९ उपचार केन्द्रमा बैशाख २३ गतेसम्म भर्ना भएका ३१ जनामध्ये बैशाख २४ गते ६ जना डिस्चार्ज भएका थिए ।

त्यसपछि बैशाख २६ गते थप ८ जनालाई डिस्चार्ज गरिएको थियो । आइतबार २ जनासहित १६ जना डिस्चार्ज भएका छन् ।

त्यस बाहेक बैशाख २७ गते भर्ना गरिएका ३ र २८ गते भर्ना गरिएका १ जना गरि १९ जना उपचारतः रहनु भएको व्यवस्थापन संयोजक बस्नेतले जानकारी दिए ।

भर्ना गरिएकामध्ये झापाका १ जना र बाँकी १८ जना उदयपुर भुल्केस्थितका संक्रमित हुन्। उदयपुरको भुल्केबाट शनिबार र आईतबार भर्ना गरिएका चारजना महिला हुन् ।@गोरखापत्र दैनिक ।

बाट थप

  • देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेतदेउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत
  • राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दरराष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर
  • ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्युढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
  • देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावनादेशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    अंशु हत्या प्रकरणमा छिमेकी पक्राउ, प्रहरी सोधपुछमा

    अंशु हत्या प्रकरणमा छिमेकी पक्राउ, प्रहरी सोधपुछमा

    आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

    आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

    क्यानडामा ७ म्याग्निच्युडको भूकम्प

    क्यानडामा ७ म्याग्निच्युडको भूकम्प

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑