चितवन, वैशाख | साथीहरुसँग मिलेर नारायणी नदीमा पौडी खेल्दा गैडाकोट १० की ७ वर्षीय वालिका वेपत्ता भएकी छन् । गर्मीको समय पौडी खेल्ने र माछा मार्न रमाउनेहरु अव भने सचेत हुन जरुरी देखिएको छ । यस अघि पनि गैडाकोट १२ का एक जना पुरुष माछा मार्ने क्रममा वेपत्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार हिजो दिउसो २ बजेको समयमा साथीहरुसँग पौडी खेल्दै गरेकी गैडाकोट १० बस्ने भबिसरा अस्लामी मगर की छोरी ७ वर्षीय जुना अस्लामी मगर वेपत्ता हुनुभएको हो ।
बेपत्ता बालवालिको खोजी कार्य जारी रहेको तर हाल सम्म फेला नपरेको र आवश्यक अनुसन्धान कार्य भईरहेको सुचना अधिकृत प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभयो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस