• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ अषाढ २८, शनिबार | Sat, 12, Jul, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

‘निम्न माध्यमिक विद्यालयतहमा अनलाइन कक्षा’को होडबाजी, केही समय भुलायर अभिभावकबाट शुल्क उठाउने बहाना

२०७७ बैशाख २०, शनिबार मा प्रकाशित अनुमानित पढ्ने समय : ६ मिनेट
‘निम्न माध्यमिक विद्यालयतहमा अनलाइन कक्षा’को होडबाजी, केही समय भुलायर अभिभावकबाट शुल्क उठाउने बहाना


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

चितवन । शैक्षिक सत्रको उत्तरार्द्धमा भएको ‘लकडाउन’का कारण योवर्ष एसइईभन्दा माथिका सबै परीक्षा रोकिएका छन् भने त्यसभन्दा तलका विद्यार्थीको वार्षिक परीक्षाको नतिजा प्रकाशन पनि ढिला भयो। धेरैजसो शैक्षिक संस्थाले नतिजा प्रकाशन गरिसके भने केहीको बाँकी छ। पछि थप गरिएको समयअनुसार लकडाउन खुल्न अझै पनि केही दिन बाँकी छ। तर, चितवनका शैक्षिक संस्थाहरूमा भने लकडाउनको समयमा ‘अनलाइन कक्षा’को होडबाजी चलेको छ। सुरूमा केही प्राविधिक विषयमा अध्ययन/अध्यापन गर्ने शैक्षिक संस्थाहरूले विद्यार्थीलाई अनलाइन प्रणालीमार्फत पठनपाठनको अभ्यास थालेका थिए, जुन उनीहरूको उमेर र पढाइअनुसार आवश्यकता पनि छ। तर, अहिले माध्यमिक तह हुँदै आधारभूत तहसम्म अनलाइनबाट पठनपाठन सुरू गर्न थालेका छन्। ‘मानौँ अनलाइनबाट पढाउनु एउटा फेसन हो।’ यतिसम्म कि ‘मन्टेश्वरी’मा समेत अनलाइनबाट पढाउने बहानामा कर्मचारी र बालबालिकालाई दुःख दिन थालेका छन्।

लकडाउनका कारण काम रोकिए पनि कर्मचारीको पारिश्रमिक रोक्न नपाइने भनेर सरकारले नै भनिसकेको छ। तर, बन्द भएको समयमा विद्यार्थीबाट लिँदै आएको मासिक शुल्कबारे सरकारले धारणा सार्वजनिक गरेको छैन। जसले गर्दा प्रायः संस्थागत शैक्षिक संस्थालाई अभिभावकबाट शुल्क नउठ्ने हो कि भन्ने चिन्ता छ, जसकारण अनलाइनबाटै भए पनि दिनमा केही समय भुलाउन पाए शुल्क लिन सजिलो हुन्थ्यो भन्ने दाउमा छन् सञ्चालकहरू तर, अनलाइनबाट पढाउने अभ्यास ठूला कक्षाका विद्यार्थीको लागि उपयुक्त भए पनि साना कक्षाका लागि उमेर र कक्षाअनुसार पनि उपयुक्त नहुने भरतपुर अस्पतालका बालरोग विशेषज्ञ एवम् बालरोग विभाग प्रमुख डा आमोदबहादुर थापाले बताए।बालबालिकाको क्षमता र आवश्यकतालाई हेरेर वैकल्पिक उपाय खोज्नुपर्नेमा सबैले अनलाइनबाट पढाउनुलाई मात्रै वैकल्पिक उपाय देख्दा बालबालिकामा त्यसको कस्तो पर्छ भन्नेमा ध्यान पु¥याउनुपर्ने उनको भनाइ छ।

 

‘अहिले अनलाइनबाट पढाउने भन्ने कुरा पनि फेसनको रूपमा मात्रै विकास गर्न खोजिएजस्तो देखिन्छ,’ उनले भने, ‘अनलाइनबाट पढाउन इन्टरनेट, कम्प्युटर वा ल्यापटप अथवा मोबाइल अनिवार्य चाहिन्छ। यस्ता विद्युतीय उपकरणमा बालबालिकालाई सक्रिय गराइराख्नु स्वास्थ्यको फाइदा छ कि घाटा छ भन्नेबारे शिक्षक तथा अभिभावक दुवै पक्षले सोच पुर्‍याउनुपर्छ।’बालबालिकालाई मोवाइल, कम्प्युटर, टेलिभिजनजस्ता विद्युतीय सामग्रीमा सक्रिय गराउँदा आँखा र मस्तिष्कमा सबैभन्दा छिटो असर पुग्ने उनले बताए। ‘घरमा टिभी, कम्प्युटर वा मोबाइलजस्ता विद्युतीय सामग्रीमा बालबालिकालाई भुलाउँदा उनीहरूको दिमाग तरंगित भएर अचेत हुन सक्ने समस्यासमेत देखिन सक्छ,’ उनले भने, ‘त्यसैले यस्तो बेलामा अभिभावक सचेत हुनु जरूरी छ।’ अझ बालबालिकालाई सामाजिक सिकाइको अभ्यास गराउन खोलिएका मन्टेश्वरीमा यो काम कुनै पनि दृष्टिकोणबाट उपयुक्त नहुने उनको भनाइ छ।‘मन्टेश्वरी भनेको बच्चाहरूमा सामाजिक व्यवहार सिकाउने, खेल्न लगाउने, साथीभाइसँग घुलमिल हुन सिकाउने अर्थात् व्यवहारिक ज्ञान सिकाउने ठाउँ हो, त्यसैले मन्टेश्वरीहरूमा पनि अनलाइनबाट पढाउँछौँ भन्नु हाँस्यास्पद विषय हो,’ उनले भने। लकडाउनको समयमा सबै अभिभावकसँगै भएकाले पनि घरमै विभिन्न खालका अभ्यास गराएर बालबालिकालाई सक्रिय गराउन सकिने उनको सुझाव छ।

‘खासगरी अभिभावक व्यस्त हुँदा बालबच्चाको व्यवस्थापन गर्ने भनेर मन्टेश्वरी सञ्चालन गरिएको हो। तर, अहिले अभिभावक घरमै भएका बेला बालबच्चालाई खेल्न, नाच्न, गाउनजस्ता क्रियाकलाप गराएर सामाजिक व्यवहार सिकाउन सकिन्छ,’ उनले थपे।अझै पनि कतिपयको घरमा इन्टरनेट छैन। इन्टरनेट भ्एकाको घरमा पनि मोवाइलबाहेक अन्य साधन नहुन सक्छ। त्यसैले साना कक्षाका लागि विद्यालयले अनलाइनबाट पढाउने काम उपयुक्त नहुने अभिभावकरूको तर्क छ। बालबालिकाको लागि अनावश्यक झमेलामात्रै भएको बताउँछन्, भरतपुर ४ लंकूका विनोद अनुज।

अनलाइन कक्षामा बस्नुभन्दा अभिभावकले घरमै पढाउनु राम्रो हुने उनको बुझाइ छ। ‘बालबालिकालाई अल्झाउन र बन्द भएको महिनाको शुल्क उठाउन पनि सजिलो हुन्छ भनेर मात्रै अनलाइन कक्षा सञ्चालन गरेजस्तो लाग्छ,’ उनले भने, ‘अनलाइन कक्षाबाट साना कक्षामा पढ्ने बालबालिकालाई कुनै फाइदा छैन।’अनलाइनबाट कक्षा सञ्चालन गर्दा सबै विद्यार्थीलाई समेट्न नसकेपछि पोखरा महानगरपालिका पछि हटिसकेको छ। चितवनका स्थानीय तहहरूले पनि अनलाइनबाट कक्षा सञ्चालन गर्ने विषयलाई प्राथमिकतामा राखेका छैनन्।नयाँ अभ्यास भएकोले सुन्दा राम्रो लागे पनि अनलाइनबाट पढाउँदा सबै विद्यार्थीको पहुँच नपुग्ने भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेल बताउँछन्। ‘तर, हामीले यसलाई प्राथमिकतामा राखेका छैनौँ,’ उनी भन्छन्, ‘बरु अन्य विकल्पको खोजी गरिरहेका छौँ।’अझ सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी प्रविधिको पहुँचमा अझै पनि नपुगिसकेको हुँदा सामुदायिक विद्यालयमा यो विधि प्रयोगमा ल्याउन सहज नभएको उनको भनाइ छ।‘केही निजी विद्यालय प्रविधिको पहुँचमा होलान् तर सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको लागि त कसरी सम्भव होला ररु’ उनले भने, ‘बरु लकडाउन अझै लम्बियो भने के गर्ने त भन्ने विषयमा हामी विकल्पको खोजीमा छौँ।’ जिल्लाका सबै स्थानीय तहहरूसँगको छलफलबाट आ–आफ्नो स्थानीय तहभित्रका सबै विद्यालयका प्रधानाध्यापकसँग छलफल गरेरै लकडाउनको समयमा पनि सामाजिक दुरी कायम गरेर नतिजा प्रकाशन गरिसकेको उनले बताए।

वैशाख ९ गते बसेको बैठकबाट नतिजा प्रकाशन गर्ने र बन्दको बेला पठनपाठनलाई कसरी सुचारू गर्ने भन्ने विषयमा सामान्य छलफल भए पनि नतिजा प्रकाशनको मात्रै टुंगो लागेकाले प्रायः सबै विद्यालयले नतिजा प्रकाशन गरिसकेको उनको भनाइ छ। तर, ‘अनलाइन शिक्षा सुन्दा राम्रो लागे पनि धेरैजसो प्रधानाध्यापकले उपयुक्त हुँदैन’ भनेकाले थप वैकल्पिक उपायको खोजीमा रहेको उनले बताए।‘अहिले पनि सिकाइका विकल्पहरू के–के हुन सक्छन् भनेर प्रधानाध्यापकहरूसँग राय लिने काम भइरहेको छ,’ उनले भने, ‘यस बारेमा सोमबार फेरि छलफल गर्दैछौँ।’ ठूला कक्षाका लागि सामाजिक सञ्जालबाट केही गृहकार्य गराउन सक्ने सम्भावना भए पनि साना कक्षाका विद्यार्थीको लागि सम्भव नहुने उनको भनाइ छ।

सञ्चारमाध्यमबाट कक्षा सञ्चालन

कक्षा ९ र १० को लागि भने स्थानीयस्तरमा एफएम रेडियो, टेलिभिजन वा अनलाइनबाट पनि कक्षा सञ्चालन गर्न सकिन्छ कि भन्ने विषयमा पनि सोच बनाएको उनले बताए। केही वर्षअघिसम्म एसएलसी परीक्षा दिने विद्यार्थीका लागि हरेक दिन आधा घण्टा प्रायः सबै एफएम रेडियोहरूले ‘ट्युसन’ कक्षा सञ्चालन गथ्र्यो। सोहीअनुसार लकडाउन लम्बिएमा कक्षा ९ र १० को लागि त्यसैगरी कक्षा चलाउन सकिन्छ कि भन्ने विषयमा पनि सोच बनाइरहेको उनले बताए।

पाठ्यपुस्तक उपलब्धतामा सहज

पाठ्यपुस्तक उपलब्धताको विषयमा सामुदायिक विद्यालयको लागि जनक शिक्षा र संस्थागत विद्यालयको लागि निजी व्यवसायीहरूले पुस्तक उपलब्ध गराउँदै आएका छन्। यसवर्ष लकडाउनकै कारण पाठ्यपुस्तकको अभाव या सहजताबारे पनि महानगरपालिकाले बुझिरहेको उनले बताए। पुस्तक बिक्रेताहरूसँगको छलफलमा योवर्ष लकडाउनले केही असर पुगे पनि विद्यार्थीको लागि पाठ्यपुस्तक अभाव नहुने उनले बताए। ‘जनक शिक्षाले पुस्तक अभाव हुँदैन भनेको छ।संस्थागत विद्यालयको लागि पनि निजी व्यवसायीले समस्या छैन भनेको छ,’ उनले भने, ‘तर, पुस्तक ढुवानी र बिक्री वितरणको लागि अनुमति चाहिन्छ भनेका छन्, यति सुविधा भए हामी तत्काल गर्न सक्छौँ भनेका छन्।’तर, मन्टेश्वरीमा भर्ना भएका साना बालबालिकाको लागि भने घरमै अभिभावकले सिर्जनात्मक प्रयोग र अभ्यास गराउन सके राम्रो हुने उनको सुझाव छ। ‘मन्टेश्वरीको हकमा अनलाइनबाट पढाउँछौँ भन्न आयो भने हामी अनुमति दिँदैनौँ,’ उनले भने, किनकि कलिलो उमेरका बालबालिकालाई त्यो सम्भव पनि हुँदैन र उनीहरूको मनोवैज्ञानिक असरलाई पनि हामीले बुझ्नुपर्छ।’@Chitwanpost

बाट थप

  • सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियाे मुद्दा दर्तासट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियाे मुद्दा दर्ता
  • यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्रयी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र
  • बाहुबलीको दुवै भाग अब एक फ्रेममा आउने, ३१ अक्टोबरमा रि-रिलिजबाहुबलीको दुवै भाग अब एक फ्रेममा आउने, ३१ अक्टोबरमा रि-रिलिज
  • कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नताकमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियाे मुद्दा दर्ता

    सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियाे मुद्दा दर्ता

    यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र

    यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र

    बाहुबलीको दुवै भाग अब एक फ्रेममा आउने, ३१ अक्टोबरमा रि-रिलिज

    बाहुबलीको दुवै भाग अब एक फ्रेममा आउने, ३१ अक्टोबरमा रि-रिलिज

    कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

    कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

    काबुलः सन २०३० मा पानी सकिने संसारको पहिलो सहर बन्दै

    काबुलः सन २०३० मा पानी सकिने संसारको पहिलो सहर बन्दै

    क्लब विश्वकपको फाइनल हेर्न ट्रम्प मेटलाइफ स्टेडियम जाने

    क्लब विश्वकपको फाइनल हेर्न ट्रम्प मेटलाइफ स्टेडियम जाने

    युरोपमा भयो अत्याधिक गर्मी, २३ सय भन्दा बढीको मृत्यु

    युरोपमा भयो अत्याधिक गर्मी, २३ सय भन्दा बढीको मृत्यु

    माओवादीको नेतृत्वमा काठमाडौंमा प्यालेस्टाइनको पक्षमा प्रदर्शन हुने

    माओवादीको नेतृत्वमा काठमाडौंमा प्यालेस्टाइनको पक्षमा प्रदर्शन हुने

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    एमालेको सचिवालय बैठक शुरु

    एमालेको सचिवालय बैठक शुरु

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    अभिनेत्री करिश्मा कपुरका पुर्व पतिको निधन

    अभिनेत्री करिश्मा कपुरका पुर्व पतिको निधन

    लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

    लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

    बहिस्कार गरिएका बैठकको भत्ता नलिने राप्रपाको घोषणा

    बहिस्कार गरिएका बैठकको भत्ता नलिने राप्रपाको घोषणा

    समाचार
    सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियाे मुद्दा दर्ता

    सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियाे मुद्दा दर्ता

    यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र

    यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र

    बाहुबलीको दुवै भाग अब एक फ्रेममा आउने, ३१ अक्टोबरमा रि-रिलिज

    बाहुबलीको दुवै भाग अब एक फ्रेममा आउने, ३१ अक्टोबरमा रि-रिलिज

    कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

    कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

    काबुलः सन २०३० मा पानी सकिने संसारको पहिलो सहर बन्दै

    काबुलः सन २०३० मा पानी सकिने संसारको पहिलो सहर बन्दै

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑