चितवन । व्यवासयीहरुको छाता संगठन उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजुु श्रेष्ठले घरभाडा तिरेर व्यवसाय गर्दै आएका चितवनका व्यवसायीहरुलाई भाडा छुट गर्ने विषयमा घरबेटि संग छलफल गर्ने तयारी गरिरहेको जनाकारी दिनुुभएको छ । कालिका एफ.एम संग कुरा गर्दै लकडाउनका कारण चौपट भएको व्यापारीक गतिविधिका कारण समस्यामा परेका व्यवसयीहरुको आग्रह र अनुरोधलाई आत्मसाथ गर्दै कम्तीमा पनि महामारी अवधिभरको घरभाडा छुटका लागि तयारी गरिरहेको उहाँले बताउनुभएको हो । उहाँले भन्नुुभयो “लकडाउनले व्यवसायमा परेको असरले व्यवासाय तहस–नहस भएको छ । तत्कालका लागि घरभाडा छुटका लागि घरबेटीहरु संग बसेर छलफल गर्छौ र यो समस्या समाधानका लागि घरबेटिहरुले पनि साथ दिनेछन भन्ने मलाई विश्वास छ ।”
अध्यक्ष श्रेष्ठले अहिलेको परिस्थितिमा घरभाडामा छुुट दिनुु मात्र व्यवसायीहरुकोे समस्याको समाधान नभएको तीर पनि ध्यानाकर्षण गराउनुु भएको छ । व्यवसायीहरुलाई बैंकको ऋण चुक्ता कसरी गर्ने, कर्मचारीलाई पारिश्रमिक कसरी दिने भन्ने तमाम कुराहरुले पनि चिन्तीत बनाएको उहाँले बताउनुु भएको छ । यी यावत कुराको समाधान संघको एकल प्रयासले निराकरण नहुने श्रेष्ठको भनाई रहेको छ । उहाँले सरकारले व्यवसायीहरुको हितमा बनाएका नीति नियम कार्यान्वयन गर्नुु पर्नेमा जोड दिनुुभएको छ ।
श्रेष्ठ भन्नुहुन्छ, “एक महिना देखि लगातार चलिरहेको बन्दाबन्दी (लकडाउन) का कारण हरेक क्षेत्रका व्यवसायीलाई समस्या पारेको छ । यसको सम्बोधन पनि नेपाल सरकारको तीनै तहले गरेको छ । तर कार्यान्वयन पाटो भने कमजोर देखिएको छ । यस तर्फ ध्यान दिइयोस् र बनाएका नीति नियम छिटो भन्दा छिटो कार्यान्वयन गरियोस ।” यस्ते श्रेष्ठले लकडाउनले बैंक र वित्तिय संस्थालाई भन्दा साना, मझौला, ठूूला व्यवसायी, उद्यमी, किसान लगायतलाई समास्या परेको भन्दै राज्यले यो दर्दनाक अवस्थालाई सम्बोधन गर्न सक्नुपर्ने धारणा राख्नुुभएको छ ।
चितवनको हकमा देखिएको समस्याका बारेमा प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, उद्योग वाणिज्य संघको छाता संगठन उद्योग वाणिज्य महासंघलाई ज्ञापन पत्र बुुझाएको श्रेष्ठले जनकारी दिनुुभएको छ । उहाँले ठूूला व्यवसायीको समस्यालाई मात्र समस्याका रुपमा संघले नर्हेने पनि स्पस्ट पार्दै सबैलाई नआतिन समेत आग्रह गर्नुभएको छ । @kfm
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस