• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ बैशाख ३०, मंगलबार | Tue, 13, May, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

७ वर्षीया संक्रमितका बाबु भन्छन्- ‘छोरी रोइरहन्छे, म सुन्‍नै सक्दिनँ’

२०७७ बैशाख २३, मंगलबार मा प्रकाशित अनुमानित पढ्ने समय : ३ मिनेट
७ वर्षीया संक्रमितका बाबु भन्छन्- ‘छोरी रोइरहन्छे, म सुन्‍नै सक्दिनँ’


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

नेपालगन्ज — बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा सात वर्षीया बालिकादेखि ६० वर्ष उमेरका संक्रमितको उपचार भइरहेको छ । सात वर्षीयाका बाबु पनि संक्रमित छन् । उनी पनि आइसोलेसनमै छन् ।

आफ्नी सानी छोरीसँग छुट्टिएर अलग्गै बस्नुको पीडा उनले कान्तिपुरकी मधु शाहीलाई यसरी सुनाए :

आइतबार थ्रोट स्वाब परीक्षण गर्दा म र मेरी सात वर्षीया छोरीमा कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि हामी १५ जनालाई राति साढे १० बजेतिर एउटै एम्बुलेन्समा राखेर यहाँ ल्याइयो । त्यतिबेलासम्म छोरी मेरो काखमै थिई । ‘बाबा हामी कहाँ जाने ?’ उसले सोधिरहेकी थिई । मैले केही उत्तर दिन सकिरहेको थिइनँ । ऊ अझै डराइरहेकी छ ।

अस्पतालमा ल्याएपछि छोरीलाई र मलाई फरक कोठामा राखियो । छोरीले औंला छोड्न मानेकी थिइनँ । ऊ रुँदै कोठाभित्र गई । एउटै भवनमा विपरीत दिशाका कोठामा हामीलाई राखिएको छ । उसलाई एउटी महिलासँग राखिएको छ । छोरीले त्यो कोठाबाट बोलिरहेको, कराइरहेको, बाबा, अम्मी भन्दै चिच्याइरहेको सुन्छु । आइतबार राति १२ बजेतिर मलाई बोलाएकी थिई । छोरीको चिच्याहट सुनेर रातभरि सुत्न सकिनँ । छोरी चुलबुले स्वभावकी छे । खेल्न, खान, कार्टुन हेर्न मन पराउँछे ।

 

आजसम्म कहिल्यै आमाको काख छोडेर बसेकी छैन । घरमा एक्लै कहिल्यै बसिन । राति मेरो अँगालोमा निदाउने बानी थियो । अहिले त्यो कोठामा कसरी बसेकी होला, कोरोनाले भन्दा छोरीको चिन्ताले पिर लागेको छ ।

उता पत्नीले पटकपटक फोन गरेर छोरीको आवाज सुनाइदिनु भन्छे । म आफैं सम्पर्कमा छैन, सुतिरहेकी छ भन्दै झूटो बोल्छु । न छोरीको कोठामा खेलौना छ, न केही खाने कुरा । घरमा फलफूल, बिस्कुट, चक्लेट निकै खान्थी । आज (सोमबार) बिहान बिस्कुट चाहियो भन्दै कराइरहेको सुनेँ तर नर्स र कुरुवाले खासै वास्ता गरेनन् । मैले कुरुवासँग छोरीलाई बिस्कुट ल्याइदिनु भन्दा विवाद नै भयो । धेरै कराएपछि बिस्कुट र केही चक्लेट ल्याइदिए । उसलाई खेल्ने, रमाइलो गर्ने बालमैत्री वातावरण छैन । हिजैदेखि इन्टरनेट छैन ।

 

कम्तीमा टेलिभिजन या इन्टरनेट भएको भए ऊ कार्टुन हेरेर भुलिने थिई । रातभरि मच्छडले टोक्छ । यहाँ झुलसमेत छैन । म बस्ने कोठाको मूलढोका भाँच्चिएको छ । छोरी एकातिर, म अर्कोतिर । घरमा पत्नी एक्लै । छोरीलाई मसँगै राखिदिए पनि सम्झाउन पाउँथें । अभिभावकको साथमा हुँदा ढुक्क हुन्थी । आइसोलेसन हाम्रा लागि जेलजस्तै छ । ऊ चित्र भएका किताब हेर्न खुब मन पराउँछे तर यहाँ उसको मन भुलाउने न किताब छ, न खेलौना ।

आइसोलेसनमा राखिसकेपछि नागरिकले पाउनुपर्ने सबै सुविधा उपलब्ध गराउनुपर्ने हो । हामीलाई ज्वरो पनि आएको छैन । बिरामीको कुनै लक्षण छैन । संक्रमित टोल भएकाले आशंका लागेका व्यक्तिको थ्रोट स्वाब परीक्षण भइरहेको थियो । म पनि दुविधामा रहनुभन्दा जाँच गरिहालौं भनेर आफैं स्वाब दिन गएको थिएँ । गत शुक्रबार भेटिएका संक्रमितसँग मेरी छोरी कहिल्यै सम्पर्कमा आएकी थिइन, मैले पनि भेट गरेको थिइनँ । तर, रिपोर्ट पोजेटिभ देखियो ।@Kantipur

बाट थप

  • अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागूअबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू
  • प्रधानमन्त्रीद्दारा अन्तर-संसद सम्मेलनका सहभागीबिच भेटबार्ताप्रधानमन्त्रीद्दारा अन्तर-संसद सम्मेलनका सहभागीबिच भेटबार्ता
  • सगरमाथा संबादको पत्रकार सम्मेलनसगरमाथा संबादको पत्रकार सम्मेलन
  • बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्वबिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू

    अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू

    प्रधानमन्त्रीद्दारा अन्तर-संसद सम्मेलनका सहभागीबिच भेटबार्ता

    प्रधानमन्त्रीद्दारा अन्तर-संसद सम्मेलनका सहभागीबिच भेटबार्ता

    सगरमाथा संबादको पत्रकार सम्मेलन

    सगरमाथा संबादको पत्रकार सम्मेलन

    बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व

    बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व

    दाईजको लागि नवविबाहित दुलहीको हत्या गरिएको दावी

    दाईजको लागि नवविबाहित दुलहीको हत्या गरिएको दावी

    केसी समुहको एनआरएन कनक्लेभमा भाग नलिन श्रेष्ठ समुहको अपिल

    केसी समुहको एनआरएन कनक्लेभमा भाग नलिन श्रेष्ठ समुहको अपिल

    प्रशाशकीय अधिकृत कुटने पक्राउ, अर्का फरार

    प्रशाशकीय अधिकृत कुटने पक्राउ, अर्का फरार

    भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

    भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

    अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू

    अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू

    बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व

    बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व

    प्रधानमन्त्री कर्णालीको मार्सी चामाल चाखेको कुरा गर्दा संसदमा हाँसो

    प्रधानमन्त्री कर्णालीको मार्सी चामाल चाखेको कुरा गर्दा संसदमा हाँसो

    यस्ताे छ, प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ (पुर्णपाठसहित)

    यस्ताे छ, प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ (पुर्णपाठसहित)

    सरकारको प्रगतिको तथ्यांक राख्दै एमाले महासचिवले पोखे प्रचण्डसँग आक्रोश

    सरकारको प्रगतिको तथ्यांक राख्दै एमाले महासचिवले पोखे प्रचण्डसँग आक्रोश

    नेकपा (एमाले) भरतपुर महानगरपालिका वडा नं. १४ को वडा कमिटी अधिवेशन सम्पन्न, जनार्दन अधिकारी अध्यक्षमा सर्वसम्मत

    नेकपा (एमाले) भरतपुर महानगरपालिका वडा नं. १४ को वडा कमिटी अधिवेशन सम्पन्न, जनार्दन अधिकारी अध्यक्षमा सर्वसम्मत

    एकैदिन ३६ सय बढयो सुनको मुल्य

    एकैदिन ३६ सय बढयो सुनको मुल्य

    त्रिबीको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजवाट अनलाइनवाट लिन सकिने

    त्रिबीको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजवाट अनलाइनवाट लिन सकिने

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    सरकार फेरबदल हल्ला मात्रः काग्रेस सभापति

    सरकार फेरबदल हल्ला मात्रः काग्रेस सभापति

    पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओली, शहरी विकास मन्त्री सिंह र महानगर प्रमुख दाहाल द्वारा संयुक्त रुपमा उद्घाटन

    पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओली, शहरी विकास मन्त्री सिंह र महानगर प्रमुख दाहाल द्वारा संयुक्त रुपमा उद्घाटन

    चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री

    चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री

    आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

    आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

    समाचार
    अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू

    अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू

    प्रधानमन्त्रीद्दारा अन्तर-संसद सम्मेलनका सहभागीबिच भेटबार्ता

    प्रधानमन्त्रीद्दारा अन्तर-संसद सम्मेलनका सहभागीबिच भेटबार्ता

    सगरमाथा संबादको पत्रकार सम्मेलन

    सगरमाथा संबादको पत्रकार सम्मेलन

    बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व

    बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व

    दाईजको लागि नवविबाहित दुलहीको हत्या गरिएको दावी

    दाईजको लागि नवविबाहित दुलहीको हत्या गरिएको दावी

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑