भरतपुर, १६ वैशाख| भरतपुर महानगरपालिकाभित्रका सम्पूर्ण संस्थागत र सामुदायिक विद्यालयहरूको कक्षा ८ को नतिजा सार्वजनिक भएको छ ।
परिक्षामा कुल ६ हजार दुई सय २८ विद्यार्थी उत्तीर्ण भएका छन् । यो कुल उत्तीर्ण संख्याको ९३.९१% हो । सामुदायिक तर्फ २ हजार सात सय ३७ र संस्थागततर्फ ३ हजार चार सय एकानब्बे विद्यार्थी उत्तीर्ण भए । कुल उत्तीर्णमा सामुदायिकतर्फ ८७.९५% तथा संस्थागततर्फ ९९.१८% हुन आउँछ । परिक्षामा सामुदायिक तर्फका ३४० तथा संस्थागत तर्फका १७ गरि कुल ३५७ जना विद्यार्थी अनुत्तीर्ण छन् । उनीहरूले लकडाउन खुले लगत्तै आफ्नै विद्यालयबाट पुरक परिक्षा दिन पाउने उल्लेख गरिएको छ ।
परिक्षामा कुल ६ हजार पाँच सय ८५ परिक्षार्थी सहभागी थिए । परिक्षामा सहभागी हुनका लागि ७२ वटा सामुदायिक विद्यालयका तीन हजार एक सय १२ तथा ८५ वटा संस्थागत विद्यालयका तीन हजार पाँच सय २० गरि कुल ६ हजार ६ सय बत्तिस विद्यार्थीले फारम भरेका थिए । जसमध्ये ४७ जना विद्यार्थी परिक्षामा सहभागी थिएनन् ।
महाशाखाले सार्वजनिक गरेको नतिजा भरतपुर महानगरपालिकाको वेबसाइट मार्फत हेर्न सकिने छ । विद्यालयले आफ्नो नतिजा आफ्नै वेबसाइटबाट सार्वजनिक गर्नुका साथै विद्यालयको नामका सामाजिक संजालका एकाउन्ट, पेज तथा इमो, भाइबर, एसएमएस लगायतका अनलाइन प्रविधिमार्फत आफ्ना विद्यार्थीलाई जानकारी गराउनेछन् ।
विद्यार्थीले सोझै आफ्नो नतिजा भरतपुर महानगरपालिकाको वेबसाइटबाट पनि हेर्न सकिने व्यवस्था छ । आफ्नो सिम्बोल नम्बर टाइप गरेर सबमिट गरेपछि नतिजा हेर्ने मिल्ने बनाइएको नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलले कायकैरनलाई बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस