कास्की , वैशाख | । पोखरा महानगरपालिकाले लकडाउनको समयमा विद्यालयहरुले सञ्चालन गरेको अनलाइन कक्षा बन्द गर्न निर्देशन दिएको छ ।
महानगरको शैक्षिक प्रशासन महाशाखाले बिहिवार एक पत्र लेख्दै विद्यालयहरुले आफुखुसी सञ्चालन गरेका त्यस्ता अनलाइन कक्षा तत्काल बन्द गर्न निर्देशन दिएको हो ।
संस्थागत विद्यालयहरुले अनुमति र पूर्वाधारबिनै अनलाइन कक्षा सञ्चालन गरेका, यसले समाजमा थप विकृती निम्त्याएको, यसको पहुँचमा नरहेका विद्यार्थी तथा अविभावकहरुलाई मानसिक दवाब परेको उजुरीका आधारमा महाशाखाले त्यस्तो निर्देशन जारी गरेको जनाइएको छ ।
महाशाखाका उपसचिव गंगाबहादुर गुरुङ द्वारा जारी निर्देशनमा विद्यालयहरुले सञ्चालन गरेका अनलाइन कक्षाहरु तुरुन्त बन्द गर्न र महानगरको अनुमति विना अनलाइन कक्षाहरु सञ्चालन नगर्न भनिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस