काठमाडौं, बैशाख । चौधरी ग्रुपद्वारा निर्माणाधिन सिमेन्ट फ्याक्ट्रीमा कार्यरत चार सय मजदुर बाहिर निस्केपछि प्रहरीलाई थाम्न हम्मे परेको छ । लकडाउनका कारण काम गर्न र घर जान पनि नपाएको झोकमा पाल्पा सोमादीको सर्देवा स्थित निर्माणाधिन सिमेन्ट फ्याक्ट्रीका भारतीय मजदुर बाहिर निस्किए पछि प्रहरीलाई नियन्त्रण गर्न गाह्रो परेको हो ।
भारतीय मजदुर विभिन्न कारण र असन्तुष्टी जनाइ हिजो सोमबार दिउँसो कार्य स्थलबाट समूहमै पैदल घर फर्कन लागे पछि स्थानीयको सूचना बमोजिम पाल्पा प्रहरीले सम्झाएर पुनः कार्यस्थलमा फर्काएको छ । उक्त कार्यको लागि प्रहरीलाई सामान्य बल पनि प्रयोग गर्नु परेको थियो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भै कन्टीपोखरा तल ‘मसार’ भन्ने स्थानमा मोटर बाटोमै घेरा लगाएर ५ घन्टा कुटनैतिक तरिकाबाट सम्झाइ बुझाइ फकाइएको पाल्पा प्रहरीले जानकारी दिएको छ ।
अन्त्यमा सामान्य बल प्रयोग समेत गरी लकडाउन खुलेपछि घर जान दिने शर्तमा कन्भिन्स गरी ७ वटा टिप्परमा राखेर आज राति पुनःउनीहरूलाई कार्य बसोबास गर्दै आएको स्थल पुयाइ प्रहरी सदरमुकाम तानसेन फर्केको छ । बिहानै देखि हिड्न शुरु गरेका उनीहरुलाई थाम्न हम्मे परेपछि स्थानीय प्रहरीले जिल्लालाई खबर गरेको थियो ।
जिल्ला प्रहरीले पनि स्थिति जटिल हुन सक्ने ठानी सशस्त्र प्रहरीसँग थप मद्दत मागेको थियो । यस कार्यमा कउ दीपेन्द्र जीसी र सशस्त्र प्रहरीका मकउ रवि केसीको कुशलतापूर्वक कमान्डिङले असहज मोड लिन सक्ने स्थितिलाई नियन्त्रणमा लिइएको थियो ।
उनीहरूलाई प्रहरीले गाउँकै खोच एरियामा एकै समूहमा भेटाएकाले तितर वितर हुन पाएनन् र प्रहरीलाई नियन्त्रणमा लिन सहज भएको स्थानीय सुरेश खनालले बताए । उनीहरूको बन्दोबस्ती समस्या सुल्झाउन र निर्माण कार्यलाई निरन्तरता दिन भोली मजदुर, स्थानीय प्रशासन, निर्माण व्यवसायी र स्थानीय समुदायका प्रतिनिधिबीच वार्ता, अन्तरक्रिया हुने बुझिएको छ । सबै समस्याको समाधान होस । शान्तिपूर्ण अवतरण होस । त्यहाँ रहेका मजदुरको गाँस बाँस, आधारभूत मानवअधिकार सुनिश्चित भन्ने हाम्रो चाहना रहेको स्थानीय खनालले बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस