• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ पौष २९, मंगलबार  | Mon, 12, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

प्रचण्डसंगको गोप्य बैठकपछि मध्यरातमा नारायणकाजी श्रेष्ठले किन गरे यस्ताे ट्वीट ? धुम्बाराहीदेखि बालुवाटारसम्म हलचल

May 6, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
प्रचण्डसंगको गोप्य बैठकपछि मध्यरातमा नारायणकाजी श्रेष्ठले किन गरे यस्ताे ट्वीट ? धुम्बाराहीदेखि बालुवाटारसम्म हलचल

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

काठमाडौँ । अत्तारुध नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको आन्तरिक विवाद मिलेको अनुमान गरिएका बेला सोमाबर साँझ प्रचण्डनिकट र ओली इतरका नेताहरुको गोप्य बैठक बसेको छ । नेकपा स्थायी कमिटीका नेतासहित सहभागी उक्त बैठकमा सहभागी एक दर्जन बढी नेताहरुले विधि पद्धतिलाई स्थापित गर्ने गरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलेर जान सुझाव दिएका छन् ।

नेपाल निवास कोटेश्वरमा सोमबार साँझ भेला भएका एक दर्जन बढी स्थायी कमिटी सदस्यले नेकपामा विकसित पछिल्लो घटनाक्रमको समीक्षा गर्दै दाहाल–नेपाललाई मिलेर जान सुझाव दिएका हुन् । नेता नेपालले छलफलका लागि भन्दै सोमबार साँझ आफ्नो निवासमा आफू र दाहाल निकट मानिने स्थायी कमिटी सदस्यलाई बोलाएका थिए ।

छलफलमा सहभागी एक नेताले भने, ‘अध्यादेशदेखि सचिवालयको निर्णयसम्मको समीक्षा भयो । स्थायी कमिटीको तयारीमा पनि छलफल भयो । हामीले विधि–पद्धतिका लागि तपाईंहरु (दाहाल–नेपाल) मिलेर जानुस् भन्ने सुझाव दियौं ।’

सोमबार दिउँसो स्थायी कमिटीका एजेन्डामाथि छलफल गर्न बालुवाटार पुगेका अध्यक्ष दाहाल र अर्का अध्यक्ष एवं प्रधानमन्त्रीबीच सकरात्मक कुराकानी नभएपछि प्रचण्ड सिधै कोटेश्वर पुगेका थिए । ओली–प्रचण्ड संवाद सकरात्मक नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठको संकेत छ । उनले सोमबार राति १० बजेपछि ट्वीट गरेका छन् ,’अस्तिको सचिवालयको निष्कर्षबाट विचलनले पार्टीमा पुनःसंकट ल्याउनेछ। अत:अन्यथा हुनै सक्दैन,गर्नै मिल्दैन । पार्टी एकताको रक्षा,विधिपद्धितको पालना,पार्टीद्वारा सरकार सञ्चालन,सरकारबाट समाजवादउन्मुख समृद्धिको काम र त्यसको लागि आत्मालोचनासहित नयाँ शिराबाट काम गर्ने संकल्प-यो हो निष्कर्ष।’

त्यसपछि नेपालले दुवै समूहका स्थायी कमिटी सदस्य बोलाएर आगामी रणनीतिवारे परामर्श लिएका थिए । छलफलमा स्थायी कमिटी सदस्यहरुले एकता पनि हुनुपर्यो र विकल्प पनि दिन पर्यो भनेर नेता नेपालको ध्यानाकर्षण गराएका थिए । छलफलमा नेताहरुले सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र विष्णु पौडेलको भूमिकालाई लिएरसमेत प्रश्न उठाएका थिए ।

सोमबार बिहान दाहाल, नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबीच पनि श्रेष्ठ निवासमा छलफल भएको थियो । सचिवालय निर्णय कार्यन्वयनमा अझै शंका रहेकाले प्रधानमन्त्री ओली र उनको समूहमाथि स्थायी कमिटी बैठकसम्म दबाब बनाउन दाहाल–नेपालसमूह सक्रिय छ । शनिबारको सचिवालय बैठकमा आत्मआलोचना गर्दै प्रधानमन्त्री ओलीले मिलेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

सोमबारको छलफलमा सहभागी एक स्थायी कमिटी सदस्य भन्छन्, ‘ढुक्क हुने अवस्था छैन् । आफ्नो तयारीमा लाग्नुपर्ने देखिएपछि संवाद थालेका हौं ।’ ती नेताका अनुसार स्थायी कमिटी बैठकसम्म यस्तो छलफल चलिरहन्छ । वैशाख २५ मा नेकपाको स्थायी कमिटी बैठक बस्दैछ । बैठकमा सरकार र पार्टी संचालनसम्बन्धी योजना निर्माण र नेताहरुको कार्यविभाजन गर्ने शनिबारको सचिवालयको निर्णय छ ।

सचिवालय बैठकले पार्टीलाई विधि, पद्धति र कम्युनिस्ट मूल्य–मान्यतामा सञ्चालन गर्ने, पार्टीको मार्ग निर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख आर्थिक–सामाजिक रूपान्तरणको लक्ष्य हासिल गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने निर्णय गरेको थियो ।@सञ्चारकेन्द्र

बाट थप

  • कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु
  • आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
  • त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी
  • देशभर मौसम सफा रहने देशभर मौसम सफा रहने
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    समाचार
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑