• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २५, मंगलबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

सेनाले अझै स्वास्थ्य सामग्री ल्याउन सकेन, दुई ‘चार्टर्ड फ्लाइट’ स्थगित

May 6, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
सेनाले अझै स्वास्थ्य सामग्री ल्याउन सकेन, दुई ‘चार्टर्ड फ्लाइट’ स्थगित


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)का लागि अत्यावश्यक स्वास्थ्य सामग्री चीनबाट ल्याउने काम प्रभावित भएको छ।

मे दिवसका अवसरमा चीनमा हुने लामो सरकारी विदाका कारण स्वास्थ्य सामग्री ल्याउन नेपाली सेनाले मंगलबार गर्न लागेको दुई ‘चार्टर्ड उडान’समेत प्रभावित भएको छ। ‘हाम्रो तालिकाअनुसार आज नेपाल एयरलाइन्सका दुई विमान स्वास्थ्य सामग्री ल्याउन पठाउने भन्ने कुरा थियो,’ नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने, ‘समस्या के भइदियो भने आजसम्म चीनमा मे दिवसको अवसरमा सरकारी विदा छ। विदाको समयमा भन्सारको समेत काम नहुने भएकाले हाम्रो तालिका प्रभावित भयो।’

केही अत्यावश्यक स्वास्थ्य सामग्री हवाईमार्ग र बाँकी स्थलमार्गबाट ल्याउने योजनाअनुसार सेनाले दुई चार्टर्ड विमान पठाएर करिव ३७ टन स्वास्थ्य सामग्री आज ल्याउने तयारी गरेको थियो। चीनमा मे दिवसका अवसरमा मे १ देखि ५ तारिखसम्म र आइतबारको विदा पर्ने भएकाले चाँडोमा शुक्रबार नभए सोमबारसम्म ती रोकिएका दुई उडान गर्ने प्रवक्ता पाण्डेले जानकारी दिए।

‘भोलि उहाँहरुको कार्यालय खुलेपछि उहाँहरुले कहिलेसम्म गर्न सकिने जवाफ दिनुहुन्छ अनि मात्रै अर्को उडान कहिले गर्ने भन्ने तय हुन्छ,’ उनले भने, ‘अहिलेको अवस्था हेर्ने हो भने ढिला भयो भने सोमबार मात्रै हुने भयो, चाँडोमा शुक्रबारसम्म उडान गर्न सकिन्छ कि।’

भोलिदेखि भन्सारको काम थालेमा ‘कस्टम क्लिरियन्स’ पाउन कम्तीमा पनि तीन दिन लाग्छ। चीनमा स्वास्थ्य सामग्रीको गुणस्तरमा प्रश्न उठेपछि गत १० अप्रिलदेखि चीनले गुणस्तर नियन्त्रणमा कडा कानुनी उपाय अपनाएको छ।

भन्सार पास चाँडो गरिदिन सैन्य च्यानल र परराष्ट्रमार्फत आग्रह गरिएको पनि प्रवक्ता पाण्डेले जानकारी दिए। ‘हामीले भन्सारमा अलि चाँडो गरिदिनुपर्‍यो, हामीलाई अत्यावश्यक स्रोतहरुको अभाव भइरहेको छ भनेर चिनियाँ पक्षलाई आग्रह गरिरहेका छौं,’ उनले भने, ‘हामीले सेनाको च्यानलबाट पनि आग्रह गरेका छौं। नेपाल सरकारले पनि उहाँहरुलाई आग्रह गरिरहेको छ।’

सेनाले चिनियाँ सरकारी कम्पनी सिनो फर्म इन्टरनेशनलसँग २ अर्ब २५ करोड (१ करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर) भन्दा बढी मूल्यको स्वास्थ्य सामग्री ल्याउने सम्झौता गरेको थियो। सेनाले चीनबाट ६७ किसिमका स्वास्थ्य सामग्री तथा औषधि ल्याउने सहमति गरेको थियो, जसमध्ये अत्यावश्यक सामग्री हवाईमार्ग र बाँकी स्थलमार्गबाट ल्याउने तयारी सेनाको छ।

ती स्वास्थ्य सामग्री चीनको ग्वान्जाओमा ल्याएर चिनियाँ कम्पनीले जम्मा गरिदिने र त्यहाँबाट सेनाले आफैं ल्याउने गरी सम्झौता भएको थियो। त्यसै अनुरुप ३ सय ४२ टन स्वास्थ्य सामग्री ल्याउन सेनाले आपूर्तिकर्ता कम्पनीलाई पौने ६ करोड रुपैयाँ तिरिसकेको छ। ग्वान्जाओबाट स्वास्थ्य सामग्री आपूर्तिका लागि टेन्डरमार्फत फ्ल्यास फ्रेट नेपाल कार्गो कम्पनीसँग सम्झौतापछि भुक्तानी भइसकेको छ।

ग्वान्जाओबाट समान उठाउन कठिन
सेनाले चिनियाँ सरकार कम्पनीसँग स्वास्थ्य सामग्री ग्वान्जाओमा ल्याएर जम्मा गर्ने र आपूर्तिकर्ता कम्पनी फ्ल्यास फ्रेटसँग त्यहीबाट समान उठाने सहमति गरेको थियो। तर, त्यहाँबाट समान उठान धेरै कठिन हुने देखिएको छ।

ग्वान्जाओ विमानस्थालमा धेरै ‘ट्राफिक’ भएकाले त्यहाँबाट समान उठाउन कठिन हुने भएकाले नजिकैको अर्को विमानस्थलबाट ल्याउनुपर्ने अवस्था रहेको पाण्डेले जानकारी दिए। ‘ग्वान्जाओबाटै धेरै देशले समान लिने भएको हुनाले ट्राफिक कन्ट्रोल गर्न नै गाह्रो भयो भनेर नजिकै भएको विमानस्थबाट ल्याउने हाम्रो तयारी हो,’ उनले भने, ‘नजिकैको विमानस्थलबाट ल्याउन सहजीकरण गरिदिन हामीले सैनिक सहचारीमार्फत चिनियाँ पक्षलाई भनिसकेका छौं। परराष्ट्रले पनि त्यही अनुसार आग्रह गरेको छ।’

ग्वान्जाओमा धेरै चाप भएपछि केही दिनअघि एक निजी कम्पनीले अर्को विमानस्थलमा गएर नेपालमा स्वास्थ्य सामग्री ल्याएको थियो। समान लोड गर्ने जनशक्तिको अभावका कारण सामान लिन गएको हिमालयन एयरलाइन्सका पाइलट आफैंले समान लोड गरेर ल्याएका थिए। ग्वान्जाओमा धेरै चाप भएकाले सामान हराउने खतरा पनि त्यतिकै रहेको छ। चोरी नियन्त्रण गर्न अहिले चिनियाँ पक्षलाई हैरानी भएको छ।

स्थलमार्गबाट ल्याउने बाँकी सामान सेनाले ग्वान्वाओबाट नभएर विभिन्न स्थानबाट ल्याउने तयारी गरेको छ। केही अत्यावश्यक सामग्रीलाई मुख्य प्राथमिकता दिएर हिजो नै स्थलमार्गबाट सामान नेपाल छुटिसकेको सेनाले बताएको छ। हवाईमार्गबाट नेपाल आइपुग्दा हिजो स्थलमार्गबाट छुटेको समान पनि आइपुग्ने अवस्था रहेको छ।

भारतमा भुक्तानी कठिनाइ
सेनाले भारतबाट पनि ५३ प्रकारका स्वास्थ्य समाग्री ल्याउने गरी समझौता गरेको छ। भारतको सरकारी कम्पनी ब्यूरो अफ फर्मा पिएचओज अफ इन्डिया (बिपिपिआई)सँग सेनाले औषधि खरिद गर्न सम्झौता गरी सकेको छ।

त्यसका लागि सेनाले परराष्ट्र मन्त्रालयमार्फत दुई करोड ४० लाख नेपाली रुपैयाँ दिल्लीस्थित नेपाली दूतावासलाई भुक्तानी दिइसकेको छ। तर, बिपिपिआईसँग निर्यात अुमति नभएकाले उक्त रकम भुक्तानी गर्न गठिन भइरहेको नेपाली सेनाका प्रवक्ता पाण्डेले जानकारी दिए। ‘त्यो कम्पनीलाई निर्यात गर्ने अनुमित रहेनछ,’ पाण्डेले भने, ‘ निर्यात गर्ने अुनमति पत्र नभएपछि पैसा कसरी पठाउने भन्ने समस्या परिरहेको छ।’

उक्त कम्पनीलाई सिधैं पैसा दिन नमिल्ने भएपछि त्यहाँको विदेश मन्त्रालयसँग भुक्तानी लेनदेनको सहमति गर्ने प्रयास सेनाले गरिरहेको छ। ‘एउटा सहमति जस्तो सानो केही गर्नुपर्‍यो भनेर रक्षा हुँदै परराष्ट्रमार्फत १४ गते नै एउटा चिठी दिल्लीस्थित नेपाली दूतावासमा पठाइ सकिएको छ,’ प्रवक्ता पाण्डेले भने, ‘भारतको विदेश मन्त्रालयको कसैले हामीले समानको भुक्तानी लियौं भनेर हस्ताक्षर गर्दिए भयो। त्यसका लागि विदेश मन्त्रालयलाई अनुरोध भइरहेको छ। संयोजनको सबै जिम्मा नेपाली दूतावासलाई दिइएको छ।’

सरकारले १६ चैतमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर जिटुजी प्रक्रियामार्फत औषधि खरिदका लागि नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेको थियो। सेनाले स्वास्थ्य सामग्री खरिका लागि भारत, चीन, सिंगापुर, इजरायल र दक्षिण कोरिया गरी ५ देशलाई पत्राचार गरेको थियो। ती मध्ये चीनले मात्रै स्वाथ्य सामग्री  र भारतले केही औषधि दिन सक्ने जवाफ पठाएका थिए।

कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सेन्टर (सिसिएमसी)ले आँकलन गरेअनुसार स्वास्थ्य मन्त्रालयको समन्वयमा चीनबाट ६७ प्रकारका स्वास्थ्य सामग्री र भारतबाट ५३ प्रकारका औषधि किन्ने तय सेनाले गरेको थियो।

सिसिएमसीले भने तीन सय ९६ प्रकारका औषधि र स्वास्थ्य सामग्री आवश्यकपर्ने आँकलन गरेको भए पनि  भारत र चीनका सरकारी कम्पनीले जम्मा एक सय २० प्रकारका औषधि र स्वास्थ्य सामग्री उपलब्धी गराउन सकिने बताएका थिए।@स्वास्थ्यखबर

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑