• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ २४, शनिबार  | Fri, 06, Feb, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

प्रचण्डले सचिवालय बैठकमा हस्ताक्षर च्यातौ भनेपछि हच्किए ओली, कसले के भने ?

May 5, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
प्रचण्डले सचिवालय बैठकमा हस्ताक्षर च्यातौ भनेपछि हच्किए ओली, कसले के भने ?

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

काठमाडाैं । नेकपाको आन्तरिक शक्ति सन्तुलनमा फेरबदल आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीभित्रैबाट सिर्जित सत्ता संकट तत्कालका लागि टरेको छ । नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेसँगै प्रधानमन्त्री बन्ने गौतमको सम्भावना एक कदम अघि बढेको छ । केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने सम्भावना पनि तत्कालका लागि सकिएको छ ।

गत बुधबार साँझको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्री बनाउन गरेको प्रस्ताव विधिवत् रूपमा अनुमोदन गर्दै शनिबार साँझको सचिवालय बैठकले उनलाई ‘उपयुक्त समय’ मा प्रतिनिधिसभा उम्मेदवार बनाउने माइन्युट गरेको हो । यद्यपि त्यो ‘उपयुक्त समय’ कहिले हो र कहाँबाट जिताएर ल्याउने भन्नेबारेमा नेताहरूले मुख खोलिसकेका छैनन् ।

प्रधानमन्त्री ओलीले सरकार सञ्चालनका काममा भएका कमजोरीप्रति आत्मआलोचना गरेपछि यसअघि उनको राजीनामा माग्ने अध्यक्ष पुष्पकमल दाहाल पछि हटेका हुन् । अध्यक्षद्वयको यो गठजोडमा वरिष्ठ नेता माधव नेपाल भने केही सशंकित छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

सचिवालय बैठकले गौतमलाई प्रतिनिधिसभाको कुनै स्थान खाली गराएर उपचुनावमार्फत संसद्मा भित्र्याउने निर्णय गरेको छ । यसका लागि कुन स्थान कहिले, कसरी खाली गर्ने भन्ने ठोस खाका आइसकेको छैन । आउँदो २४ गते बस्ने केन्द्रीय सचिवालयले तयार गर्ने प्रस्ताव र २५ गतेबाट सुरु हुने स्थायी कमिटीको बैठकबाट यसबारे थप स्पष्ट हुने नेताहरूले जनाएका छन् ।

बैठकमा प्रधानमन्त्री ओलीले सरकार र पार्टी सञ्चालनमा भएका कमीकमजोरी सच्याउने प्रतिबद्धता जनाएको र अब आइन्दा पार्टीको नीतिअनुसारै सरकार सञ्चालन गर्ने बताएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । स्थायी कमिटी बैठकका लागि सरकार सञ्चालन र पार्टी सञ्चालनमा भएका कमजोरीबारे सबै नेताले आत्मआलोचनासहितको प्रतिवेदन लैजाने भएका छन् ।

बैठकमा कसले के भने ?शनिबार दिउँसो ५ बजे बस्ने भनिएको नेकपा सचिवालय बैठक साढे ६ बजेतिर मात्रै सुरु भयो, सकिँदा साढे ८ बजेको थियो । बैठक सुरु हुनुअघि दुई अध्यक्षका बीचमा करिब ३० मिनेट कुराकानी भएको थियो ।

उक्त छलफलमा उनीहरूले मिलेर जाने विषयमा समान धारणा राख्ने सहमति गरेका थिए । उनीहरूबीच केही न केही सहमति बनेको छ भन्ने विषयको छनक बैठकस्थलमा दुवै अध्यक्षलाई समान देखाउने गरी व्यवस्थापन गरिएको कुर्सीले पनि दिएका थिए । नभन्दै बैठकको सुरुवात त्यसैगरी भयो । स्रोतहरूका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा एकदम शान्त र शालीन रूपमा प्रस्तुत भएका थिए । बैठक सुरु गर्दै उनले आफ्ना कमीकमजोरीप्रति आत्मआलोचना गर्ने प्रतिबद्धता जनाए ।

‘मिलेर जानुपर्छ भन्दाभन्दै पनि हाम्राबीचमा केही तीतापिरा घटना भए, पार्टी नै फुट्लाजस्तो पनि भयो,’ ओलीको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘सरकारबाट भएका कमीकमजोरीको म जिम्मेवारी लिन्छु, आत्मआलोचना गर्छु, तपाईंहरूले पनि आफ्ना कमजोरीप्रति आत्मआलोचना गर्नुस् ।’ उनले अब सरकारले पार्टीकै सरसल्लाहमा काम गर्ने भन्दै मिलेर अघि बढ्न प्रस्ताव गरे । प्रधानमन्त्री ओलीले बहुमत पुर्‍याउन दुवै पक्षबाट भएका हस्ताक्षर च्यात्नुपर्ने बताएका थिए ।

लगत्तै बोलेका अध्यक्ष दाहालले पार्टीलाई फुटाउन नहुने भन्दै सबै मिल्नुको विकल्प नरहेको धारणा राखे । ‘पार्टी एकतालाई मजबुत बनाउनका लागि हामी एकताबद्ध भएर अघि बढ्नुपर्छ,’ दाहालले भने, ‘एकताको सन्देश दिन पनि स्थायी कमिटी बैठक बोलाउनुपर्छ, बोलाऔं ।’

वरिष्ठ नेता माधव नेपालले एकताबद्ध भएर अघि बढ्ने कुरा राम्रो भए पनि मिल्ने बहानामा अर्काे पक्षलाई एक्ल्याउने कुराचाहिँ आफूले नमान्ने बताएका थिए । ‘एकताबद्ध भएर अघि बढ्नु धेरै राम्रो कुरा हो, यति कुराचाहिँ बुझिराख्नुस्, त्यही बहानामा दुई अध्यक्षको चोचोमोचो मिलाउने होइन,’ उनले भने, ‘पार्टी पद्धतिमा चलाउनुपर्छ ।’ दिउँसोसम्म आफ्नै समूहमा रहेर बैठकमा कडा रूपमा प्रस्तुत हुने बताइरहेका दाहालको शैली एकाएक बदलिएपछि नेपाल सशंकित बनेका थिए । ‘यो मिलनको कुरा राम्रो भए पनि मलाई विश्वास लागेको छैन, यसमा बेनिफिट अफ डाउट्स छ,’ नेपालको धारणा थियो ।

मिलेरै अघि बढ्नुपर्छ भन्ने अध्यक्षहरूको भनाइमा वरिष्ठ नेता झलनाथ खनाल र सदस्य ईश्वर पोखरेल पनि सहमत भएका थिए । ‘मिलेर जानुपर्छ तर विधि र पद्धतिअनुसार सरकार र पार्टीलाई चलाउनुपर्छ,’ खनालले भने । उपाध्यक्ष वामदेव गौतमले मिलेर जानुपर्छ भन्ने प्रधानमन्त्रीको प्रस्तावले आफूलाई खुसी लागेको भन्दै अब गुटबन्दी गर्न नहुने बताए ।

गौतमपछि बोलेका प्रवक्ता नारायणकाजी श्रेष्ठ भने बैठकमा अलिक कडा रूपमा प्रस्तुत भएको स्रोतको भनाइ छ । ‘उहाँले अध्यादेश ल्याएर पार्टी एकतामाथि खतराको घण्टी कसले बजायो, पार्टी फुट्छ भनेर बहस कसले चलायो, प्रधानमन्त्रीलाई दुवै पदबाट राजीनामा दिनुस् भन्ने को हो र अहिले पार्टी एक नभई यथास्थितिमा कुरा फेर्ने को हो ? भनेर दुवै गुट लक्षित प्रश्नहरू राख्नुभएको थियो,’ स्रोतले कान्तिपुरसँग भन्यो । बैठकमा श्रेष्ठले आफू स्वार्थकेन्द्रित सत्ता संघर्षको छलफलमा सहभागी नहुने भन्दै त्यस्ता छलफलहरू किन चलाइयो भनेर प्रश्न गरेका थिए । उनले नै गौतमलाई प्रधानमन्त्री बनाउने अघिल्लो प्रस्ताव कहाँ पुग्यो भनेर सोधेका थिए ।

श्रेष्ठको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले गौतमका बारेमा सोचौं भनेका थिए । ओलीले आफूले पहिले पनि प्रधानमन्त्रीबाट राजीनामा नदिने घोषणा गरेको बताउँदै राजीनामा किन मागियो भनेर साथीहरूलाई नै सोध्नुपर्ने जवाफ दिएका थिए ।

आफ्नो पालोमा केही पनि नबोलेका गौतमले अघिल्लो साताको प्रस्तावबारे कुरा उठेपछि भने आफ्नो फेस सेभिङका लागि भए पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउन आग्रह गरेका थिए । ‘मेरो हुर्मत लिने काम भयो, म आफैं उम्मेदवार बन्छु कि बन्दिन थाहा छैन तर मलाई उम्मेदवार बनाउने निर्णय गरिदिनुपर्‍यो,’ गौतमले बैठकमा प्रस्ताव गरे । त्यसपछि उनलाई उपयुक्त समयमा प्रतिनिधिसभा उम्मेदवार बनाउने निर्णय भयो ।

यद्यपि सचिवालयको बैठकअघि प्रधानमन्त्री ओली र गौतमबीच छुट्टै कुराकानी भएको थियो । स्रोतका अनुसार उक्त कुराकानीमा ओली र गौतमले भूमिगत कालदेखिको प्रसंगसहित दुई नेताको पुरानो सम्बन्ध सम्झिँदै अघि बढ्ने कुरा भएको थियो । ‘विगतमा उहाँहरूको जुन घनिष्ठता थियो, त्यस्तै घनिष्ठता उहाँहरूबीचको आजको छुट्टै बैठकमा प्रकट भएको थियो,’ बालुवाटार स्रोतले भन्यो ।

सचिवालय सदस्य रामबहादुर थापाले पार्टी रूपान्तरण हुनुपर्ने बताउँदै प्रधानमन्त्रीले तत्काल राजीनामा दिनु नपर्ने गरी भएको छलफललाई आफूले सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिए । महासचिव विष्णु पौडेलले भने पार्टीलाई फुटको संघारबाट बचाएको भन्दै सन्तोष व्यक्त गरेका थिए ।@ सञ्चारकेन्द्र

बाट थप

  • सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा
  • पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा
  • आज कति छ अमेरिकी डलरको भाउ? आज कति छ अमेरिकी डलरको भाउ?
  • भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    आजको राशिफल : माघ ७, बुधवार

    आजको राशिफल : माघ ७, बुधवार

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    समाचार
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑