विश्व समुदायले अहिले कोरोना भाईरसको नयाँ संस्करण कोभिड १९ को मार खेपिरहेको छ । चिनको वुहान प्रान्तबाट २०१९ को अन्त्यमा सुरु भएको यो भाइरस अहिलेसम्म विश्वका अधिकांश देशहरुमा फैलिसकेको छ । यो लेख तयार पार्दासम्म विश्वमा सङ्क्रमीतको सङ्ख्या ३२,३२,०६१ पुगेको छ भने मृतकको सङ्ख्या २,३०,हजार भन्दा बढि पुगिसकेको छ । नेपालमा ५७ जना संक्रमित मध्ये १६ जना स्वास्थ्य लाभ गरी घर फर्किएका छन् । अमेरीकाको राष्ट्रपती डोनाल्ड ट्रम्पले यदि मृतकको संख्या १ लाखको हाराहारीमै रोकिए भने त्यो उपलव्धी नै मानिनु पर्ने कुरा गरिरहदा हाल अमेरिकामा नै कोरोनाबाट सबैभन्दा बढी संक्रमित भएका छन् ।
मानव इतिहासमा यस्ता भाइरसको महामारी फैलिएको यो एक्लो घटना होइन । यहाँ विचार पुर्याउनुपर्ने पक्ष के हो भने महामारी शब्दको अर्थ सापेक्ष हुन्छ । अहिलेको समयमा स्वाइन फ्लू, सार्स, नोवल कोरोना भाइरसजस्ता केही सयको ज्यान लिने भाइरसको प्रकोपलाई पनि महामारी भन्ने गरिन्छ । यद्यपि, मानव इतिहासमा करोडौँको ज्यान लिने महामारी पनि फैलिएका थिए । जसले १२ हजार वर्षको इतिहासमा कुनै देश वा क्षेत्रको सीमा नाघेर करिब ५० करोड मानिसको ज्यान लिएको अनुमान गरिन्छ । मानव इतिहासका केही यस्ता महामारीबारे यहाँ चर्चा गर्न सान्दर्भिक ठान्दछू जसबाट त्यसबेलाको समाजलाई कस्तो असर गरेको थियो भन्ने बुझ्न मद्दत पुग्दछ ।
हैजाको महामारीले सन् १९१० र ११ मा हैजाबाट विश्वभर लाखौँ मानिसको ज्यान गयो । भारतको कलकत्तामा सुरु भएको यो महामारीले त्यसबेला भारतमा कम्तीमा आठ लाखको ज्यान लिएको थियो । पछि यो मध्यपूर्व, उत्तरी अफ्रिका, पूर्वी युरोप र अमेरिकासम्म पुगेको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष ३० देखि ५० लाख हैजाका नयाँ बिरामी देखापर्ने गर्छन् ।
जसबाट एक लाखभन्दा बढीको ज्यान बर्सेनि जाने गर्छ । सन् १९७६ मा डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा पहिलो पटक पहिचान भएको एचआईभी एड्स वास्तवमै भयानक महामारी थियो । जससँग हामी अझै जुधिरहेका छौँ । सन् १९८१ यता यो रोगबाट ३ करोड ६० लाख मानिसले ज्यान गुमाइसकेका छन् । अहिले पनि विश्वका करिब साढे तीन करोड मानिस यो रोगबाट संक्रमित छन् । सन् २००९ मा अमेरिकामा नयाँ खालको इन्फ्लुएन्जा ए ९एच वान एन वान० भाइरस पत्ता लाग्यो । यो तुरुन्तै अमेरिकाका अनेकौँ राज्य र विश्वभर फैलियो । अघिल्ला यस्ता भाइरसभन्दा निकै फरक यो भाइरसबाट कति मानिसको ज्यान गयो, त्यो अझै बहसको विषय बनिरहेको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार २००९ देखि २०१० सम्ममा अमेरिकामा छ करोड मानिस यो भाइरसबाट प्रभावित भएका थिए ।
जसमध्ये २ लाख ७४ हजार जना अस्पताल भर्ना हुनुपरेको थियो । यसबाट अमेरिकामा मात्र १२ हजार ४ सय ६९ जनाको ज्यान गएको थियो । सन् २०१० को अगस्टमा स्वाइन फ्लूको महामारी समाप्त भएको घोषणा भएतापनी हरेक वर्ष स्वाइन फ्लूबाट हजारौँ मानिस बिरामी हुने, अस्पताल भर्ना हुने र मृत्युको मुखमा पुग्ने गरेका छन् । त्यसैगरी, २००२ को नोभेम्बरमा चीनको ग्वाङ्दोङ प्रान्तबाट सुरु भएको सिभियर एक्युट रेस्पाइरेटरी सिन्ड्रोम ९सार्स० बाट नौ महिनामा विश्वभर ८ हजार ९६ जना प्रभावित भएका थिए । जसमध्ये ७ सय ७४ जनाले ज्यान गुमाएका थिए । सार्सको मृत्युदर पनि उच्च थियो । संक्रमितमध्ये ९।६ प्रतिशत मानिसको ज्यान गएको थियो । यो कोरोना भाइरसकै एक अलग प्रजाति थियो ।
सन् १९५६ बाट सुरु भएको एसियन फ्लूले करिब २० लाखको ज्यान लिएको थियो । यो इन्फ्लुएन्जा चीनको गुइझाउ प्रान्तमा सर्वप्रथम फेला परेको थियो । दुई वर्षभित्र यो सिंगापुर, हङकङ र अमेरिकासम्म पुग्यो । सन् १९१८ देखि १९२० को बीचमा स्पेनिस फ्लू भनिने इन्फ्लुएन्जाको भयानक महामारी विश्वभर फैलिएको थियो । यद्यपि, यो स्पेनबाट आएको थिएन । यो भाइरसबाट विश्वको एकतिहाइ जनसंख्या संक्रमित भएको थियो । यसबाट करिब ५ करोडभन्दा बढीको ज्यान गएको अनुमान गरिन्छ । यसको मृत्युदर पनि २० प्रतिशतभन्दा बढी थियो । यसको विस्तार कति भयंकर थियो भने अढाई करोड मानिसको ज्यान त भाइरस फैलिएको २५ हप्ताभित्रै गइसकेको थियो ।
१४ औँ शताब्दीको मध्यमा युरोप, अफ्रिका र एसियामा एउटा महामारी फैलिएको थियो । हालसम्मकै ठुलो महामारीका रूपमा परिचित ब्ल्याक डेथ भनिने यस महामारीले त्यसबेला विश्वको एकतिहाइ जनसंख्याको ज्यान लिएको थियो । त्यसबेला विश्वको जनसंख्या ४५ करोड रहेको अनुमान गरिएको छ । तर, यो रोगले मात्रै कम्तीमा साढे सात करोड र बढीमा २० करोडको ज्यान लिएको अनुमान गरिन्छ ।
यस्ता महामारीको प्रकोपबाट नेपाल पनी अछुतो छैन । नेपालको इतिहाँसमा पनी यस्ता महामारी र सङ्कटहरु नआएका होईनन् । हैजा, मलेरिया, जापानीज ईन्सेप्लाईटिस, डेङ्गी जस्ता रोगहरूबाट वर्षेनी लाखौ मानिसहरूको ज्यान जान्छ । १९९० को विनासकारी भुकम्प र अहिले आएर २०७२ को महाभुकम्प जस्ता सङ्कटहरू आई नै रहेका छन् । तर, यस्ता सङ्कटबाट हामीले के सिक्यौँरु सङ्कट समाधानमा हाम्रो प्रयास प्रयाप्त छ तरु महामारी त आउँछ जान्छ तर हामीमा के कस्ता परिवर्तनहरू आएरु यो अहिलेको मुख्य प्रश्न हो । विशेषत, अहिले नेपालमा कोरोनासँगै उत्पन्न भएका विभिन्न आयामहरु बारे चर्चा गरौँ ।
हैजाको महामारीले सन् १९१० र ११ मा हैजाबाट विश्वभर लाखौँ मानिसको ज्यान गयो । भारतको कलकत्तामा सुरु भएको यो महामारीले त्यसबेला भारतमा कम्तीमा आठ लाखको ज्यान लिएको थियो । पछि यो मध्यपूर्व, उत्तरी अफ्रिका, पूर्वी युरोप र अमेरिकासम्म पुगेको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष ३० देखि ५० लाख हैजाका नयाँ बिरामी देखापर्ने गर्छन् । जसबाट एक लाखभन्दा बढीको ज्यान बर्सेनि जाने गर्छ । सन् १९७६ मा डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा पहिलो पटक पहिचान भएको एचआईभी एड्स वास्तवमै भयानक महामारी थियो । जससँग हामी अझै जुधिरहेका छौँ । सन् १९८१ यता यो रोगबाट ३ करोड ६० लाख मानिसले ज्यान गुमाइसकेका छन् । अहिले पनि विश्वका करिब साढे तीन करोड मानिस यो रोगबाट संक्रमित छन् । सन् २००९ मा अमेरिकामा नयाँ खालको इन्फ्लुएन्जा ए ९एच वान एन वान० भाइरस पत्ता लाग्यो ।
यो तुरुन्तै अमेरिकाका अनेकौँ राज्य र विश्वभर फैलियो । अघिल्ला यस्ता भाइरसभन्दा निकै फरक यो भाइरसबाट कति मानिसको ज्यान गयो, त्यो अझै बहसको विषय बनिरहेको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार २००९ देखि २०१० सम्ममा अमेरिकामा छ करोड मानिस यो भाइरसबाट प्रभावित भएका थिए । जसमध्ये २ लाख ७४ हजार जना अस्पताल भर्ना हुनुपरेको थियो । यसबाट अमेरिकामा मात्र १२ हजार ४ सय ६९ जनाको ज्यान गएको थियो । सन् २०१० को अगस्टमा स्वाइन फ्लूको महामारी समाप्त भएको घोषणा भएतापनी हरेक वर्ष स्वाइन फ्लूबाट हजारौँ मानिस बिरामी हुने, अस्पताल भर्ना हुने र मृत्युको मुखमा पुग्ने गरेका छन् ।
सैगरी, २००२ को नोभेम्बरमा चीनको ग्वाङ्दोङ प्रान्तबाट सुरु भएको सिभियर एक्युट रेस्पाइरेटरी सिन्ड्रोम ९सार्स० बाट नौ महिनामा विश्वभर ८ हजार ९६ जना प्रभावित भएका थिए । जसमध्ये ७ सय ७४ जनाले ज्यान गुमाएका थिए । सार्सको मृत्युदर पनि उच्च थियो । संक्रमितमध्ये ९।६ प्रतिशत मानिसको ज्यान गएको थियो । यो कोरोना भाइरसकै एक अलग प्रजाति थियो । सन् १९५६ बाट सुरु भएको एसियन फ्लूले करिब २० लाखको ज्यान लिएको थियो । यो इन्फ्लुएन्जा चीनको गुइझाउ प्रान्तमा सर्वप्रथम फेला परेको थियो । दुई वर्षभित्र यो सिंगापुर, हङकङ र अमेरिकासम्म पुग्यो । सन् १९१८ देखि १९२० को बीचमा स्पेनिस फ्लू भनिने इन्फ्लुएन्जाको भयानक महामारी विश्वभर फैलिएको थियो ।
यद्यपि, यो स्पेनबाट आएको थिएन । यो भाइरसबाट विश्वको एकतिहाइ जनसंख्या संक्रमित भएको थियो । यसबाट करिब ५ करोडभन्दा बढीको ज्यान गएको अनुमान गरिन्छ । यसको मृत्युदर पनि २० प्रतिशतभन्दा बढी थियो । यसको विस्तार कति भयंकर थियो भने अढाई करोड मानिसको ज्यान त भाइरस फैलिएको २५ हप्ताभित्रै गइसकेको थियो । १४ औँ शताब्दीको मध्यमा युरोप, अफ्रिका र एसियामा एउटा महामारी फैलिएको थियो । हालसम्मकै ठुलो महामारीका रूपमा परिचित ब्ल्याक डेथ भनिने यस महामारीले त्यसबेला विश्वको एकतिहाइ जनसंख्याको ज्यान लिएको थियो । त्यसबेला विश्वको जनसंख्या ४५ करोड रहेको अनुमान गरिएको छ । तर, यो रोगले मात्रै कम्तीमा साढे सात करोड र बढीमा २० करोडको ज्यान लिएको अनुमान गरिन्छ ।
यस्ता महामारीको प्रकोपबाट नेपाल पनी अछुतो छैन । नेपालको इतिहाँसमा पनी यस्ता महामारी र सङ्कटहरु नआएका होईनन् । हैजा, मलेरिया, जापानीज ईन्सेप्लाईटिस, डेङ्गी जस्ता रोगहरूबाट वर्षेनी लाखौ मानिसहरूको ज्यान जान्छ । १९९० को विनासकारी भुकम्प र अहिले आएर २०७२ को महाभुकम्प जस्ता सङ्कटहरू आई नै रहेका छन् । तर, यस्ता सङ्कटबाट हामीले के सिक्यौँरु सङ्कट समाधानमा हाम्रो प्रयास प्रयाप्त छ तरु महामारी त आउँछ जान्छ तर हामीमा के कस्ता परिवर्तनहरू आएरु यो अहिलेको मुख्य प्रश्न हो । विशेषत, अहिले नेपालमा कोरोनासँगै उत्पन्न भएका विभिन्न आयामहरु बारे चर्चा गरौँ ।
यस महामारीले निम्त्याएको विभिन्न बिपत्ति, त्रास र समस्याको बाबजुत प्रकृतिमा केही सकारात्मक प्रभाव परेको छ साथै मानव जातिलाई केही पाठ सिकाएको छ । प्रदूषण कम भएको छ, सहरमा स्वच्छ हावा चल्न थालेको छ, टाढा–टाढाबाट हिमालपहाड कयौँ वर्ष पछि ठम्याउन सकिने भएका छन् । ८७ लाख जातप्रजातिहरुमा मानव जाति बाहेक अन्य जातप्रजाति, प्राणी र जीवजन्तुहरु सहज रुपमा हिड्डुल गर्न पाएका छन् ।
शान्तिको महशुस गर्न थालेका छन् । खोला नाला, ताल, तलैयाको पानी सङ्लो हुन थालेको छ । पानीमा हुने जीवहरु बढ्न थालेका छन् । भारतीय सञ्चार माध्यममा आएको जानकारी अनुसार अहिले गंगाजल पिउन योग्य रहेको खबर पाइएको छ । विभिन्न निकुञ्जहरुका बोटबिरुवा हुर्किन थालेका छन्, वन फडानी घटेको छ, प्राकृतिक उत्खनन् रोकिएको छ र चरा चुरुङ्गीहरु आकाशमा खुलेर उड्न थालेका छन् । विभिन्न समाचार अनुसार ओजन लेयर बाक्लिन थालेको छ । पृथ्वीमा हुने स–साना पराकम्पनहरु रोकिएका छन् ।
हरेक चुनौतिहरुले मानिसलाई पाठ सिकाउँछ आगामी दिनका लागि झन मजबुत हुनलाई प्रेरित गर्दछ भनेझै यस महामारीले पनि मानव जातिलाई केही पाठ सिकाएको छ, हामी जति नै आधुनिक भनिएतापनि, अन्य ग्रहहरुमा बस्ती बसाउने कुरा गरेतापनि विभिन्न प्रविधिको खोज तथा विकास गरिएतापनि हाल एउटा अदृश्य भाइरसले सारा विश्वलाई नै आतंकित तुल्याएको छ यसका अगाडि सम्पूर्ण विकास ओझेल परेको छ ।
हामीमा सहिष्णुता आउन थालेको छ । हामी आत्मनिर्भर र स्वावलम्भि हुन थालेका छौँ । यो यस्तै विपत्तीको उपज हो । यस्तै विपत्तीले नै हामीलाई एकताको सुत्रमा बाँध्न सिकाएको छ । सहयोगी भावनाको विकास हुनु पनि यसको एउटा राम्रो पाटो मान्न सक्छौ । अर्को तर्फ कोरोना कै कारण मान्नु पर्छ हिजो हात मिलाउने, चुम्बन गर्ने, अङ्कमाल गर्ने जस्ता आयातीत पश्छिमा संस्कृतिको नक्कल गरी रहेका हामीमा हाम्रै परापुर्व काल देखी चलि आएको पुर्विय सव्यतामा फर्किएका छौ ।
हामीले बिर्सिदै गएका मौलिक खानपानहरु जुन् वैज्ञानिक रुपमा पनी उपयुक्त मानिन्छ उदाहरण कै रुपमा हेर्ने हो भने रोग प्रतिरोधात्मक क्षमता बढाउन हाम्रै गाउँ, घरमा पाइने लसुन, अदुवा, मरिच, टिम्मूर र कागती जस्ता जडिबुटिहरुको प्रयोग बढ्नु यसले गर्दा आयात गरिएका तरकारी फलफुल सकफर नखाने बानीको विकास हुनु , हाम्रो पूर्विय आर्य ृनमस्कारे संस्कृतिको विकाश हुनु र यो संस्कृति विश्वव्यापीकरण हुनु गौरवको कुरा हो ।
पछिल्लो समयमा लकडाउनसँगै नेपालमा राजनितीक सर्गर्मी बढ्न थालेको छ । लकडाउनको निर्णय र सरकारका सबै कामकारबाहीलाई सबै राजनीतिक दल , नेपाली प्रेस , नागरिक समाजले अतुलनिय सहयोग गरिरहेको बेला सरकार भने केही अलोकप्रीय निर्णय गरेर आफ्नै पार्टी भित्रबाट आलोचना खेपि रहेको छ । चिन बाट आयात गरिएको स्वास्थ्य सामाग्रीमा अनियमितता भएको विषय अख्तियारमा प्रवेश गरिसकेको छ । प्रेसको प्रकासन माथि अतिक्रमण गरेर बालुवाटार स्वयं पंचायतकालिन भुमिगत गिरोहको रुप धारण गर्दै छ ।
पंचायतकालमा दरबारले आफ्नो विरुद्धको न्युज र आलोचना खप्न नसकेर पत्रकार पदम ठकुराठी माथी गोली हानी हत्याको प्रयास गरेको थियो । अहिले ठिक त्यही ढंगले बालुवाटार सचिवालयको एक आइ टि बिज्ञले एउटा संचार माध्यममा निक्लिएको भ्रस्टाचार प्रकरणमा मन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराहरु संलग्न रहेको समाचार अनलाइनको डोमिङ सिस्टम भित्र अनाधिकृत रुपले प्रवेस गरेर हटाउन लगाएको आरोप छ । यसबारे प्रधानमन्त्री केही बोलेका छैनन् । बिरामी प्रधानमन्त्रीलाई गुमराहमा राखेर सरकारलाइ कमजोर पथभ्रस्ट बनाउने खेल कसले खेल्दै छरु यो नेपालको भविष्यको लागी दुर्भाग्य हुने छ ।
सल्लाहकारहरु के गरेर बसिरहेका छन्रु नेपाल कम्युनिस्ट पार्टीले अब केही साहासिक निर्णयहरु गरेर मुलुक र जनताको पक्षमा उभिनु पर्ने यस्तो विसम परिस्थितीमा पार्टीभित्रैबाट प्रधानमन्त्री परिवर्तनको वहस सुरू हुन थालेको छ । आधुनिक नेपालको सात दशक लामो सिङ्गो राजनीति अस्थिरतामा नै वित्यो । राजनीतिको संक्रमण काल कहिल्यै सकिएन । राजनीतिक दलहरू पटक–पटक प्रजातन्त्र स्थापना गर्न सफल भए तर प्रजातन्त्रलाई स्थायित्व दिन र देशलाई नेतृत्व दिन असफल हुँदै आएका छन् । नेपाली जनताको बलमा राजनीतिक दलहरूले ०७ साल, ०४६ साल र ०६२र०६३ सालमा प्रजातन्त्रका लागि सफल क्रान्ति गरे तर तीनै क्रान्तिका संवाहक दलहरू देशको नेतृत्व लिन असफल हुँदै आए ।
निश्चय नै नेपाली राजनीतिले स्थायित्व नपाउनु र प्रजातन्त्र सुदृढ नहुनुमा विगतमा दरवारको राजनीतिक महत्वकांक्षा र हस्तक्षेप, नेपालको आन्तरिक राजनीतिमा छिमेकी एवम् मित्र राष्ट्रहरूको अवाञ्छित चासो, दवाव र हस्तक्षेप प्रमुख कारण हो । तर त्यो भन्दा पनि प्रमुख कारण भनेको आम जनताले आशाको नजरले हेरेका जनताको प्रतिनिधि संस्था राजनीतिक दल र तीनका नेताहरू मुलुकको राष्ट्रियता, देशको भूराजनीतिक संवेदनशीलता र राजनीतिको विविध पक्षलाई ध्यानमा राखेर देश र जनता प्रति इमान्दार बन्दै राजनीति नगर्नु हो ।
दलहरूले केवल सत्ता स्वार्थबाट अभिप्रेरित भएर राजनीति गरिदिंदा कोरोनाको कहरमा रहेको मुलूक आज फेरी पनी अत्यन्त संवेदनशील मोडमा आइपुगेको छ । यस्तो महामारीमा पनि कुशल नेतृत्व प्रदान गर्न नसकिरहेको कटु यथार्थ हामी सामु रहदा अबको विश्व जगत कुनै वाद र सिद्धान्तले भन्दा पनि कुशल नेतृत्वले मात्र सम्भव रहेको प्रस्ट पारेको छ ।
यो महामारीले सूचना र प्रविधिको महत्व र आवस्यकता एवम् यसको समुचित प्रयोगमा एकचोटी पुनः शंख्घोस गरिदिएको छ । हरेक निजि एवं सरकारी कार्यालय, विद्यालय, वित्तिय संस्था लगायत अन्य सम्पूर्ण कार्यालय बन्द छ । यो अवस्थामा सूचना र प्रविधिको उच्चतम प्रयोग भएको हामीले देखेका छौ । निजि तथा सरकारी कार्यालयहरुले अहिले आफ्ना कामकाजहरु प्रविधि मार्फत गरिरहेका छन् । वित्तिय संस्था बन्द हुदा सर्वासाधर्णले ए टि एम लगायत डिजिटल माध्यमको प्रयोग बढी गरिरहेका छन् ।
हालै मात्र त्रि।वि लगायत अन्य विश्वविध्यालयहरुले आफ्ना पठन(पाठन अनलाईन मार्फत गराउन तयारी थालेका छन् । सुस्त गतिको इन्टरनेट र असमान पहुचका कारण सूचना र प्रविधिको प्रयोग अहिले नेपालको लागि कति उपयोगी होला त्यो अर्को बहसको विषय बन्न सक्छ तर यतिबेला आगामी दिनमा झन् यसको महत्व बढ्ने निश्चित छ र सरकारले पनि हरेक क्षेत्रमा यसको सहज र समान पहुच पुर्याउन गृहकार्य गर्नुपर्ने पनि टट्कारो आवस्यकता रहेको देखिएको छ ।
महामारी हिजो पनि आएको थियो आजपनि आएको छ र भोलि पनि आउन सक्छ । हामीले जहिले पनि पाठ सिक्ने र केहि समय, वर्षमा बिर्सियौ भने हामी कहिले नि कुनै आपत् र विपतको सामना गर्न सक्दैनौ । सर्वप्रथम त हामी आफैले पाठ सिकी लागु गर्नुपर्दछ । ‘मेरो स्वास्थ्य तपाइँको स्वास्थ्यसंग पनि निर्भर रहन्छ’ भन्ने यथार्थ उजागर गरिदिएको छ । यसको ज्वलन्त उदाहरण हामीले हेर्दा आज वुहानको एक व्यक्तिको लापर्वाहिले गर्दा पुरै विश्व यो रोगसंग लड्न बाध्य छ । सरकारले पनि आगामी दिनमा जनताको स्वास्थ्यलाई नै मुलधारमा राखी बजेट कार्यक्रम तय गर्नु पर्दछ ।
हामी लक्डाउनमा बसिरहेको यो अवस्थामा आफैपनि सक्रिय रहेर सृजनात्मक कामहरु गर्नु अपरिहार्य छ । यो अवस्थाबाट हामीले ढिलो चाडो त अवस्य पार पाउनेनै छौ तर हाम्रो आफ्नै सोच र व्यवहारलाई भने आजै बाट सुधार गर्दै जानु आवस्यक छ । हामीले यो कुरा भुल्नु भएन कि आइज्याक न्युटन् लण्डनको महा प्लेगका कारण लक्डाउनमा थिए र फुर्सदमा बगैचामा बस्दा उनको टाउकोमा स्याउ खस्यो र त्यसको अनुसन्धान गर्दा गर्दै उनले गुरुत्वाकर्सनको नियम पत्ता लगाएका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस