• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

ओली पक्षमा सांसदहरु खुलेआम ‘लबिङ’मा, अहिलेसम्म ६२ जनाले गरे हस्ताक्षर

April 29, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
ओली पक्षमा सांसदहरु खुलेआम ‘लबिङ’मा, अहिलेसम्म ६२ जनाले गरे हस्ताक्षर


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

काठमाडौँ– विगत एक सातायता दुई स्पष्ट ध्रुबमा विभक्त नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा सांसदहरु खुलेरै हस्ताक्षर अभियानमा उत्रिएका छन्।

प्रतिनिधिसभामा नेकपाका १ सय ७४ मध्ये ६२ जना सांसदहरुले बुधबार अपराह्नसम्म ओली सरकारको निरन्तरताका पक्षमा हस्ताक्षर गरिसकेका छन्।

साथै उनीहरुको ‘लविङ’ले पनि तिब्रता पाएकाे छ। तर ओलीलाई सरकारबाट हटाउने अहिले उपयुक्त बेला नभएको दाबी गरेका माओवादी पृष्ठभूमिका नेता एवं आपूर्तिमन्त्री लेखराज भट्टले भने त्यसमा हस्ताक्षर नगरेको बुझिएको छ।

पार्टी र सरकार दुवै प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको निष्कर्ष निकाल्दै ओलीको बहिर्गमनका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल समूहले हस्ताक्षर अभियान चलाएको भन्दै ओली पक्षका सांसदहरुले त्यसलाई रोक्न हस्ताक्षरसँगै ‘लविङ’ तीव्र पारेका हुन्।

प्रधानमन्त्री ओलीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेकी सांसद निरुदेवी पालले वर्तमान सरकारका पक्षमा पार्टीभित्र आरामले बहुमत पुगिसकेको ठोकुवा गरिन्।

उनले देशसञ्चारसँग भनिन्, ‘वर्तमान सरकारले विगतका सरकारको तुलनामा सबैभन्दा उत्कृष्ट काम गरेको छ। यस्तो सरकारलाई हटाउने कल्पना गर्नु सबैभन्दा घातक हो। उहाँको पक्षमा एक सयभन्दा बढी सांसद उभिसकेका छन्।’

त्योसँगै सांसद पालले पूर्वमाओवादी पृष्ठभूमिका नेकपाका नेताहरुले समेत स्वतस्फूर्त रुपमा प्रधानमन्त्री ओलीको पक्षमा उभिने प्रतिवद्धता जनाइसकेको बताइन्।

उनले भनिन, ‘हामीलाई प्रधानमन्त्रीले बोलाउनु भएको होइन। लामो संघर्षपछि जन्मिएको सबैभन्दा ठूलो पार्टीलाई सरकार चलाउने अवसर प्राप्त भएको छ। राजनीतिक स्थिरता बल्ल सुरु भएको छ। यस्तो बेला सरकार बदल्ने अभियान चलेपछि हाम्रो मन मानेन। त्यही भएर हामी आफैँ बालुवाटार पुगेर प्रधानमन्त्रीलाई हौसला बढाएको हो।’

सांसद पालकाअनुसार प्रधानमन्त्री ओलीसँग समूह–समूहमा एक पटकमा कम्तिमा २५ जना सांसदहरुले तीन दिनयता निरन्तर छलफल गरिरहेका छन्। प्रधानमन्त्री ओली पक्षका सांसद खगराज अधिकारीले प्रधानमन्त्री ओलीलाई हटाउने खेल सुरु भएको भन्ने अप्रिय कुरा भएको र त्यो जनताले सुन्न नचाहने बताए।

बुधबार प्रधानमन्त्री ओलीलाई भेटेका उनले भने, ‘सांसद तानातान गर्नै पर्दैन। सरकारको निरन्तरताको पक्षमा हाम्रो संसदीय दलमा बहुमत छ भन्नेमा हामीलाई पूर्ण विश्वास छ।’

सांसद अधिकारीले प्रधानमन्त्री ओलीले शान्ति, स्थिरता र जनताको विकास चाहेको र त्यसमा आफू पनि सहमत भएको बताए।

बुधबार नै प्रधानमन्त्री ओलीलाई भेटेका अर्का सांसद कृष्ण राईले प्रधानमन्त्री अल्पमतमा हाेइन बहुमतमा भएको बताए।

उनले भने, ‘देश यस्तो गम्भीर मोडमा फसिररहेका बेला प्रधामन्त्री हटाउने भन्ने खेल सुरु भएको छ। तर उहाँ अल्पमतमा हैन बहुमतमा हुनुहुन्छ। त्यो देखाउन हामीले हस्ताक्षर अभियान नै थालिसकेका छौँ। जित सत्यको हुन्छ।’

ओली पक्षका सांसदहरु पाँच वर्षका लागि सरकार चलाउने अनुमति जनताबाट पाइसकेको अवस्थामा सरकारलाई संकटमा पार्न नदिने भन्दै उनीहरु ओलीको रक्षक बनेका हुन्।

संसदमा हाल नेकपाका १ सय ७४ जना सांसद छन्। उनीहरुमध्ये पूर्वएमालेका एक सय २१ जना सांसद छन् भने पूर्वमाओवादीका ५३ जना सांसद छन्।

ओली पक्षले पूर्वएमालेका सांसदमध्ये आफ्नो पक्षमा ७८ जना सांसद रहेको र पूर्वमाओवादीबाट बहुमत पुर्‍याउन १० हैन २० जना सांसद आफ्नो पक्षमा उभिसकेको दाबी गरेका छन्।

यता राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने माओवादी पृष्ठभूमिका नेता दिनानाथ शर्माले सरकार हटाउने र राख्ने विषयलाई लिएर सांसदलाई फकाउने वा उनीहरुले ‘लविङ’लाई निरन्तरता दिए पार्टी नै विभाजित हुने चेतावनी दिएका छन्।

प्रधानमन्त्रीले बोलाएपछि नेता शर्मा पनि सोमबार बालुवाटार पुगेका थिए। शर्माका अनुसार उनीसँग प्रधानमन्त्री ओलीले भनेका थिए, ‘साथीहरुले मलाई निषेध गर्न खोजे, स्थायीदेखि केन्द्रीय कमिटी र संसदमा समेत बहुमत बनाएर मलाई हटाउन खोजे। म के गरुँ?’

अध्यादेश प्रकरणसँगै ओलीले सरकार र पार्टीको नेतृत्व गर्न नसक्ने र उनी आफैले कुनै न कुनै निकाश दिनुपर्ने माग प्रचण्ड–नेपाल– झलनाथ खनाल समूहको छ भने ओली पक्षले कमि कमजोरी सुधार गरेर यही सरकारलाई निरन्तरता दिनुपर्ने अडान लिएको छ।

यता पूर्वसभामुख कृष्णबहादुर महराले वर्तमान जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनुपर्नेमा विवाद देखिनुले राम्रो सन्देश नजाने र दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडि बढ्न अपिल गरेका छन्।

बाट थप

  • मौसम मुख्यतया सफा रहनेमौसम मुख्यतया सफा रहने
  • एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्तएनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त
  • गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउगत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ
  • आज अमेरिकी डलरको भाउ बढ्योआज अमेरिकी डलरको भाउ बढ्यो
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑