• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ बैशाख ३०, मंगलबार | Tue, 13, May, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

ओली पक्षमा सांसदहरु खुलेआम ‘लबिङ’मा, अहिलेसम्म ६२ जनाले गरे हस्ताक्षर

२०७७ बैशाख १७, बुधबार मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
ओली पक्षमा सांसदहरु खुलेआम ‘लबिङ’मा, अहिलेसम्म ६२ जनाले गरे हस्ताक्षर


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

काठमाडौँ– विगत एक सातायता दुई स्पष्ट ध्रुबमा विभक्त नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा सांसदहरु खुलेरै हस्ताक्षर अभियानमा उत्रिएका छन्।

प्रतिनिधिसभामा नेकपाका १ सय ७४ मध्ये ६२ जना सांसदहरुले बुधबार अपराह्नसम्म ओली सरकारको निरन्तरताका पक्षमा हस्ताक्षर गरिसकेका छन्।

साथै उनीहरुको ‘लविङ’ले पनि तिब्रता पाएकाे छ। तर ओलीलाई सरकारबाट हटाउने अहिले उपयुक्त बेला नभएको दाबी गरेका माओवादी पृष्ठभूमिका नेता एवं आपूर्तिमन्त्री लेखराज भट्टले भने त्यसमा हस्ताक्षर नगरेको बुझिएको छ।

पार्टी र सरकार दुवै प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको निष्कर्ष निकाल्दै ओलीको बहिर्गमनका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल समूहले हस्ताक्षर अभियान चलाएको भन्दै ओली पक्षका सांसदहरुले त्यसलाई रोक्न हस्ताक्षरसँगै ‘लविङ’ तीव्र पारेका हुन्।

प्रधानमन्त्री ओलीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेकी सांसद निरुदेवी पालले वर्तमान सरकारका पक्षमा पार्टीभित्र आरामले बहुमत पुगिसकेको ठोकुवा गरिन्।

उनले देशसञ्चारसँग भनिन्, ‘वर्तमान सरकारले विगतका सरकारको तुलनामा सबैभन्दा उत्कृष्ट काम गरेको छ। यस्तो सरकारलाई हटाउने कल्पना गर्नु सबैभन्दा घातक हो। उहाँको पक्षमा एक सयभन्दा बढी सांसद उभिसकेका छन्।’

त्योसँगै सांसद पालले पूर्वमाओवादी पृष्ठभूमिका नेकपाका नेताहरुले समेत स्वतस्फूर्त रुपमा प्रधानमन्त्री ओलीको पक्षमा उभिने प्रतिवद्धता जनाइसकेको बताइन्।

उनले भनिन, ‘हामीलाई प्रधानमन्त्रीले बोलाउनु भएको होइन। लामो संघर्षपछि जन्मिएको सबैभन्दा ठूलो पार्टीलाई सरकार चलाउने अवसर प्राप्त भएको छ। राजनीतिक स्थिरता बल्ल सुरु भएको छ। यस्तो बेला सरकार बदल्ने अभियान चलेपछि हाम्रो मन मानेन। त्यही भएर हामी आफैँ बालुवाटार पुगेर प्रधानमन्त्रीलाई हौसला बढाएको हो।’

सांसद पालकाअनुसार प्रधानमन्त्री ओलीसँग समूह–समूहमा एक पटकमा कम्तिमा २५ जना सांसदहरुले तीन दिनयता निरन्तर छलफल गरिरहेका छन्। प्रधानमन्त्री ओली पक्षका सांसद खगराज अधिकारीले प्रधानमन्त्री ओलीलाई हटाउने खेल सुरु भएको भन्ने अप्रिय कुरा भएको र त्यो जनताले सुन्न नचाहने बताए।

बुधबार प्रधानमन्त्री ओलीलाई भेटेका उनले भने, ‘सांसद तानातान गर्नै पर्दैन। सरकारको निरन्तरताको पक्षमा हाम्रो संसदीय दलमा बहुमत छ भन्नेमा हामीलाई पूर्ण विश्वास छ।’

सांसद अधिकारीले प्रधानमन्त्री ओलीले शान्ति, स्थिरता र जनताको विकास चाहेको र त्यसमा आफू पनि सहमत भएको बताए।

बुधबार नै प्रधानमन्त्री ओलीलाई भेटेका अर्का सांसद कृष्ण राईले प्रधानमन्त्री अल्पमतमा हाेइन बहुमतमा भएको बताए।

उनले भने, ‘देश यस्तो गम्भीर मोडमा फसिररहेका बेला प्रधामन्त्री हटाउने भन्ने खेल सुरु भएको छ। तर उहाँ अल्पमतमा हैन बहुमतमा हुनुहुन्छ। त्यो देखाउन हामीले हस्ताक्षर अभियान नै थालिसकेका छौँ। जित सत्यको हुन्छ।’

ओली पक्षका सांसदहरु पाँच वर्षका लागि सरकार चलाउने अनुमति जनताबाट पाइसकेको अवस्थामा सरकारलाई संकटमा पार्न नदिने भन्दै उनीहरु ओलीको रक्षक बनेका हुन्।

संसदमा हाल नेकपाका १ सय ७४ जना सांसद छन्। उनीहरुमध्ये पूर्वएमालेका एक सय २१ जना सांसद छन् भने पूर्वमाओवादीका ५३ जना सांसद छन्।

ओली पक्षले पूर्वएमालेका सांसदमध्ये आफ्नो पक्षमा ७८ जना सांसद रहेको र पूर्वमाओवादीबाट बहुमत पुर्‍याउन १० हैन २० जना सांसद आफ्नो पक्षमा उभिसकेको दाबी गरेका छन्।

यता राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने माओवादी पृष्ठभूमिका नेता दिनानाथ शर्माले सरकार हटाउने र राख्ने विषयलाई लिएर सांसदलाई फकाउने वा उनीहरुले ‘लविङ’लाई निरन्तरता दिए पार्टी नै विभाजित हुने चेतावनी दिएका छन्।

प्रधानमन्त्रीले बोलाएपछि नेता शर्मा पनि सोमबार बालुवाटार पुगेका थिए। शर्माका अनुसार उनीसँग प्रधानमन्त्री ओलीले भनेका थिए, ‘साथीहरुले मलाई निषेध गर्न खोजे, स्थायीदेखि केन्द्रीय कमिटी र संसदमा समेत बहुमत बनाएर मलाई हटाउन खोजे। म के गरुँ?’

अध्यादेश प्रकरणसँगै ओलीले सरकार र पार्टीको नेतृत्व गर्न नसक्ने र उनी आफैले कुनै न कुनै निकाश दिनुपर्ने माग प्रचण्ड–नेपाल– झलनाथ खनाल समूहको छ भने ओली पक्षले कमि कमजोरी सुधार गरेर यही सरकारलाई निरन्तरता दिनुपर्ने अडान लिएको छ।

यता पूर्वसभामुख कृष्णबहादुर महराले वर्तमान जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनुपर्नेमा विवाद देखिनुले राम्रो सन्देश नजाने र दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडि बढ्न अपिल गरेका छन्।

बाट थप

  • ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्नेट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने
  • अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमतअमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत
  • लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)
  • विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यासविराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

    ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

    अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत

    अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत

    लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)

    लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)

    विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    डिएसपी गोदार र इन्सपेक्टर राई नागरिक अभिनन्दनसहित सम्मानित

    डिएसपी गोदार र इन्सपेक्टर राई नागरिक अभिनन्दनसहित सम्मानित

    प्रधानमन्त्री ओली लुम्बिनीमा (फोटोफिचर)

    प्रधानमन्त्री ओली लुम्बिनीमा (फोटोफिचर)

    कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

    कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

    अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्बजनिक गरिने

    अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्बजनिक गरिने

    प्रधानमन्त्री कर्णालीको मार्सी चामाल चाखेको कुरा गर्दा संसदमा हाँसो

    प्रधानमन्त्री कर्णालीको मार्सी चामाल चाखेको कुरा गर्दा संसदमा हाँसो

    यस्ताे छ, प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ (पुर्णपाठसहित)

    यस्ताे छ, प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ (पुर्णपाठसहित)

    सरकारको प्रगतिको तथ्यांक राख्दै एमाले महासचिवले पोखे प्रचण्डसँग आक्रोश

    सरकारको प्रगतिको तथ्यांक राख्दै एमाले महासचिवले पोखे प्रचण्डसँग आक्रोश

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    बागमती प्रदेशमा बुधबार सार्वजनिक बिदा

    बागमती प्रदेशमा बुधबार सार्वजनिक बिदा

    नेकपा (एमाले) भरतपुर महानगरपालिका वडा नं. १४ को वडा कमिटी अधिवेशन सम्पन्न, जनार्दन अधिकारी अध्यक्षमा सर्वसम्मत

    नेकपा (एमाले) भरतपुर महानगरपालिका वडा नं. १४ को वडा कमिटी अधिवेशन सम्पन्न, जनार्दन अधिकारी अध्यक्षमा सर्वसम्मत

    एकैदिन ३६ सय बढयो सुनको मुल्य

    एकैदिन ३६ सय बढयो सुनको मुल्य

    त्रिबीको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजवाट अनलाइनवाट लिन सकिने

    त्रिबीको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजवाट अनलाइनवाट लिन सकिने

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    सरकार फेरबदल हल्ला मात्रः काग्रेस सभापति

    सरकार फेरबदल हल्ला मात्रः काग्रेस सभापति

    पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओली, शहरी विकास मन्त्री सिंह र महानगर प्रमुख दाहाल द्वारा संयुक्त रुपमा उद्घाटन

    पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओली, शहरी विकास मन्त्री सिंह र महानगर प्रमुख दाहाल द्वारा संयुक्त रुपमा उद्घाटन

    आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

    आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

    चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री

    चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री

    समाचार
    ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

    ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

    अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत

    अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत

    लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)

    लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)

    विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    डिएसपी गोदार र इन्सपेक्टर राई नागरिक अभिनन्दनसहित सम्मानित

    डिएसपी गोदार र इन्सपेक्टर राई नागरिक अभिनन्दनसहित सम्मानित

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑