• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

लिपुलेकबारे सुशील कोइरालाको त्यो चट्टानी अडान, सुशील कोइराला बाट केपी ओलीलेपनि केही सिकून् !

May 10, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
लिपुलेकबारे सुशील कोइरालाको त्यो चट्टानी अडान, सुशील कोइराला बाट केपी ओलीलेपनि केही सिकून् !


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

वैशाख, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति समेत रहेका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको २०१५ जुन १२–१४ मा भारतको राजकीय भ्रमण हुने तिथि तय भइसकेको थियो । तर अन्तिम घडीमा त्यो एकाएक रोकियो ।

राजकीय भ्रमणसमेत रोकिनाको कारण ‘उपर्युक्त समयमा मिलाएर पछि गरिने’ मात्रै भनियो । तर कारण अर्कै थियो ।

नेपाल–भारत सम्बन्धमा निकटता र दोहोरो समस्याको सुनुवाइ गर्न हरेक महिनाको अन्तिममा दुई देशका प्रधानमन्त्रीबीच फोनवार्ता गर्ने पद्धति थालिएको थियो । भारत भ्रमणको कुरा आएपछि सीमावर्ती समस्या र विवादास्पद भूभागबारे बुझ्न बालुवाटारमा नापी विभाग, परराष्ट्र मन्त्रालयसहित पार्टीगत सहभागिताको बैठक चलेको थियो । त्यही बेला लिपुलेकको अवस्थिति र नेपालसँग रहेका प्रमाणबारे प्रधानमन्त्री कोइरालाले राम्रैसँग बुझेका थिए ।

उता बेइजिङमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच नेपाली भूमि लिपुलेकलाई द्विदेशीय व्यापारिक नाका बनाउने सहमति भएपछि नेपाल सरकारले तत्कालै काठमाडौंमा भारत र चीनका दुवै राजदूतलाई ‘प्रोटेस्ट नोट’ पठाउँदै उक्त सहमतिप्रति विरोध जनाएको थियो । त्यही असहज स्थितिमाझ प्रधानमन्त्री कोइराला र भारतीय समकक्षी मोदीबीच फोनवार्ता भएको थियो, वार्तामा कोइरालाले भनेका थिए, ‘यो लिपुलेकको कुरा के हो ? यो हाम्रो भूभागबारे हाम्रो सहमतिबेगरै बेइजिङमा सहमति गर्नुभयो । यस्तो किन भयो ?’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यही संवादपछि प्रधानमन्त्री कोइरालाको भारतको राजकीय भ्रमण रोकिएको थियो, अकारण र एकाएक । अनि, दुईतर्फी फोन संवादहरू पनि बन्द भए । यसरी २० महिने कार्यकालमा एकपटक पनि भारतको राजकीय भ्रमण नगरी पदबाट मुक्त भएका प्रधानमन्त्री बन्न पुगे कोइराला ।

‘ठीकै छ, भ्रमण त रोकियो । देशको भूभाग अतिक्रमित भएको विषयमा दुवै देशलाई नोट पठाइएको थियो र भारतीय प्रधानमन्त्रीलाई प्रत्यक्ष फोनवार्तामा अवगत भइसकेको थियो । तर, यो गम्भीर सरोकारमा परराष्ट्र मन्त्रालयको कहिल्यै फलो–अप हुन सकेन,’ तत्कालीन प्रधानमन्त्री कोइरालाका कूटनीतिक सल्लाहकार दिनेश भट्टराईले भने, ‘पूर्वाधिकारी सरकारको राम्रा काम–कुरा र कूटनीतिक अर्थका कामहरूको उत्तराधिकारी सरकारले फलोअप गर्न चाहेकै देखिएन । यही विषय यतिका समयपछि फेरि गत नोभेम्बरमा भारतले आफ्नो राजनीतिक नक्सामा लिपुलेकलाई समेटेपछि मात्रै ध्यानाकर्षणमा आएको हो ।’

भारतको उत्तराखण्ड राज्यमा पर्ने पिथौरागढ, धार्चुला हुँदै कालापानी र लिपुलेक नाकाबाट चीन प्रवेश गर्ने सडकको उद्घाटन भएपछि मात्रै नेपाल सरकारले आफ्नो भूमिमाथि भएको अर्को चरणको अतिक्रमणबारे जानकारी पाएको छ । यस्तो स्थिति आउनुलाई पूर्वपरराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईले ‘दुःखद घटना’ का रूपमा लिएका छन् । ‘राज्य संयन्त्रलाई थाहै नभई अथवा आश्चर्यतचकित तुल्याउने गरी यत्रो घटना हुनु दुस्खद कुरा हो,’ भट्टराईले भने, ‘यस्तो गम्भीर मामिलामा समयले अहम् महत्त्व राख्छ । यबारे कुनै प्रकारको कूटनीतिक पहलकदमी सुरूवात गरिएपछि त्यो रोकिनु हुन्न । सम्बन्धित र सम्भावित घटनाक्रमलाई जतिसक्दो जानकारीमा लिनुपर्थ्यो । त्यहीअनुसार अनवरत लागिरहनुपर्छ । जसको खास भूमिका रहनुपर्ने हो, उनीहरूमा यो समस्या समयसाग आफैं हल हुनेछ भन्ने आशा प्रबल बनिरह्यो कि जस्तो लाग्छ ।’

‘राज्य संयन्त्रलाई थाहै नदिई अथवा आश्चर्यचकित तुल्याउने गरी यत्रो घटना हुनु दुःखद कुरा हो,’ भट्टराईले भने, ‘यस्तो गम्भीर मामिलामा समयक्रमको अर्थ निकै रहन्छ । यसबारे कुनै प्रकारको कूटनीतिक पहलकदमी सुरूवात गरिएपछि त्यो रोकिनु हुन्नथ्यो । यससँग सम्बन्धित र सम्भावित घटनाक्रमलाई जतिसक्दो नियन्त्रणमा लिनुपथ्र्यो र त्यसैअनुसार निरन्तरता दिइनुपर्ने थियो । यस्तो लाग्छ, जसले भूमिका निर्वाह गर्नुपर्ने हो, उनीहरू समयले नै यो सबै कुरा ठीक गर्नेछ भन्ने सोचिरहेका छन् ।’

लिपुलेक व्यापारिक नाकाबारे भारत–चीन सहमति भएपछि सन् २०१५ मै भारत र चीनका काठमाडौंस्थित राजदूतलाई ‘प्रोटेस्ट नोट’ दिएका कारण अहिलेको घटनामा पनि चीनलाई समेत ‘ध्यानाकर्षण’ गर्नुपर्ने राय परराष्ट्र मन्त्रालयमा शनिबार आएको थियो । ‘नेपाल–भारतले लिपुलेकबारे जे टुंगो लगाउँछन्, त्यो चीनलाई मान्य हुने भनाइ यथावत् रहेको अवस्थामा अहिले लिपुलेकमै भारतले देखाएको बलमिच्याइँमा हामीले चीनलाई पनि जानकारी गराउनैपर्छ भनेर कुरा आएको थियो,’ परराष्ट्रका एक अधिकारीले भने, ‘तर आजको नेपाली भूमि भएर मानसरोवर जाने भारतीय सडकको सन्दर्भमा जारी गरिएको विज्ञप्तिमा चीन पक्षलाई नसमेटिएको मात्रै हो । तर नेपाली भूमि हुँदै भारतले चीन जाने बाटो बनाएको अवस्थामा हामीले चिनियाँ पक्षलाई पनि यसबारे अवगत गराउनेछौं ।’

अहिले बल्झिएको भूभाग अतिक्रमणबारे घरभित्र र बाहिर दुईतिर चुनौती रहेको पूर्व सचिव एवं राष्ट्रसंघीय नियोगका पूर्व स्थायी दूत भट्टराईले बताए । ‘घरभित्रको कुरामा तथ्यगत आधारमा र बिनाराजनीतीकरण तयार गरिएको श्वेत्रपत्र समेतका आधारमा सबै पक्षलाई विश्वासमा लिइनुपर्छ,’ उनले भने, ‘बाहिरको कुरामा अर्को पक्षको सरोकारलाई मनन गर्दै र आफ्नो अकाट्य तथ्य–प्रमाणलाई प्रस्तुत गर्दै अतिक्रमित भूमि सम्मानपूर्वक छाडेर जाने स्थिति तयार हुनुपर्छ ।’

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑