• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ८, बिहिबार  | Thu, 22, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

संसदीय दलमा रस्साकसी, ओलीलाई १० सांसद नपुग्ने

May 1, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : २० मिनेट
संसदीय दलमा रस्साकसी, ओलीलाई १० सांसद नपुग्ने

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

काठमाडौं । नेकपाभित्रको रस्साकसी सघन छलफलसँगै संसदीय दलको जोड-घटाऊसम्म आइपुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरुले दुईवटा रणनीति अख्तियार गरेका छन् : एक- माधव नेपाल पक्षलाई फकाउने, दुई- संसदीय दलमा एक्लै बहुमत पुर्‍याउन जोड गर्ने । यसका लागि ओलीलाई करिब १० सांसदको कमी छ ।

केपी ओलीसँग बिष्णु पौडेल रहँदासम्म उनको यो संख्या हो । प्रदेश नम्बर ५ का केही सांसदहरु विष्णु पौडेल जता जान्छन्, उनकै पक्षमा जानेखालका छन् । छविलाल विश्वकर्मा, दलबहादुर रानाहरुमात्र होइन, हृदयेश त्रिपाठी र बृजेश गुप्ताहरु पनि पौडेलसँग निकट छन् ।

प्रचण्ड र माधव नेपाल पक्ष आपसमा मिलेका कारण पार्टीका सबै निकायमा केपी शर्मा ओलीले बहुमत गुमाएका छन् । सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी कहीँ पनि ओली पक्षको बहुमत छैन । तर, प्रतिनिधिसभा संसदीय दलमा भने ओलीको पक्षमा ४० प्रतिशत भन्दा बढी झण्डै ४५ प्रतिशत सांसदहरु देखिएका छन् ।

गत माघमा आयोजित बैठकताका निकालिएको पार्टीभित्रको हिसाबअनुसार नेकपाका ४३७ केन्द्रीय सदस्यमध्ये केपी ओलीको पक्षमा ३२ प्रतिशत अर्थात १४० सदस्य छन् ।

संसदीय दलको शक्ति सन्तुलन

२७५ सदस्यीय प्रतिनिधिसभामा सरकार टिकाउने बहुमतका लागि १३८ जना सांसद चाहिन्छ । अहिले नेकपासँग अत्यधिक बहुमत अर्थात, कुल १७४ सांसद छन् । यीमध्ये पूर्वएमालेबाट १२१ र पूर्वमाओवादीबाट ५३ जना सांसद प्रतिनिधिसभामा छन् ।

प्रतिनिधिसभामा पूर्वएमालेबाट प्रत्यक्षतर्फ ८० र समानुपातिकतर्फ ४१ सांसद छन् भने पूर्वमाओवादीबाट प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ सांसद छन् । पूर्वएमालेका १२१ मध्ये ओली समूहका ७८ जना छन् भने माधव नेपाल समूहका ४३ सांसद छन् ।

यो हिसाबमा फेरबदल आएन भने नेकपाको संसदीय दलमा बहुमत नगुमाउन र दलको नेताबाट हटाउने योजना असफल पार्न केपी ओलीलाई थप १० सांसद आवश्यक पर्ने देखिन्छ ।

पूर्वमाओवादीका सबै प्रचण्डकै नेतृत्वमा रहँदा उनीसँग ५३ सांसद रहनेछन् । यो अवस्थामा माधव नेपाल, झलनाथ र वामदेव पक्षका बाँकी सांसद एकै ठाउँमा उभिँदा दलको नेताबाट ओलीलाई हटाउन संख्या पुग्छ ।

तर, यो संख्या एक दर्जन हाराहारीमात्रै हुने भएकाले १० जनालाई आफूतिर तान्न सकिने विश्वासमा ओली खेमाका नेताहरु देखिन्छन् ।

राजनीतिक चलखेल हुँदै जाँदा केही संख्या यताउति हुन सक्ने सम्भावना पनि छ । किनभने, कतिपय सांसदहरुले अहिले नै कित्ता परिवर्तनका लागि दौडधूप थालिसकेका छन् । यो अवस्थामा सांसदहरुको किनबेच र प्रलोभनका खेलहरु पनि नहोलान् भन्न सकिँदैन ।

केपी ओली पक्षका नेताहरुले १०/१२ जना सांसदलाई आफूतिर तानेर संसदीय दलमा एक्लै बहुमत बनाउन सकिने दाबी गरिरहेका छन् । उता प्रचण्ड र माधव नेपाल पक्षका नेताहरु चाहिँ संसदीय दलमा ओलीले बहुमत गुमाइसकेकोमा ढुक्क देखिएका छन् ।

यदि राजतीति तहमा कुरो मिल्यो भने नेकपाको अन्तरविरोध गणितीय चरणमा प्रवेश नगरी टर्न सक्छ । तर, यसका लागि माधव नेपाल पक्षको माग अनुसार ओलीले प्रधानमन्त्री वा अध्यक्ष दुईमध्ये एउटा पद गुमाउनुपर्ने हुन सक्छ । अझ योभन्दा परसम्म विवाद चर्कियो र स्थायी कमिटीको बैठकको सामना गर्नुपर्‍यो भने ओलीले दुवै पद गुमाउनुपर्ने सम्भावना पनि उत्तिकै रहेको माधव नेपाल पक्षका नेताहरुको विश्लेषण छ ।

पार्टी विभाजनको अवस्थामा नपुग्दासम्म नेकपाका कतिपय सांसदहरु आफ्नो कित्ता प्रष्ट पार्न पनि चाहँदैनन् । पार्टी विभाजनको तहमा पुग्दा मात्रै उनीहरुको कित्ता प्रष्ट हुने नेताहरु बताउँछन् ।

माधव नेपाल र ओली पक्षमा सहमति जुटेन भने विभाजनको खेल पनि नहोला भन्न सकिँदैन । त्यसबेला अहिलेको शक्ति सन्तुलन फेरिन पनि सक्छ ।

अब कुन समूहमा को-को सांसद छन् भन्ने चर्चा गरौं ।

तलको सूचीमा पूर्वएमाले पक्षका कतिपय सांसदको कित्ता विगतको पक्षधरताका आधारमा राखिए पनि यसबीचमा केही सांसदको गुट फेरबदल हुन सक्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिँदैन ।

ओली पक्षका सांसद (७८ जना)

केपी शर्मा ओली, सुवासचन्द्र नेम्वाङ, वसन्तकुमार नेम्वाङ, लालप्रसाद साँवा, राजेन्द्र गौतम, राजेन्द्र राई, घनश्याम खतिवडा, भानुभक्त ढकाल, विशाल भट्टराई, लीलानाथ श्रेष्ठ, रघुवीर महासेठ, पार्वत गुरुङ, भूमिप्रसाद त्रिपाठी, खेमप्रसाद लोहनी, कृष्णबहादुर राई, ईश्वर पोखरेल, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, नवराज सिलवाल, गोकुल बाँस्कोटा, कृष्णप्रसाद दाहाल, पोल्देन छोपाङ गुरुङ, खगराज अधिकारी, विद्या भट्टराई, जगतबहादुर सुनार, कृष्णकुमार श्रेष्ठ, केदार सिग्देल, नारायणप्रसाद मरासिनी, पद्माकुमारी अर्याल, तिलकबहादुर महत, प्रेमप्रसाद तुलाचन, भुपेन्द्रबहादुर थापा, सूर्यप्रसाद पाठक, पदम गिरी, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, दलबहादुर राना, विष्णु पौडेल, वृजेसकुमार गुप्ता, नन्दलाल रोका क्षेत्री, हृदयेश त्रिपाठी, रवीन्द्रराज शर्मा, नवराज राउत, लालबहादुर थापा, प्रेमबहादुर आले, नारदमुनि राना, गणेशसिंह ठगुन्ना, दामोदर भण्डारी, नरबहादुर धामी, भैरवहादुर सिंह । विजय सुब्बा, मोहन बानियाँ, मोतिलाल दुगड, थममाया थापा, डा.शिवमाया तुम्बाहाङ्फे, सुजिता शाक्य, बिना श्रेष्ठ, नविना लामा, शान्तिमाया पाख्रिन, कुमारी मेचे, बिनादेवी बुढाथोकी मगर, राधाकुमारी ज्ञवाली, बिन्दा पाण्डे, गोमा देवकोटा, निरुदेवी पाल, मनकुमारी जिसी, विष्णु शर्मा, सरिता न्यौपाने, मैनाकुमारी भण्डारी, तीर्था गौतम, शान्ता चौधरी, गंगा चौधरी (सत्गौवा), बिमला विश्वकर्मा, आशाकुमारी विक, जुलीकुमारी महतो रेखाकुमारी झा, सरिताकुमारी गिरी, सानु शिवा ।

माधव नेपाल पक्षका सांसदहरु (४३ जना)

झलनाथ खनाल, माधवकुमार नेपाल, योगेश भट्टराई, पवित्रा निरौला, भवानी खापुङ, लालबाबु पण्डित, जयकुमार राई, यज्ञराज सुनुवार, गणेशकुमार पहाडी नारायणप्रसाद खतिवडा, रामवीर मानन्धर, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, शेरबहादुर तामाङ, विरोध खतिवडा, सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डेय, घनश्याम भुसाल, मेटमणि चौधरी, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, राजबहादुर बुढा क्षेत्री, ध्रुवकुमार शाही, भीम रावल, यज्ञबहादुर बोगटी, झपट रावल, दीपकप्रकाश भट्ट, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, तुल्सी थापा, कल्याणीकुमारी खड्का, मायादेवी न्यौपाने, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु विमलाकुमारी विश्वकर्मा, पार्वतीकुमारी बिसुंखे, डा. पुष्पा कुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, कालिला खान, समिना हुसेन ।

प्रचण्ड पक्षका सांसदहरु (५३ जना)

पुष्पकमल दाहाल प्रचण्ड, राम कार्की, सुदन किराती, अमनलाल मोदी, शिवकुमार मण्डल, हेमकुमार राई, सुरेशकुमार राई, सुरेशचन्द्र दास, मात्रिका यादव, गिरिराजमणि पोखरेल, रामेश्वर राय यादव, प्रभु साह, श्यामकुमार श्रेष्ठ, हरिबोल गजुरेल, हितबहादुर तामाङ, पम्फा भुसाल, गंगाबहादुर तामाङ, हरिराज अधिकारी, देव गुरुङ, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी, चक्रपाणि खनाल, कमला रोका, वर्षमान पुन, कृष्णबहादुर महरा, महेश्वरजंग गहतराज, सन्तकुमार थारु, टेकहादुर बस्नेत, गजेन्द्रबहादुर महत, दुर्गबहादुर रावत, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, गौरीशंकर चौधरी, लेखराज भट्ट, बीना मगर, हितराज पाण्डे, पूर्णकुमारी सुवेदी, रेखा शर्मा, धर्मशीला चापागाइँ, सीता पोखरेल, सत्या पहाडी, इन्दु शर्मा, वोधमाया यादव, अन्जना विशुंखे, दुर्गा विक, जयपुरी घर्ती, शशी श्रेष्ठ, ओनसरी घर्ती, यशोदा, सुवेदी, अमृता थापा, रामकुमारी चौधरी, शेखतारा चाँद ।@अनलाइन खबर

बाट थप

  • यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने
  • मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
  • अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक
  • प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    चितवनका तीनवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ६५ जनाले मनोनयन दर्ता

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    समाचार
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑