चितवन । श्रीमान्को किरियाकर्म गर्नका लागि नेपालगञ्जबाट एक महिलासहित दुई जना आज चितवन आउँदैछन् । भरतपुर–६, गीतानगर घर भएकी एक महिला चितवन आउन लागेकी हुन् । उनी आफ्नो ज्वाईसँगै आउँदैछिन् ।
उनको श्रीमान्को हिजो निधन भएपछि आवश्यक प्रक्रिया पूरा गरेर चितवन ल्याइएको भरतपुर–६ का वडाध्यक्ष हरिविलास कोइरालाले जानकारी दिए । उनीहरूलाई पुल्चोकबाट सीधै कोरोना अस्पताल लगी ज्वरो जाँच गराएरमात्रै गीतानगर लगिने उनले बताए ।
घरमा पनि छुट्टै होम क्वारेन्टाइनको व्यवस्था गरिएको उनको भनाइ छ । सुरक्षा निकाय र जनप्रतिनिधिले नियमित अनुगमन गरिरहने उनले बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस