• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ८, बिहिबार  | Thu, 22, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कोभिड-१९ नियन्त्रणमा उत्कृष्ट काम गर्ने पाँच महिलामा नेपालकी रुना झा पनि

May 2, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ४ मिनेट
कोभिड-१९ नियन्त्रणमा उत्कृष्ट काम गर्ने पाँच महिलामा नेपालकी रुना झा पनि

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

 काठमाडौं , वैशाख। विश्व अहिले कोरोना भाइरस (कोभिड-१९) को महामारीविरुद्ध लडिरहेको छ। यसमा सबैले आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरिरहेका छन्।कोभिड-१९ नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलाको कथा संयुक्त राष्ट्रसंघको यूएन वुमेनले सार्वजनिक गरेको छ, जसमा एक नेपाली पनि परेकी छिन् ।उनी हुन्, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको निर्देशक डा. रुना झा । उनले अहिले नेपालमा कोभिड-१९ परीक्षणको नेतृत्व गरिरहेकी छिन् । उनी र उनको टोलीले औसतमा दैनिक ७० ओटा नमुना परीक्षण गर्ने गरेको छ । प्रयोगशालामा परीक्षणका लागि नमुना आउने समय निश्चित हुँदैन । त्यसैले अबेरसम्म प्रयोगशालामा बस्नु उनको लागि सामान्य बनिसकेको छ । उनी प्राविधिक काम त गर्छिन् नै, आफ्नो टोलीलाई यातायात र खानेकुराको व्यवस्थापन पनि उनैले गर्छिन् ।झाको लागि आफ्नो टोलीको सुरक्षा प्राथमिकतामा छ । यो क्रम फेब्रुवरी मध्यदेखि सुरु भएको थियो, जतिबेला उनको टोली चीनको वुहानबाट ल्याइएका १७५ नेपाली विद्यार्थीलाई राखिएको क्वारेन्टाइनमा पहिलोपटक प्रवेश गरेको थियो ।

आफ्नो टोलीले नमुना संकलनको लागि स्वयंसेवकको भूमिका निर्वाह गर्न नहिच्किचाएको उनी बताउँछिन् । उनको टोलीले पूरा रात नमुना संकलनमा बिताएको थियो र अर्को दिन एक सय ७५ जनाकै रिपोर्ट तयार पारिएको थियो ।

महामारी बढेसँगै उनीहरूको कामको चाप बढेको छ । तर, उनी आफ्नो तर्फबाट कर्मचारीलाई सहयोग गर्ने र मनोबल बढाउन सक्दो प्रयास गरिरहेकी छिन् । उनी आफूले कर्मचारीलाई सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको बताउँछिन् ।

यो काम गर्नु झाको लागि चुनौतीपूर्ण पनि छ । परिवारमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिमको कारण उनी अहिले आफ्ना पति र छोरीसँग नबसेर एक्लै बसेकी छिन् । उनले आफ्ना बुबाआमासँग पनि भेटेकी छैनन् । उनी परिवारसँग बस्न मन भएको तर सबैको सुरक्षाको लागि आफ्नो चाहनासँग सम्झौता गर्नुपरेको बताउँछिन् ।

अरू को-को छन् सूचीमा ?

१. जोर्डनमा नयाँ प्रविधिको प्रयोग

अमल अल महाईराह र महाडील दबाइबेह यो महामारी नियन्त्रणका काममा निकै चिनिएका छन् । यूएन वुमेनको फिल्ड सहायकको रुपमा काम गरिरहेका उनीहरूले जोर्डनका महिलाहरूलाई र सिरियाली शरणार्थीको जीवनरक्षाको लागि सेवा प्रदान गर्दै आएका छन्।

यद्यपि कोरोना भाइरसले उनीहरूलाई घरको झन् धेरै नजिक ल्याएको छ । उनीहरू मोबाइल फोनको भरमा समुदायलाई महत्वपूर्ण जानकारी र अन्य परामर्श दिने गर्छन् । जोर्डनको एइन अलबाइडामा बस्ने ५४ वर्षीया सिहाम अलकाटामिन मोबाइल फोनको माध्यमबाट अमलले आवश्यक परामर्श र मनोवैज्ञानिक सहयोगका साथै विश्वसनीय सूचनाहरू दिने गरेको बताउँछिन् ।

यूएन वुमनका फिल्ड कर्मचारीहरूले यहाँका आठ सयभन्दा धेरै मानिसलाई यस्तो सेवा दिँदै आएका छन् । महामारीको क्रममा समस्यामा परेका महिलालाई सेवा दिन डिटिजल प्रविधि आवश्यक देखिएको छ ।

अहिले लैङ्गिक हिंसाको सामना गरिरहेका महिलाको लागि २४ घण्टा उपलब्ध हुने हटलाइन सेवा प्रदान गरिएको छ । यूएन वुमेनले सिरियाली शरणार्थीको लागि प्रदान गर्ने कोषको निरन्तरताको लागि ब्लकचेन नगद वितरण प्रणाली सुरु गरेको छ ।

प्रत्येक शरणार्थीको खाता ब्लकचेनसँग लिङ्क गरिएको हुन्छ । यसलाई सुपरमार्केटहरूमा विश्व खाद्य कार्यक्रमअन्तर्गत स्थापना गरिएको आयरिस स्क्यानिङ प्रणालीमा कनेक्ट गरिएको हुन्छ । जसबाट शरणार्थीहरूले आफूलाई चाहिएको सामग्री विनाझन्झट खरिद गर्न सक्नेछन् ।

२. चीनको ग्रामीण क्षेत्रमा सार्वजनिक सेवा प्रदान

यान शेङ्लियान चीनको उत्तरपश्चिमी प्रान्त क्विङहाई प्रान्तको सियारुओयाओ गाउँको चेकप्वाइन्टमा बस्छिन्। उनी गाउँमा आउने र जाने मानिसको शरीरको तापमान नाप्छिन् र उनीहरूको सवारीसाधनको विवरण राख्छिन् । उनको यो काम कोरोना भाइरस नियन्त्रणको लागि निकै महत्वपूर्ण छ । तर, उनको लागि यो काम नौलो हो । उनी चिकित्सा क्षेत्रको पृष्ठभूमिबाट आएकी होइनन् । उनी पेशाले एक किसान हुन् । उनले सुँगुर पालन गर्दै आएकी थिइन् ।

यद्यपि स्वयंसेवकको रुपमा अहिले उनी कोरोना भाइरस नियन्त्रणको काम गर्दै आएकी छिन् । किसान र स्वयंसेवक दुवै क्षेत्रमा उनले निकै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकी छिन् ।

३. काजकस्तानमा हिंसामा परेकालाई सहयोग

काजकस्तानमा क्वारेन्टाइन सुरु हुनुभन्दा पहिले नेमोल्ची (चुप नबसौँ) अभियानले सञ्चालन गरेको हेल्पलाइनमा यौन हिंसाका पीडितको मात्र फोन आउँथ्यो । अहिले दैनिक १० देखि १५ घरेलु हिंसाका उजुरीको लागि टेलिफोन आउने गरेको छ । यसरी फोन गर्नेहरू सबैजसो महिला नै छन्।

महामारीको समयमा घरेलु हिंसाका घटनाहरू उल्लेख्य रुपमा बढेका छन् । आइसोलेसनमा बसेकाकारण महिलाहरूले प्रहरीमा उजुरी दिन पनि सक्दैनन् ।

अझ कुनै परिवारमा त सासूससुरा र अन्य नातेदार पनि एउटै घरमा बस्छन् । त्यसैले पनि उनीहरूले प्रहरीमा सकेसम्म उजुरी गर्दैनन् । नेमोल्चिकी नेतृ डिना स्माइलोभाका अनुसार कोरोना भाइरसको कारण अभियान प्रभावित बनेको बताउँछिन्।

नोमोल्चिले अहिलेसम्म एक सय २० पीडित महिलालाई कानुनी सहयोग गरिसकेको छ । स्माइलोभाका अनुसार अहिले क्वारेन्टाइनको समयमा अदालत खुल्दैन, मुद्दा पनि दायर हुँदैन, अहिले पीडक र पीडित एउटै घरमा बस्ने भएकाले जोखिम बढेको छ ।

यद्यपि स्माइलोभाले निरन्तर न्यायको लागि आफ्नो प्रयास भने जारी राखेकी छिन् ।

४. क्यारेबियन समुदायको आशा जीवित राख्ने प्रयास

र्‍याङ्किया हेनरी क्यालिफोर्नियाको एक होटलमा काम गर्थिन् । कोरोना भाइरसको कारण उनको होटल बन्द भयो र उनी आफ्नो घर फर्किन पनि पाइनन् ।

यस्तोमा उनलाई आर्थिक समस्याले पनि पिरोल्न थालेको थियो । उनलाई आफ्नो घरमा पैसा पठाउनुपर्ने तनाव छँदै थियो, अब विनातलब आफ्नो घर्च धान्नु पर्ने समस्या पनि आइलाग्यो । तर, उनले यस्तो अवस्थामा पनि आफ्नो घरमा केही रकम पठाइन् ।

उनको चिन्ता यत्तिकैमा सीमित भएन । उनलाई आफ्नो घर रहेको टापु एन्टिगुआको माया लागेर आयो । आफ्नो देशमा मानिसहरू विश्वभर फैलिएको यो महामारीमा कसरी सुरक्षित रहलान् भन्ने चिन्ता उनमा पर्‍यो ।

यो चिन्तासँगै उनले कोरोना भाइरस नियन्त्रणको लागि सहयोगी हुने म्यासेज सामाजिक सञ्जालमार्फत सेयर गर्न थालिन् । साथै उनले एन्टिगुआ र बर्बुडाको सेवा क्षेत्रसँग पनि समन्वय गरिरहेकी छिन् ।@युएन वुमेन

बाट थप

  • यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने
  • मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
  • अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक
  • प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    चितवनका तीनवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ६५ जनाले मनोनयन दर्ता

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    समाचार
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑