• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कोरोना परिक्षण गरेका सांसदलाई मात्र बैठक कक्षमा प्रवेश गर्न पाउने, ४३१ जनाको स्वाब संकलन

May 7, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : २८ मिनेट
कोरोना परिक्षण गरेका सांसदलाई मात्र बैठक कक्षमा प्रवेश गर्न पाउने, ४३१ जनाको स्वाब संकलन


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

काठमाडौँ– संसद सचिवालयले कोरोना परिक्षण गरेका सांसदलाई मात्र बैठक कक्षमा प्रवेश गर्न दिने भएको छ।

शुक्रबार दिउँसो ४ बजेदेखि संसदको बजेट अधिवेशन सुरु हुने भएपछि बिहीबार सांसदहरुको पिसिआर प्रविधिबाट परीक्षण गर्न स्वाव संकलन भइरहेको छ।

परीक्षणको रिपोर्ट शुक्रबार बिहानसम्म आउने र सांसदहरुले परीक्षणको रिपोर्ट नेगेटिभ आए मात्र बैठक कक्षमा प्रवेश गर्न दिने तयारी गरिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा काठमाडौँमा उपलब्ध भएका सांसद, कर्मचारी, सुरक्षाकर्मीको स्वाब संकलन गरिएको छ। छुटेका सांसदहरुलाई शुक्रबार बिहान ७ बजे उपस्थित हुन आग्रह गरिएको सचिव योगीले बताए।

परीक्षणको रिपोर्ट आउन सामान्यतया: ६ घण्टा लाग्ने भएकाले शुक्रबार नै स्वाब दिनेको पनि रिपोर्ट आउने र नेगेटिभ देखिएमा मात्र संसदमा प्रवेश दिइने भएको हो। जिल्ला जिल्ला पुगेका सांसद काठमाडौँ फर्किने क्रम जारी रहेको छ। त्यसरी आउने सांसदको परीक्षण भई रिपोर्ट नेगटिभ आए मात्र बैठकमा बस्न पाउनेछन्।

बिहीबार सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपालले स्वाब दिएका छन्।

त्यस्तै मन्त्री र सांसदहरुले पनि स्वाब दिएका छन्। जिल्ला जिल्ला पुगेका सांसद भर्खरै मात्र काठमाडौँ फर्किएको हुँदा विश्वस्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार परीक्षणपछि मात्रै बैठकभित्र प्रवेश गराउन लागिएको हो।

सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेका अनुसार बिहीबार चार सय ३१ जनाको स्वाब संकलन भएको छ। यसमध्ये एक सय ७५ जना प्रतिनिधिसभाका सांसद छन् भने राष्ट्रियसभाका ५९ मध्ये सबै जसोले स्वाब दिएका छन्। संसदका अधिकांश कर्मचारी र सुरक्षाकर्मीको पनि स्वाब संकलन भएको छ।

सचिवालयले प्रत्येक दुईवटा कुर्सी खाली राखेर सांसदहरुलाई राख्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका लागि पहिलो सिटमा एक्लै राख्ने र त्यसपछिको एउटा लाइन खाली राखेर मात्र अरु सांसदलाई बस्न दिने तयारी गरिएको छ।

संसदमा प्रधानमन्त्री बस्ने कुर्सी, बैठक कक्ष, कार्यकक्षको अवस्थाबारे बुधबार उनको निजी चिकित्सक दिव्या सिंह, स्वास्थ्य मन्त्रालय र संसद सचिवालको स्वास्थ्य टोलीले निरीक्षण गरेको थियो।

चिकित्सकको टोलीले प्रधानमन्त्रीको कार्यकक्षमा ६ जनाभन्दा बढी जम्मा नहुन, संसदमा एसी नचलाउन, सेनिटाइज गर्न, संसद छिर्ने गेटमा हात धुन साबुन पानी राख्न, अनिवार्य, ज्वरो परीक्षण गर्न सुझाव दिएको छ।

संयुक्त बैठक बस्ने अवस्थामा प्रतिनिसभाको हलमा मात्र सांसद नअट्ने हुँदा ग्यालरीमा समेत राखिने छ।

 

 

 

 

 

 

 

 

 

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑