
काठमाडौं, बैशाख । झापा गाँउपालिका (४) सुकुम्बासी बस्ती अन्तरगत पर्ने नेपाल भारत सिमामा गोली चलेको छ ।
भारतबाट नेपाल तर्फ छिर्न खोज्ने दुई जना भारतीय नागरिकलाई सिमामा खटिएका नेपाल प्रहरीको टोलीले सम्झाई बुझाई फिर्ता पठाएको थियो ।
आफुलाई फिर्ता पठाएपछि आक्रोशित बनेका उनीहरूले अन्दाजी दुई तीन सय जना भारतीय नागरिक घरेलु हातहतियार सहित नेपाल प्रबेश गर्ने प्रयास गरेका थिए ।
नेपाल प्रबेशको क्रममा सशस्त्र प्रहरी बलको अस्थाई पोष्टमा आक्रमणको प्रयास गरेपछि प्रतिरक्षाका लागि दुई राउण्ड हवाई फायर गरिएको हो ।
घटनामा कुनै किसिमको धनजनको क्षति भएको छैन । सशस्त्र प्रहरीले फायर खोलेपछि उनीहरू भारत तर्फ भागेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस