प्रसिद्ध धार्मिकस्थल मनकामनाका मुख्य पुजारी इन्सान थापाले दुई थान बन्दूक प्रहरीलाई बुझाएका छन् ।
आइतबार जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएर एकथान टुवेलवोरको राइफल र एकथान भरुवा बन्दूक बुझाएका एसपी ओम अधिकारीले जानकारी दिए ।
हतियार बुझाउन सम्झाइबुझाइ गरेपछि पुजारीले जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाएको एसपी अधिकारीले बताए । ‘तीनवटै हतियारको लाइसेन्स छ तर हामीले उहाँलाई हतियार आवश्यकता नपर्ने भन्दै कन्भिन्स गरेपछि बुझाउनु भयो’, उनले भने, ‘पहिल्यै जफत गरेको टुटु राइफल पनि सुरक्षित राखिदिन हामीलाई नै अनुरोध गर्नुभएको छ । त्यो पनि हामीसंगै हुनेछ ।’
हस्तान्तरण गरिएको दुई हतियारको लाइसेन्स क्यान्सिल भइसकेको एसपी अधिकारीले बताए ।
गत बैशाख छ गते शिकार खेल्दै जाँदा उनलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । इजाजत भएको हतियार भएकाले प्रहरीले हतियार नियन्त्रणमा लिएर उनलाई छाडेको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस