काठमाडौं, वैशाख। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज थपिएका ७ जना कोरोना संक्रमित मध्ये एक जना ९ बर्षीया बालिका पनि रहेको पुष्टि गरेका छन् । उनले नेपालगञ्जमा थपिएका ७ जनामध्ये एक जना ९ बर्षीया बालिका पनि रहेको जनाएका हुन् ।
नेपालमा सानो उमेरमा कोरोना पुष्टि भएको यो दोश्रो घटना हो । यस अघि पनि नेपालगञ्जकै ७ बर्षीया बालकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरु नेपालगञ्ज ८ का २२, ३० र ४० वर्षका पुरुष र ०९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन्।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।
संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस