१९ बैशाख चितवन। नेपाल तरुण दल चितवनले भरतपुर कोरोना बिशेष अस्थाई अस्पतालमा भएको चोरी र अनियमीतताको बिरोधमा प्रदर्शन गरेको छ । आज बिहान भरतपुरको चौबिसकोठीमा दलले बिरोध प्रदर्शन गरेको हो ।सामाजिक दुरी कायम गर्दै तरुण दल चितवनले भष्ट्राचारीलाई कारवाही गर, कानुनी राज्यको पालना गर, सांसद अपहरणकारीलाई कारवाही गर लगाएतका प्ले कार्ड सहित बिरोध प्रदर्शन गरेका हुन ।भरतपुर कोरोना अस्पतालमा भएको चोरी र पूर्ब स्वास्थ्यमन्त्री डा सुरेन्द्र यादबलाई अपहरण शैलीमा काठमाडौं लगिएको घटना प्रति बिरोध गर्दै प्रदर्शन गरेको तरुण दल चितवनका सचिब प्रल्लाद उप्रतीले जानकारी दिनुभयो ।
बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस चितवनका सचिब उत्तम जोशीले राज्यको निरीहपनको फाईदा उठाउन खोजिएको भन्दै सरकारले भ्रष्ट कर्मचारी र संसद अपहरण गर्नेलाई कारवाही गरेर जनतालाई कानुनी राज्यको अनुभुति गराउन माग गर्नुभयो ।कांग्रेस चितवनका अर्का सचिव राजीव न्यौपानेले संकटको समयमा समेत जनतालाई निरास बनाउने काम सरकारबाट हुने गरेको भन्दै यस्ता कदम रोक्न आग्रह गर्नु भयो । सरकारले जनतालाई कानुनी राज्यको महशुश गराउन नसकेको उहाँको आरोप थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस