• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २९, सोमबार  | Sun, 14, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

पास बनाइहालेँ, अब ढुक्कसँग उपत्यका छिर्न पाउछु भन्नेसोच छ? दुःख मात्रै पाउनुहोला बेलैमा सोच्नुहोस

May 5, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
पास बनाइहालेँ, अब ढुक्कसँग उपत्यका छिर्न पाउछु भन्नेसोच छ? दुःख मात्रै पाउनुहोला बेलैमा सोच्नुहोस

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

काठमाडौँ। सवारी पास बनाइहालेँ, अब ढुक्कसँग उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ ? या त अब सवारी पास बनाइएर उपत्यका जान्छु भन्ने सोच छ । याद गर्नुहोस् ! पास बनाउँदैमा अब उपत्यका छिर्न पाउनुहुन्न । नागढुङ्गा, फरपिङ, मुड्खु, जगाती, जरसिङपौवा या अर्काे कुनै नाकाबाटै फर्कनु पर्ने पनि हुनसक्छ । दुःख मात्रै पाउन सक्ने भएकाले बेलैमा ध्यान पु¥याउनुहोला ?

दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचारसम्बन्धी जोडिएका सवारीबाहेक अब उपत्यकामा ‘नो इन्ट्री’ गरिएको छ । यसअघि पास बनाएपछि निर्वाधरुपमा सवारी भित्रने गरेको थियो । अब भने पासबाहक गाडीलाई समेत धमाधम फर्काउन थालिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले पास भएकालाई पनि अब अत्यावश्यकबाहेक प्रवेश रोकिएको बताए । “दैनिक उपभोग्य सामग्रीसँग र स्वास्थ्य उपचारसँग जोडिएका सवारी आउन पाउँछन्, त्यसबाहेक पास लिएर आए पनि सवारी भित्रिन पूर्ण निशेष छ ।”

विभिन्न नाकाबाट अहिले उपत्यका एक हजार ५०० हाराहारीमा सवारी भित्रिने गरेका छन् । त्यसमा झण्डै ४०० सवारी पास बोकेर विभिन्न काममा आउने गरेको प्रहरीको अभिलेख छ । दैनिक उपभोग्य सामग्री ल्याउने सवारीसमेत बढेको छ । ती गाडीमा चालक सहचालक गरी दुईदेखि तीनजना आउने गरेका छन् । त्यसरी हेर्दा झण्डै चार हजार हाराहारीमा मानिस दैनिक उपत्यका भित्रिने गरेका छन् । अत्यावश्यक सावारीमा आएकाहरु सामान अनलोड गरेर बाहिरिने भए पनि अन्य व्यक्तिहरु बाहिरिने गर्दैनन् । त्यसैले पनि कडाइ गरिएको हो ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ सङ्क्रमणको जोखिम रहेको वर्तमान समयमा अत्यावश्यक कामबाहेक बाहिर निस्कने अवस्था अहिले होइन । घरमै बस्ने, सामाजिक दूरी कायम गर्ने र मिचिमिची साबुन पानीले हात धुने गर्नुपर्छ । तर, बजारमा धेरै मानिस बहानाबाजी गरेर, पासको दुरुपयोग गरेर हुन्छ या त झुटा विवरण पेश गरेर पास लिने र निस्कने अवस्था छ । त्यसलाई रोक्न प्रहरीले पासमा कडाइ गरेको हो ।

अनावश्यकरुपमा पास लिएर एक जिल्लाबाट अर्का जिल्ला र एक प्रदेशबाट अर्काे प्रदेशमा आवतजावत बढ्न थालेसँगै सङ्घीय राजधानी काठमाडौँमा पनि बाहिरी जिल्लाबाट गाडीको चाप बढ्न थालेको प्रहरीको निष्कर्ष छ । जिल्ला जिल्लामा पास बढी बाँड्दा पनि समस्या देखिएको छ । त्यसैले उपत्यका प्रहरी त्यस्ता गाडी रोक्न बाध्य भएको हो ।

नागढुङ्गाको सुरक्षामा खटिएका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठ बहाना बनाएर पास लिएर आएका गाडीलाई उपत्यकामा प्रवेश रोकिसकेको बताए । “आजमात्रै हामीले ८० वटा गाडी नागढुङ्गा नाकाबाट फर्काइसक्यौँ, यो क्रम जारी छ”, श्रेष्ठले भने । उनीहरुले बकाइदाले जिल्लाबाट पास ल्याएका छन् । वास्तविक समस्या के हो ? भनेर सोध्दा, यही हो भनेर प्रष्ट बताउन नसक्नेलाई फर्काइएको छ । बिरामी, काजकिरियामा हिँडेका, अत्यावश्यक काम र पेशा व्यवसायका व्यक्ति सवार गाडी मात्रै पठाउने गरिएको उनले बताए ।

गृह मन्त्रालयले केही दिनअघि आवागमनमा कडाइ गर्न निर्देशन दिएसँगै अहिले उपत्यकालगायत समग्र मुलुकभरको सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनलगायत केही जिल्लाले बाहिर जानका लागि पास नदिने निर्णय गरेर सार्वजनिक सूचना जारी गरिसकेको छ । कोरोनाको सङ्क्रमण जोखिमलाई रोक्न यस्तो निर्णय गरिएको जनाइएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल उपत्यकाको सीमा नाकामा थप कडाइ थालिएको र सुरक्षात्मक उपायसमेत अपनाउन थालिएको बताए । उनले वैशाख २५ पछि पनि आवागमनलाई रोक्नै पर्ने आवश्यकता रहेको औँल्याए ।

कोभिड–१९ को सङ्क्रमण रोक्न मुलुकमा जारी गरिएको बन्दाबन्दी (लकडाउन) को अवधि लम्बिँदै जाँदा काठमाडौँ उपत्यकामा मानिसको प्रवेश बढ्ने अवस्था देखिएको निष्कर्षका साथ प्रहरीले नाका कडाइ थालेको हो । काठमाडौँ उपत्यका प्रवेश गर्ने मुड्खु, जगाती, फर्किङ र जर्सिङपौवा नाका मुख्य छ । वर्तमान अवस्थामा अझै पनि उपत्यका आवागमनलाई खुला गर्न नहुने सुरक्षा अधिकारीको समेत निष्कर्ष छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले राजधानीलाई सुरक्षित बनाउन सबैखालको सुरक्षा अपनाएर प्रहरी परिचालन गरिएको बताए । उनका अनुसार बाहिरी जिल्लाबाट पास पाएका गाडीसमेत बढ्न थालेकाले उपत्यकामा सवारी चाप बढेको अनुभव भएको बताउँदै जिल्लाबाटै पास रोक्नुपर्नेमा जोड दिन्छन । योसँगै राहत वितरण र अत्यावश्यक सामान ओसारपसार बढेको, विभिन्न कार्यालय सञ्चालन हुन थालेको र उद्योग तथा आयोजना सञ्चालन हुने क्रम बढेकाले पनि यातायातको चाप थपिएको छ ।

बाट थप

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमयदरयस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
  • पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफापश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा
  • आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेतआज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत
  • नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्ननारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    प्रहरी भर्ना आवेदन खुल्यो

    प्रहरी भर्ना आवेदन खुल्यो

    पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

    पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

    विदेशी मुद्रामा उतारचढाव, डलर उच्च बिन्दुमा

    विदेशी मुद्रामा उतारचढाव, डलर उच्च बिन्दुमा

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’: केपी ओली 

    ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’: केपी ओली 

    पुस १ देखि पाँच निकुञ्जमा बाघ गणना सुरु

    पुस १ देखि पाँच निकुञ्जमा बाघ गणना सुरु

    लागू औषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

    लागू औषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

    कर तथा भ्याटका झन्झट समाधानमा केन्द्रित दुई दिने तालिम चितवनमा सम्पन्न

    कर तथा भ्याटका झन्झट समाधानमा केन्द्रित दुई दिने तालिम चितवनमा सम्पन्न

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    यस्तो छ आजको विस्तृत राशिफल : तपाईँको दिन कस्तो रहनेछ?

    यस्तो छ आजको विस्तृत राशिफल : तपाईँको दिन कस्तो रहनेछ?

    आज आइतबार, मंसिर १, २०८२ — तपाईंको राशिफल

    आज आइतबार, मंसिर १, २०८२ — तपाईंको राशिफल

    आज राति देशका केही स्थानमा हल्का वर्षा

    आज राति देशका केही स्थानमा हल्का वर्षा

    चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द

    चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द

    तीन प्रदेशमा आज हल्का हिमपातको संकेत, देशभर मौसम स्थिर

    तीन प्रदेशमा आज हल्का हिमपातको संकेत, देशभर मौसम स्थिर

    आजको विशेष राशिफल — मंगलबार

    आजको विशेष राशिफल — मंगलबार

    समाचार
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑