• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २५, मंगलबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

१५ वर्षअघिको उपन्यास ‘लकडाउन’ले गरेको थियो यस्तो भविष्यवाणी

May 6, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
१५ वर्षअघिको उपन्यास ‘लकडाउन’ले गरेको थियो यस्तो भविष्यवाणी


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

यो धेरै, धेरै डरलाग्ने विषय थियो र यो वास्तवमा नै सम्भव हुने अवस्थामा थियो। त्यसैले मैले धेरै अनुसन्धान गरेँ र नयाँ युक्ति सहित प्रस्तुत गरेँ। यदी त्यो महामारी लण्डनमा सुरु भयो भने कस्तो हुन्छ? यदि शहर पूरै लकडाउन भयो भने के हुन्छ होला ?’

कुनै समय एउटा उपन्यास ‘अस्वीकृत’ हुन्छ। किताबलाई वास्तविकता भन्दा धेरै परको कुरा र अलच्छिनी भनिन्छ। तर त्यही पुस्तकमा उल्लेखित सन्दर्भ अहिलेको वास्तविकतासँग मिल्न आयो भने कस्तो होला?

स्कटिस लेखक पिटर मेसँग यसको जवाफ छ। पटकथा लेखकले उपन्यास लेखे, शीर्षक राखे ‘लकडाउन’। विश्वव्यापी महामारीको बारेमा सन् २००५ मा यो पुस्तक लेखियो। पुस्तक लेखिएको १५ वर्ष पछाडि कोरोना भाइरसको कारणले त्यो कुरा हाम्रो वास्तविकता बन्यो, विश्वभरमा कोरोना भाइरसले १० लाख भन्दा बढी मानिसलाई संक्रमण भइसकेको छ।

पुस्तक जब तयार भएको थियो, त्यत्तिबेला प्रकाशकहरुले यो पुस्तक अवास्तविक भनेर छाप्न अस्वीकार गरेका थिए। तर यो पुस्तक अप्रिल २ मा प्रकाशित भएको छ।

पुस्तकमा उल्लेख भएको माहामारी लण्डनमा केन्द्रित थियो। विश्वव्यापी महामारीको रुपमा फैलिएको त्यो रोगले प्रसाशन कार्यालय, संघसस्थाहरु बन्द भएका थिए। यो कथा मात्र लेखकको भावना हैन। यो कथालाई वास्तविक बनाउन उनले सन् २००२ मा बेलायत र अमेरिकाले महामारीको लागि गरेको तयारी सम्बन्धी तथ्यहरु पनि राखेका छन्।

‘मैले किताब लेख्ने समयमा वैज्ञानिकहरु ‘बर्ड फ्लू’ विश्वमा नराम्रो माहामारी फैलाउने रोग हुन सक्ने अनुमान लगाउँदै थिए,’ लेखक मे ले सिएनएनसँग भनेका छन्, ‘यो धेरै, धेरै डरलाग्ने विषय थियो र यो वास्तवमा नै सम्भव हुने अवस्थामा थियो। त्यसैले मैले धेरै अनुसन्धान गरेँ र नयाँ युक्ति सहित प्रस्तुत गरेँ। यदी त्यो महामारी लण्डनमा सुरु भयो भने कस्तो हुन्छ? यदि शहर पूरै लकडाउन भयो भने के हुन्छ होला ?’

बर्ड फ्लू र कोरोना भाइरसहरु एकअर्काभन्दा फरक हुन्, तर लकडाउनको परिस्थितिले सबैतिर प्रभाव पार्‍यो, मानिसलाई घरको नजिक तान्यो, लाखौँ करोडौँ मानिसहरु अहिले आफैँ आइसोलेसनमा बसिरहेका छन् ताकि भाइरस एकबाट अर्को मानिसमा नसरोस्।

अहिलेका पुस्तक प्रकाशकले आशा गरेका छन् कि यो पुस्तकले विश्वभरी आफ्नो पहिचान बनाउनेछ र यसको सम्मान हुनेछ। वर्षौ अगाडि प्रकाशकहरुले उपन्यासलाई ‘अति अवास्तविक र अनुचित’ को उपमा दिएको लेखक मे बताउँछन्। त्यसपछि उनले पुस्तकलाई पछि छाप्ने भनेर थन्काएका थिए, मेका अनुसार उनले यो पुस्तक लेखेको छु भन्ने सम्म बिर्सिसकेका थिए। एकदिन ट्विटरमा उनको फ्यानले उनलाई कोभिड १९ विरुद्ध पुस्तक लेख्नेबारे सोधे तब मेलाई यो पुस्तकको बारेमा स्मरण भयो।

‘मैले उनको प्रश्नबारे सोचेको एक मिनेट पनि नबित्दै महसुस गरेँ कि पहिला नै यस्तो पुस्तक लेखिसकेको छु,’ मेले भने, ‘मैले मेरो प्रकाशकलाई यसबारेमा जानकारी गराएँ, मेरो पुस्तकको सम्पादक अचम्मित भए। उनले मेरो पुस्तक रातभरमा नै पढेर सक्काए। अनि अघिल्लो बिहान उनले भने, ‘यो शानदार छ, यो पुस्तक अहिले नै प्रकाशन गर्न आवश्यक छ।’

‘लकडाउन’ बेलायतमा अमाजनमा पढ्न पाइन्छ। यो पुस्तक अडियोमा अप्रिल ३० पछि मात्रै पाइन्छ । ६८ वर्षका मेले आफू कोरोनाले प्रभाव पार्ने सबैभन्दा जोखिम उमेर समूहमा रहेको र लकडाउको समर्थनमा रहेको बताएका छन्। यद्यपि उनी आफैँ अचम्मित छन् कि आफैँले लेखेको पुस्तकसँग आजको उनको जीवन मिल्दो जुल्दो भएको छ।

‘मैले लेखेपछि पहिलोपल्ट यो पुस्तक पढेँ, अनि हैरान भएँ कि यो कति दुरुस्त मिल्दो जुल्दो छ,’ मेले भने, ‘तपाईँ आफ्नो दैनिकी कसरी गुजारिराख्नु भएको छ, लकडाउनले काम गर्ने तरिका अनि मानिसहरु आफ्नै घर छोड्न निषेधित अवस्थाको विस्तृत विवरण, चित्रण यो पुस्तक हो। यो सबै एकदमै दुरुस्त छ।’

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑