काठमाडौँ – लकडाउनमा कडाई गर्न निर्देशनसहित गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ । गृहले सुरक्षा निकायसहित स्थानीय प्रशासनलाई लकडाउन कडा पार्न निर्देशन दिएको हो ।
लकडाउनका कारण अलपत्र परेकाहरुलाई विभिन्न जिल्लाका नागरिकलाई स्थानीय तहकै पहलमै पछिल्लो गाउँ लैजाने गरिएको थियो ।
स्थानीय तहले गाडी काठमाडौँ पठाउन थालेपछि सवारी चाप बढेको थियो । तर गृह प्रशासनले लकडाउनलाई कडाइ गर्न निर्देशन दिएको हो ।
गृह मन्त्रालयले सोमबार सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै सवारी पास बिनाका कुनै पनि सवारी साधानलाई आवतजावत गर्न नदिन निर्देशन दिएको हो । अत्यावश्यक बाहेकका सेवाका लागि पास अनिर्वाय गर्न भनिएको हो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस