• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ अषाढ २९, आईतबार | Sun, 13, Jul, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

प्रचण्डसंगको गोप्य बैठकपछि मध्यरातमा नारायणकाजी श्रेष्ठले किन गरे यस्ताे ट्वीट ? धुम्बाराहीदेखि बालुवाटारसम्म हलचल

२०७७ बैशाख २४, बुधबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
प्रचण्डसंगको गोप्य बैठकपछि मध्यरातमा नारायणकाजी श्रेष्ठले किन गरे यस्ताे ट्वीट ? धुम्बाराहीदेखि बालुवाटारसम्म हलचल


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

काठमाडौँ । अत्तारुध नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको आन्तरिक विवाद मिलेको अनुमान गरिएका बेला सोमाबर साँझ प्रचण्डनिकट र ओली इतरका नेताहरुको गोप्य बैठक बसेको छ । नेकपा स्थायी कमिटीका नेतासहित सहभागी उक्त बैठकमा सहभागी एक दर्जन बढी नेताहरुले विधि पद्धतिलाई स्थापित गर्ने गरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलेर जान सुझाव दिएका छन् ।

नेपाल निवास कोटेश्वरमा सोमबार साँझ भेला भएका एक दर्जन बढी स्थायी कमिटी सदस्यले नेकपामा विकसित पछिल्लो घटनाक्रमको समीक्षा गर्दै दाहाल–नेपाललाई मिलेर जान सुझाव दिएका हुन् । नेता नेपालले छलफलका लागि भन्दै सोमबार साँझ आफ्नो निवासमा आफू र दाहाल निकट मानिने स्थायी कमिटी सदस्यलाई बोलाएका थिए ।

छलफलमा सहभागी एक नेताले भने, ‘अध्यादेशदेखि सचिवालयको निर्णयसम्मको समीक्षा भयो । स्थायी कमिटीको तयारीमा पनि छलफल भयो । हामीले विधि–पद्धतिका लागि तपाईंहरु (दाहाल–नेपाल) मिलेर जानुस् भन्ने सुझाव दियौं ।’

सोमबार दिउँसो स्थायी कमिटीका एजेन्डामाथि छलफल गर्न बालुवाटार पुगेका अध्यक्ष दाहाल र अर्का अध्यक्ष एवं प्रधानमन्त्रीबीच सकरात्मक कुराकानी नभएपछि प्रचण्ड सिधै कोटेश्वर पुगेका थिए । ओली–प्रचण्ड संवाद सकरात्मक नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठको संकेत छ । उनले सोमबार राति १० बजेपछि ट्वीट गरेका छन् ,’अस्तिको सचिवालयको निष्कर्षबाट विचलनले पार्टीमा पुनःसंकट ल्याउनेछ। अत:अन्यथा हुनै सक्दैन,गर्नै मिल्दैन । पार्टी एकताको रक्षा,विधिपद्धितको पालना,पार्टीद्वारा सरकार सञ्चालन,सरकारबाट समाजवादउन्मुख समृद्धिको काम र त्यसको लागि आत्मालोचनासहित नयाँ शिराबाट काम गर्ने संकल्प-यो हो निष्कर्ष।’

त्यसपछि नेपालले दुवै समूहका स्थायी कमिटी सदस्य बोलाएर आगामी रणनीतिवारे परामर्श लिएका थिए । छलफलमा स्थायी कमिटी सदस्यहरुले एकता पनि हुनुपर्यो र विकल्प पनि दिन पर्यो भनेर नेता नेपालको ध्यानाकर्षण गराएका थिए । छलफलमा नेताहरुले सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र विष्णु पौडेलको भूमिकालाई लिएरसमेत प्रश्न उठाएका थिए ।

सोमबार बिहान दाहाल, नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबीच पनि श्रेष्ठ निवासमा छलफल भएको थियो । सचिवालय निर्णय कार्यन्वयनमा अझै शंका रहेकाले प्रधानमन्त्री ओली र उनको समूहमाथि स्थायी कमिटी बैठकसम्म दबाब बनाउन दाहाल–नेपालसमूह सक्रिय छ । शनिबारको सचिवालय बैठकमा आत्मआलोचना गर्दै प्रधानमन्त्री ओलीले मिलेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

सोमबारको छलफलमा सहभागी एक स्थायी कमिटी सदस्य भन्छन्, ‘ढुक्क हुने अवस्था छैन् । आफ्नो तयारीमा लाग्नुपर्ने देखिएपछि संवाद थालेका हौं ।’ ती नेताका अनुसार स्थायी कमिटी बैठकसम्म यस्तो छलफल चलिरहन्छ । वैशाख २५ मा नेकपाको स्थायी कमिटी बैठक बस्दैछ । बैठकमा सरकार र पार्टी संचालनसम्बन्धी योजना निर्माण र नेताहरुको कार्यविभाजन गर्ने शनिबारको सचिवालयको निर्णय छ ।

सचिवालय बैठकले पार्टीलाई विधि, पद्धति र कम्युनिस्ट मूल्य–मान्यतामा सञ्चालन गर्ने, पार्टीको मार्ग निर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख आर्थिक–सामाजिक रूपान्तरणको लक्ष्य हासिल गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने निर्णय गरेको थियो ।@सञ्चारकेन्द्र

बाट थप

  • क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासाक्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
  • यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बरयो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर
  • रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बररूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर
  • बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोसबर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

    क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

    संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

    काठमाडौं महानगरपालिकाको नगरसभा बस्दैँ

    काठमाडौं महानगरपालिकाको नगरसभा बस्दैँ

    आजको मौसमः कर्णालीबाहेक अन्य प्रदेशमा भारी बर्षा हुने

    आजको मौसमः कर्णालीबाहेक अन्य प्रदेशमा भारी बर्षा हुने

    आजको राशिफलः २०८२ असार २९ गते आईतबार

    आजको राशिफलः २०८२ असार २९ गते आईतबार

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    एमालेको सचिवालय बैठक शुरु

    एमालेको सचिवालय बैठक शुरु

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    अभिनेत्री करिश्मा कपुरका पुर्व पतिको निधन

    अभिनेत्री करिश्मा कपुरका पुर्व पतिको निधन

    लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

    लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

    बहिस्कार गरिएका बैठकको भत्ता नलिने राप्रपाको घोषणा

    बहिस्कार गरिएका बैठकको भत्ता नलिने राप्रपाको घोषणा

    समाचार
    क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

    क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

    संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑