• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

नेकपाको दुईमात्र बिकल्प : कि प्रधानमन्त्रीको प्रस्ताव स्वीकार्ने, कि शुरुको सहमतिमा फर्कने ?

May 2, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
नेकपाको दुईमात्र बिकल्प : कि प्रधानमन्त्रीको प्रस्ताव स्वीकार्ने, कि शुरुको सहमतिमा फर्कने ?


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

काठमाडौं, वैशाख–आज नेकपा सचिवालय बैठक बस्दैछ । त्यो बैठकमा कसरी प्रस्तुत हुने भन्नेमा आफ्ना रणनीति बनाउन दुबै पक्ष लागेका छन् । जहाँ जसरी जो लागेपनि दुबै पक्षले एकअर्कालाई सिध्याउने खेलबाट पछि हट्नुको विकल्प भने छैन । एकता शक्ति हो भन्ने बुझेर कमी कमजोरी सुधादै अघि बढ्ने दुबै पक्ष तयार हुनुपर्छ र त्यस्तो देखिएको पनि छ । कसरी हुन सक्छ सहमति ? यहाँ दुई प्रस्ताव अघि सारिएका छन्  । प्रधानमन्त्रीको भूमिका अवश्य पनि महत्वपूर्ण छ तर त्यतिकै महत्वपूर्ण प्रचण्ड र माधव नेपालको छ । वामदेवको भूमिका पनि आवश्यक छ । हेरौं ।

पहिलो, उहाँले आफैंले प्रस्ताव गरेको एजेण्डामा फेरी सहमति खोज्ने । त्यो भनेको वामदेव गौतम प्रधानमन्त्री, माधव नेपाल तेश्रो अध्यक्ष । यसमा प्रचण्ड–नेपाल पक्षले आफ्नो धारणा राखेपछि वल्ल थप छलफल हुने वा नहुनेमा बैठक प्रवेश गर्छ । नेपाल र प्रचण्ड पक्षका केही अतिवादी मझौले नेताको रवैया सुन्दा उनीहरु यसलाई ओली कार्डबाट ठान्छन् । उनीहरुको बुझाईमा प्रधानमन्त्री बन्दैगरेको प्रचण्ड–नेपाल गठबन्धन भत्काउन यो प्रस्ताव ल्याउनुभएको हो । यो उनीहरुको बुझाई हो । प्रधानमन्त्रीबिरुद्ध मालीगाउँदेखि कोटेश्वरसम्म भूमिगत बैठक संचालन गरेपछि त्यसका बिरुद्ध ओली चुप लाग्नुपर्छ भन्ने भ्रम नै गलत थियो र हो । ओलीले आफ्ना कार्ड त राख्नुहुन्छ नै ।

यदी नेपाल–प्रचण्ड वामदेवलाई प्रधानमन्त्री मान्न तयार भएमा र नेपाललाई तेश्रो अध्यक्ष मान्न तयार भएमा त्यसमा सहमति हुन्छ । वामदेव प्रधानमन्त्री बन्ने दुई बाटा छन् । राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्नसक्ने प्रावधान संविधानमा राख्न संसोधन गर्नुपर्छ, त्यसका लागि दुईतिहाई आवश्यक छ । यो बाटो त्यति सहज छैन । अर्को कुनै निर्वाचन क्षेत्र खाली गराएर उपनिर्वाचनमा वामदेवलाई उठाउने र जिताउने । वामदेवको रेकर्ड निकै बिग्रिएको छ त्यसैले जिताउने बिषय खतराबाहिर छैन । यद्धपी निर्णय भएपछि त्यसमा लाग्नुपर्छ नै ।

रह्यो नेपाल तेश्रो अध्यक्ष हुने । यो प्रस्तावमा पूर्वएमाओवादी र प्रचण्ड सहमत हुने सम्भावना कम छ । नेपालले आफू कम्युनिष्ट पार्टीको १५ बर्ष महासचिव भएपनि अध्यक्ष हुन नपाएको बताउने गर्नुभएको छ । पार्टीलाई १५ बर्षमा कहाँ पुर्याउने भयो र के गर्नुभयो, त्यो बेग्लै वहसको बिषय हो । नेता नेपालको अध्यक्ष बन्ने चाहनालाई पुरा गर्न नै प्रधानमन्त्री ओलीले तेश्रो अध्यक्षको प्रस्ताव गर्नुभएको हो । बैठकमा त्यसमा छलफल गरेर जवाफ दिने बताउनुभएका प्रचण्ड–नेपालले त्यसको जवाफ भोलि दिनुहोला नै । पूर्वमाओवादीभित्रका केही नेताहरुले भने पूर्वएमालेबाट दुई अध्यक्ष राख्नेभए पूर्वमाओवादीबाट पनि दुई अध्यक्षमा जानुपर्छ भन्ने कोणमा प्रचण्डसँग माग गरेका छन् । होइन भने नेपाललाई अध्यक्ष मान्न नसकिने र त्यसमा सहमत नहुन प्रचण्डलाई दबाव दिएका छन् । पूर्वमाओवादीका एकदर्जन बढी नेताले भने माधव नेपाललाई प्रधानमन्त्री गर्ने प्रचण्डको प्रस्ताव गलत भएको र त्यसमा सहमत हुन नसकिने चेतावनी दिएका छन् । पूर्वएमालेभित्र नेपाललाई अघि सार्नुभन्दा कि आफैं अघि सर्नुपर्यो, होइन भने ओलीलाई समर्थन गरेर जानु राम्रो हुने सुझाव दिएका छन् । उनीहरुको तर्क अनुसार, पूर्वएमालेमा ओली अहिलेपनि शक्तिशाली रहेको र उहाँको पक्षमा जनमत रहेका कारण विकल्प नेपाल हुन सक्दैनन् । नेपाललाई प्रधानमन्त्री र अध्यक्ष दुबै मान्न नसकिने उनीहरुको धारणा छ ।

त्यसको अर्थ प्रधानमन्त्रीको प्रस्तावमा पूर्वएमालेमा जति खाडल कम छ, पूर्वएमाओवादी खाडल बढी छ । पूर्वएमालेहरु मिल्लान् भन्ने त्रास प्रचण्डलाई छ, जसका लागि उनी नेपाललाई केही दिन चाहान्छन्, जो उनी सक्दैनन् । किनकी उनकै नजिकका नेताले त्यसको बिरोध गरेका छन् । प्रधानमन्त्रीले आफ्नो प्रस्तावमा जवाफपछि आफ्नो काउन्टर प्रस्ताव राख्नुहुन्छ नै । तर नेकपालाई एकिकृत कसरी राख्ने र सरकारलाई कसरी थप प्रभावकारी बनाउने भन्नेमा एउटामात्र सबैभन्दा उत्तम बिकल्प छ । त्यो हो प्रधानमन्त्री र अध्यक्षमा ओलीलाई कायम राखी वाँकी सबै बिषयमा खुला छलफल गर्ने ।

पहिलो, अवदेखि पार्टीको निर्देशन, सल्लाह, सुझावका आधारमा सरकार संचालन गर्ने । यो सैद्धान्तिक सहमति गर्ने । र, कार्यन्वयनमा तालमाथि नगर्ने प्रतिबद्धता जनाउने।

दोश्रो, सरकारका कामकारवाहीलाई जनतासमक्ष पार्टीले पुर्याउने । सरकारको प्रतिरक्षा तल्लो निकायसम्म गर्ने ।

तेश्रो, केही मन्त्री र मुख्यमन्त्री आवश्यकताका आधारमा परिवर्तन गर्ने । त्यसमा माधव नेपाल पक्षको सिफारिसमा योग्य र सक्षम नियुक्त गर्ने । किनकी प्रचण्डले पहिले नै आफ्नो कोटा पुुरा गर्नुभएको छ । अहिलेसम्म सबैभन्दा राम्रो कार्य संपादन गर्नुभएका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकताका लागि मुख्यमन्त्री छोड्न तयार रहेको बताउनुभएको छ । यो उहाँको त्याँगको प्रस्ताव हो । धेरैले उहाँलाई केन्द्रमा अझ खासगरि प्रधानमन्त्रीको टिममा हेर्न चाहेका छन् । यो फरक हो उहाँको माग प्रदेश र केन्द्रमा दुबैतिर छ ।

चौथो, सबैधानिक लगायतका सबै नियुक्तिमा हैसियत अनुसार भागबण्डा लगाउने र योग्यलाई सिफारिस गर्ने । त्यसोगर्दा तीन नेताको सहमतिमा गर्ने ।

पाचौं, स्थायित्व र विकासका लागि सबैले एकपल्ट फेरी प्रतिबद्धता जनाउने । नेकपा समस्या होइन, समाधान हो भन्ने व्यवहारबाटै प्रमाणित गर्ने ।

अहिले प्रधानमन्त्रीमा ओलीको विकल्प छैन भन्ने प्रष्ट छ । अध्यक्षबाट पनि हटाउन सकिदैंन भन्ने पनि प्रष्ट छ । त्यसोभए यो नसकिने खेलकुदमा नलाग्दा राम्रो । सबैलाई स्वीकार्य बिकल्प भनेको माथि अघि सारिएका विकल्प हुन । त्यसमा सबै लागौं, पार्टी बचाऔं, देश बचाऔं ।

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑