प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का शीर्ष नेताहरुबीच छलफल जारी छ। प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच करिब ११ बजेदेखि छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।
नेकपाले बुधबार सचिवालय र बिहीबारका लागि स्थायी समिति बैठक तोकेको छ। त्यसअघि मंगलबार नै अध्यक्ष प्रचण्ड र महासचिव बिष्णु पौडेल स्थायी समिति बैठकमा लैजाने प्रस्ताव तयार पार्नका लागि बस्ने तयारी पनि रहेको स्रोतले जनाएको छ।
शनिबारको सचिवालय बैठकमा नेताहरुले गरेको प्रतिबद्धताअनुसार नै प्रस्ताव तयार पर्ने कसरत भइरहेको नेकपाका एक नेताले जानकारी दिए। बालुवाटारमा जारी छलफलमा यसै विषयमा छलफल हुने जनाइएको छ।
यसअघि मंगलाबार बिहानै प्रवक्ता नारयणकाजी श्रेष्ठको निवास हात्तीवनमा प्रचण्डसहित नेता नेपाल,झलनाथ खनाल र प्रवक्ता श्रेष्ठबीच छलफल भएको थियो ।
प्रधानमन्त्री ओली शनिबारको सचिवालय बैठकमा गरेको प्रतिबद्धताबाट पछि हट्न खोजेको आशंका प्रचण्ड र नेपालनिकट नेताहरुले गर्न थालिसकेका छन। प्रवक्ता नारायणकाजी श्रेष्ठलेसमेत नेताहरुले सचिवालय बैठकमा जनाएको प्रतिबद्धताबाट पछि हटे पार्टीका लागि दुर्भाग्य हुने भन्दै सामाजिक सञ्चालमार्फत खबरदारी गरिरहेका छन्। @अन्नपुर्ण पोस्ट
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस