काठमाडौं, वैशाख १४ गते । कोभिड–१९ को संक्रमण थप दुईजनामा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश २ को बिरगंजमा थप दुईजनामा कोरोनाभाइरसको संक्रमणको पुष्टि भएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बिरगंजका दुईजना पुरुषमा संक्रमणको पुष्टि भएको जानकारी दिनुभएको छ । उहाँका अनुसार दुबैजना संक्रमित ५० वर्षीय पुरुष हुनुहुन्छ । दुईजना संक्रमित थपिएसँगै नेपालमा कोभिड–१९ को संक्रमितको संख्या ५१ पुगेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले दुबैजना अस्पतालमा आइसोलेशनमा रहेको बताउनुभएको छ । दुबैजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएपछि संक्रमणको पुष्टि भएको छ । शनिबार मात्रै बिरगंजका चारजना संक्रमितमा तेस्रोपटक परीक्षण गरेपछि प्रतिवेदनमा कोभिड–१९ को संक्रमण निगेटिभ आएपछि अस्पतालबाट घर फर्काइएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस