• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २९, सोमबार  | Sun, 14, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट ओलीको राजीनामा: दाहाल-नेपालको वटमलाइन

April 27, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट ओलीको राजीनामा: दाहाल-नेपालको वटमलाइन

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

काठमाडौं । दुई दिनयता बालुवाटारदेखि कोटेश्वर र कोटेश्वरदेखि खुमलटारको चक्कर लगाएका नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आइतवार साँझ सामाजिक सञ्जालमा लेखे ‘पार्टी एकता जोगाउन, विश्वास र सहकार्यको वातावरण तयार गरौ । आपसी कटाक्ष र टिप्पणी वन्द गरौ। मिले जितिन्छ, झगडाले नासिन्छ, गंभीर बनौ।’

नेता पोखरेलको टिप्पनीले स्पष्टै थाहा हुन्छ पछिल्लो समय नेकपाभित्र गम्भीर संकट पैदा भएको छ । पार्टीका शीर्ष नेताहरुबीच जुहारी मात्र चलेको छैन पार्टी नै विभाजनतिर गएको संकेत पोखरेले गरेका छन् । नेकपाभित्र नेताहरुबीच समस्या पैदा हुँदा यसअघि महासचिव विष्णु पौडेल बालुवाटार, कोटेश्वर र खुमलटार धाउने गर्दथे । तर यसपटक प्रधानमन्त्री ओलीले महासचिव पौडेललाई यो जिम्मेवारी दिएनन् । पौडेलले खेल्दै आएको भूमिका मुख्यमन्त्री पोखरेलले खेल्न थालेको छन् ।

दुई दिन लगातार नेकपा बरिष्ठ नेता माधव नेपालसँग भेट गरेका मुख्यमन्त्री पोखरेलले आइतवार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । प्रचण्ड निवास खुमलटार पुगेर पोखरेलले पार्टीका शीर्ष नेताहरुबीच बढेको दुरी कम गर्ने प्रयास गरे । तरपनि दाहाल नेपाल पक्ष भने सकारात्मक हुने अबस्था छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वच्छाचारी शैली परिवर्तन गराउन ६ सचिवालय सदस्य एक ढिक्का भएका छन् । ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पद छोड्नु पर्ने बटम लाइन बनाएका छन् । दुवै पद लिएका कारण ओली स्वच्छाचारी भएको निस्कर्ष दाहाल नेपाल पक्षको छ । स्थायी कमिटीको बैठकबाट एक पद छोड्ने निर्णय गराउने पक्षमा दाहाल र नेपाल रहेका छन् ।

केही समयअघिसम्म वरिष्ठ नेता नेपाल ओलीको कार्यशैली मात्र फेर्ने पक्षमा थिए । तर अहिले प्रधानमन्त्री वा पार्टी अध्यक्ष पद छोड्नु पर्ने पक्षमा पुगेका छन् । नेपाल निकट स्थायी कमिटीका नेताहरुले सधै दविने गरी नबस्न नेपाललाई आग्रह गरेका छन् ।

आइतवार नेपाल समुहका स्थायी कमिटी सदस्यहरुको बैठक कोटेश्वरमा बसेको थियो । बैठकमा नेपालले अहिलेको अबस्थाका बारेमा व्रिफिड गरेका थिए । त्यसपछि स्थायी कमिटीका सदस्यहरुले तत्काल स्थायी कमिटी बैठक बोलाउनु पर्ने र नबोलाए विकल्पमा तयार रहनुपर्ने निस्कर्ष निकालेको स्रोतले बताएको छ ।

नेपाल निकट स्थायी कमिटी सदस्यहरुको छलफलमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए । उनले ओलीको कार्यशैलीका कारण कम्यूनिष्ट पार्टी नै समाप्तीको बाटोमा गएको बताएका थिए । उनले पनि दुई मध्ये एक पद ओलीले छोड्नु पर्ने बताए ।
लगतै प्रचण्ड निवास खुमलटार पुगे । खुमलटारमा आफु निकट स्थायी कमिटीका सदस्यहरुसँग छलफल गरेका थिए ।

कोटेश्वर र खुमलटारमा भएका छलफलले एउटै निस्कर्ष निकालेका छन् । स्थायी कमिटीको बैठक ओलीले नडाके विकल्प खोज्ने निस्कर्ष निकालेका छन् । प्रधानमन्त्री ओली र स्थायी कमिटी बैठक बोलाउने विकल्प खोज्ने उनीहरुले बताए । ओलीले बैठक नडाके अध्यक्षको हैसियतमा प्रचण्डले स्थायी कमिटीको बैठक बोलाउने भएका छन् ।

दाहाल नेपाल आफु निकटका स्थायी कमिटीका सदस्यहरुसँग छलफल गरेको केही समयपछि प्रधानमन्त्री ओली राष्टपति भेट्न शीतल निवास पुगेका थिए ।

बाट थप

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमयदरयस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
  • पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफापश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा
  • आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेतआज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत
  • नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्ननारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    प्रहरी भर्ना आवेदन खुल्यो

    प्रहरी भर्ना आवेदन खुल्यो

    पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

    पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

    विदेशी मुद्रामा उतारचढाव, डलर उच्च बिन्दुमा

    विदेशी मुद्रामा उतारचढाव, डलर उच्च बिन्दुमा

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’: केपी ओली 

    ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’: केपी ओली 

    पुस १ देखि पाँच निकुञ्जमा बाघ गणना सुरु

    पुस १ देखि पाँच निकुञ्जमा बाघ गणना सुरु

    लागू औषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

    लागू औषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

    कर तथा भ्याटका झन्झट समाधानमा केन्द्रित दुई दिने तालिम चितवनमा सम्पन्न

    कर तथा भ्याटका झन्झट समाधानमा केन्द्रित दुई दिने तालिम चितवनमा सम्पन्न

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    यस्तो छ आजको विस्तृत राशिफल : तपाईँको दिन कस्तो रहनेछ?

    यस्तो छ आजको विस्तृत राशिफल : तपाईँको दिन कस्तो रहनेछ?

    आज राति देशका केही स्थानमा हल्का वर्षा

    आज राति देशका केही स्थानमा हल्का वर्षा

    आज आइतबार, मंसिर १, २०८२ — तपाईंको राशिफल

    आज आइतबार, मंसिर १, २०८२ — तपाईंको राशिफल

    चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द

    चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द

    तीन प्रदेशमा आज हल्का हिमपातको संकेत, देशभर मौसम स्थिर

    तीन प्रदेशमा आज हल्का हिमपातको संकेत, देशभर मौसम स्थिर

    आजको विशेष राशिफल — मंगलबार

    आजको विशेष राशिफल — मंगलबार

    समाचार
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑