काठमाडौं, बैशाख । थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुर, कपिलवस्तु र पर्साका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
राष्टिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अस्पताल विराटनगरमा पिसिआर परीक्षण गर्दा उदयपुर भुल्केकाका १८, ४५ र ६५ वर्षिया महिला, कपिलवस्तुका १८, १७ र १८ वर्षिया पुरुष र पर्सा छपकैयाका ६२ वर्षिया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस