काठमाडौं, बैशाख । कोरोना भाइरस रोगको महामारीका बेलामा नीजि अस्पताल तथा नर्सिङ होम हरुले नर्सिङ स्टाफहरुलाई बेतलबी बिदामा बस्न लगाइएको प्रति नेपाल नर्सिङ संघले आफ्नो गम्भिर आपत्ति रहेको जनाएको छ । बेतलबी बिदा बस्न लगाउनु अमानविय कार्य भएकाले यो कार्य बन्द गर्न संघले अपिल गरेको छ । संघका अध्यक्ष मन कुमारी राईले विश्व कोरोना माहामारीको चपेटामा परेको बेलामा माहामारीसंग लड्न अग्र पंक्तिमा रहने नर्सहरुको मनोबल उच्च राख्न अपिल गर्नुभएको छ ।
संघका कोषाध्यक्ष कल्पना श्रेष्ठले संघ सधै नर्सको हकहितमा लागि लडिरहने बताउदै बेतलबी बिदामा बस्न लगाइएको सम्बन्धमा संघको आधिकारिक धारणा सार्वजनिक गर्नुभएको हो ।
लगाइएको सम्बन्धमा संघको आधिकारिक धारणा सार्वजनिक गर्नुभएको हो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस