काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताबले काम नगर्ने देखिएको छ। उक्त प्रस्ताबप्रति गौतमले आशंका ब्यक्त गरेका छन। ओलीलाई पार्टी अध्यक्ष र संसदीय दलको नेता बनाउदा आफुले सहयोग गरेको तर पछि उनले आफुलाई प्रधानमन्त्री बनाउने प्रतिबद्धता पूरा नगरेको कारणले गौतम ससंकित भएको बताइन्छ ।
प्रधानमन्त्रीले आफ्नो प्रतिबद्धता पुरा गर्नुको सट्टा उल्टै पेलेको उनको बुझाइ छ। बिगतमा पनि ओलीले आफ्ना गुटबाहेक अन्य समूह लाई पेलेर अघि बढ्ने गरेको धेरै नेता कर्याकर्ताको गुनासो छ। नेकपा स्रोतका अनुसार नेता गौतमले पहिला प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने र त्यसपछि मात्र कसले नेतृत्व गर्ने भन्ने कुरा पार्टीमा छलफल गर्नुपर्ने अडान लिएका छन् ।
उनले आफ्नो नजिकका बिश्वासपात्रहरुलाइ ‘कुमाइ बाहुनको घुमाइ’मा पर्दिन समेत भनेको नाम उल्लेख नगर्ने सर्तमा गौतमनिकट एक सांसदले बताए । पार्टी एकीकरणको सम्झौतामा समानताको आधारमा दुई अध्यक्षहरुले सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। सोहि सहमति अनुसार प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सत्ता हस्तान्तरण गर्न आनाकानी गरिरहेका छन्। उनले राजनैतिक इमानदारी प्रस्तुत गर्दै सत्ता हस्तान्तरण गर्नुपर्ने राजनैतिक विश्लेषक प्राडा सुरेन्द्र केसीको बुझाइ छ।
बामदेबलाई प्रधानमन्त्री बनाउन कनुनी जटिलता
नेकपा नेता वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन कानुनी जटिलता पनि छन। उनी सांसद छैनन। उनलाइ प्रधानमन्त्री बनाउन राष्ट्रियसभामा मनोनयन गरेर संविधान नै संसोधन गर्नुपर्ने हुन्छ। सरकार संचालन गर्न बहुमत भए पनि नेकपासँग संविधान संसोधनका लागि दुई तिहाइ बहुमत छैन । संविधान संसोधनका निम्ति सत्तारुढ नेकपलाई नेपाली कङ्ग्रेस वा जनता समाजवादी दलको सहयोग आवश्यक पर्दछ । नेपाली कङ्ग्रेसले संविधान संसोधनमा प्रतिपक्ष भएको कारणले अहिले सहयोग गर्ने कुनै सम्भावना देखिदैन । यसरी हेर्दा संविधान संसोधन झनै जटिल देखिन्छ । उक्त कुरा गौतमले बुझेर नै ओलीको प्रस्तावमा आशंका व्यक्त गरेका हुन। @पब्लिक न्युज
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस