• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ८, बिहिबार  | Thu, 22, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

‘अस्पताल भर्ना भएदेखि एक ट्यावलेट औषधी समेत नखाई कोरोना जितिन् ।

April 26, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ८ मिनेट
‘अस्पताल भर्ना भएदेखि एक ट्यावलेट औषधी समेत नखाई कोरोना जितिन् ।

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

पोखरा/बागलुङ, – विश्वभर दैनिक हजारौं नागरिकको ज्यान लिईरहेको ‘कोरोना भाईरस’बाट आफु पनि संक्रमित भएको थाहा पाउँदा अंशु सापकोटा, १९ र  मनकुमारी पौडेल, ६५,  को सुरुमा त होस हवास नै उड्यो । किनकी विश्वभर दैनिक हजारौं नागरिकको यही रोगले ज्यान लिईरहँदा सापकोटा र पौडेलले आफु पनि संक्रमित भएको थाहा पाउँदा आत्तिनु स्वभाविक पनि थियो ।

तर, उच्च मनोवल बनाएका दुवैजना सकुशल घर फिर्न पाएका छन् । त्यसमा पनि १५ वर्षदेखि दमको समस्या भोगिरहेकी पौडेललाई निको हुँदा त झनै सबैतिर खुसीयाली छाएको छ । किनकी विश्भरमै दम, उच्च रक्तचाप जस्ता दीर्घरोगी कोरोनाबाट बढी शिकार भएको विवरण बाहिरिएका छन । दमकी दीर्घरोगी पौडेललाई पछि त उच्च रक्तचाप पनि देखिएको थियो । तर, त्यसले पनि कोरोनालाई पराजित गरेको छ । दुबैजना बिरामीले कोरोनाका लागि भनेर कुनैपनि औषधि सेवन गर्नु नपरेको चिकित्सकले बताएका छन् ।

सापकोटा र पौडेल मात्र नभई नेपालका अरु पनि कोरोना संक्रमित उपचारपछि सहजै घर फर्किन सकेका छन् । बागलुङका यी दुई महिला निको भएसँगै गण्डकी प्रदेश कोरोका बिरामीबाट हालका लागि मुक्त पनि भएको छ । कोरोनाका लागि भनेर औषधिको एउटा ट्यावलेट समेत नखाई अस्पतालबाट बाहिरिँदा उनीहहरुको मनोवल झनै बढेको थियो ।

बागलुङमा भेटिएका यी दुई बिरामी गत चैत ४ गते कतार एयरवेजको एउटै जहाजबाट नेपाल आएका थिए । बेल्जियमबाट नेपाल आएका उनीहरुलाई परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । एकै जहाजमा आएका बागलुङका चारमध्ये सापकोटा र पौडेल मात्र संक्रमित भएका थिए ।

बागलुङ नगरपालिका—४ कुँडुलेकी सापकोटा सुरुमा संक्रमण पुष्टि भयो । उनको ट्राभल हिस्ट्रि खोज्ने क्रममा गौंडाकोटकी पौडेलमा पनि संक्रमण पुष्टी भयो । त्यसपछि दुवैजनालाई बागलुङको धौलागिरि अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरियो । उनीहरु दुवैजना बेल्जियम घुम्न र आफन्त भेट्न गएका थिए । बुबाआमा र भाईबहिनी उतै भएकाले पुस तेस्रो पहिलो साता अंशु बेल्जियम गएकी थिईन् । मनकुमारी पनि आफन्त भेट्न फागुन दोस्रो साता बेल्जियम पुगेकी हुन् । तर एकैपटक घर फिरेका उनीहरुमा संक्रमण पुष्टि भएको थियो ।

मनकुमारी १५ वर्षदेखि दमको समस्याबाट पीडित छन् । उनमा पछि उच्च रक्तचापको समस्या पनि थपियो । केरोना पुष्टि भएर अस्पताल ल्याएपछि दमसंगै उच्च रक्तचापको पनि औषधी सेवन गर्न थालेकी थिइ्रन । अंशु भने अस्पताल भर्ना भएदेखि एक ट्यावलेट औषधी समेत नखाई कोरोना निको भएर अस्पतालबाट घर फर्किन सकिन् । शुक्रबार राती अस्पतालबाट डिस्चार्ज भएर निस्कदै गर्दा उनको अनुहारमा खुसीको चमक देखिन्थ्यो । बन्द कोठाभित्रको अत्यासलाग्दो २८ दिनको बसाई सकेर उनी घर फर्कदै थिईन् । अस्पतालबाट डिस्चार्ज भएर रेडक्रसको एम्बुलेन्स चढ्नुअघि उनले भनिन, ‘सबैको हौसला र आत्मविश्वासले गर्दा म निको भए ।’ यति कुरा व्यक्त गर्दै गर्दा उनको मुहारमा खुशी छल्किएको देखिन्थ्यो ।

‘सबैभन्दा ठूलो कुरा आत्मविश्वास नै रहेछ, चिकित्सकको सल्लाह सुझाव र आफन्तको ढाडस अनि व्यक्तिगत आत्मविश्वासले नै म निको भए,’ उनले भनिन् । अंशु स्थानीय कुँडुले माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययरत छिन् । गतवर्ष उनले कुँडुलेकै कोरोना एकेडेमीबाट माध्यमिक शिक्षा परीक्षणा (एसईई) दिएकी थिईन् । अस्पताल गेटबाट बाहिरिँदै गर्दा कानेखुसी चल्दैथियो, ‘कोरोना त यीनले अघिल्लै वर्ष पार गरिसकेकी रहेछिन् ।’

अंशुका पिता ऋषिराम २००२ देखि युरोपमा थिए । १५ वर्ष इटलीमा बसेपछि उनी बेल्जीयम गएका हुन् । अंशु नेपालमै जन्मिईन् । ईटली गएपछि अर्की छोरीको जन्म भयो र बेल्जियम सरेपछि छोरो जन्मेका छन् । अंशु बेल्जियम गएपछि ऋषिराम नेपाल आएका थिए । चैत २८ गते उनको फर्किने टिकट थियो तर लकडाउनले उनी फर्कन पाएका छैनन् । त्यती मात्रै होईन छोरीमा कोरोना संक्रमण पुष्टी भएपछि यो एक महिना उनको तनावपूर्ण रह्यो । ‘सुरुमा त निकै गाह्रो भयो, पछि कोरोना पनि निको हुन्छ भन्ने भएपछि आफन्त र छिमेकीले पनि ढाडस दिन थाले, ’उनले भने,‘आज छोरी निको भएर घरमा लिएर जाँदैछु । निकै खुसी छु ।’

वैशाख ६ गतै नै घर फर्किएकी पौडेल अहिले पनि होम क्वारेनटाईनमा छिन् । ‘१४ दिन अरुसँग छोईछितो नगर्नु भनेका छन् । म एक्लै बसेकी छु,’ उनले भनिन्, ‘अस्पतालमा बस्दा सानो नातिको अत्यार लाउँथ्यो । घर फर्केपनि अहिले अंगालो मार्न पाएकी छैन । तर नातिले तलबाट हेर्छ म माथिबाट हेर्छु ।

‘दमको रोगीलाई कोरोनाले गाह्रो बनाउँछ भन्ने टिभीमा सुनेको थिएँ, मलाई त केही न भएन बाबु,’उनले अनुभव सुनाईन । आत्मविश्वास बलियो बनाए रोगसँग लड्न सकिने रहेछ भन्ने उनलाई लागेको छ । ‘मलाई त निको हुन्छ भन्ने आत्मविश्वास थियो,’ पौडेलले भनिन्,‘आफन्त र डाक्टरले पनि हौसला दिए । म ठिक भएँ । एउटै धोको छ, यो कोरोना महामारीका बीचमा मर्न नपरोस् ।’

कोरोना विरुद्ध कुनैपनि औषधी तयार नभएकाले विरामीको हौसला नै मुख्य हतियार हुने धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. शैलेन्द्र बी.पोख्रेल बताउँछन् । ‘कोरोनाको संक्रमण पुष्टी भएपछि जे खालको स्वास्थ्य समस्या देखिन्छ त्यही औषधी दिने हो,’ उनले भने, ‘यो भाईरसको औषधी छैन । बिरामीमा आत्मवल र प्रतिरोधात्मक शक्ति बलियो भयो भने निको हुन्छ ।’ मनकुमारीलाई उच्च रक्तचाप थपिने बाहेक स्वास्थ्यमा कुनै समस्या नथपिएको पोख्रेलले बताए । ‘दम त उहाँको पुरानै समस्या रहेछ, उच्च रक्तचाप बाहेक अरु समस्या भएन । तर, अशुं भने औषधी नै खान नपरी घर फर्किन सकिन,’ उनले भने ।

गण्डकी प्रदेशमा पहिलो बिरामी बनेकी सापकोटालाई सुरुमा थप उपचारका लागि काठमाडौं लैजानेबारे सल्लाह भएको पनि थियो । त्यस्तै पौडेललाई रातारात पोखरा ल्याउनेबारे योजना पनि बनेको थियो । किनकी पौडेलमा पहिल्यै दमको रोग थियो । कोरोना संक्रमितलाई दमले थप अप्ठेरो पार्ने भएकोले भेन्टिलेटर चाहिने अनुमान गरेर पोखरा ल्याउनेबारे योजना बनेको चिकित्सक बताउँछन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति समेत रहेका वरिष्ठ फिजिसियन डा.  बुद्धिबहादुर थापा भन्छन्, ‘सापकोटालाई काठमाडौं र पौडेललाई पोखरा नै ल्याउने योजना पनि बनेको हो । तर, पछि बागलुङ उपचार गरेर हेरौ भन्ने निर्णय भयो ।’

पौडेललाई दमको समस्या भएकोले भेन्टिलेटर आवश्यक पर्ने अनुमान भएको पनि उनले बताए । ‘तर, ती दुवैजना बिरामी कुनै समस्या बिना नै निको भएर गएका छन् । यो नै खुसीको कुरा हो,’ थापाले भने, ‘अरु बिरामीलाई पनि हौसला मिलेको छ ।’

बिरामीले पनि उच्च मनोवल देखाएकोले निको भएको उनले बताए । ‘कुनैपनि रोगमा मनोवल उच्च भयो भने छिटो निको हुन्छ । तर भाईरसलाई जित्नै सकिने भन्ने होइन,’ थापाले भने, ‘तर पनि मान्छेको मनोविज्ञानले फरक पार्छ ।’ कोरोनाको अहिलेसम्म औषधि नभएकोले थप लक्षणका आधारमा उपचार गर्ने बाहेक विकल्प नभएको उनले बताए।

‘जसरी बिरामी निको भएका छन् । यसले अरुको पनि मनोवल बढेको छ,’ थापाले भने, ‘आफ्नै इम्यूनिटीको कुराले पनि फरक पार्छ । बिरामी निको हुँदै जाँदा सबैलाई खुसी बनाएको छ । यसले अरुको पनि आत्मबल बढाएको छ ।’ बिरामी निको भएर गएपनि लक्षण नदेखिँदा रोग लुक्ने हो की भन्ने त्रास रहेको उनले बताए । ‘लक्षण नहुनु बिरामीलाई राम्रो हो । तर समाजलाई नराम्रो हो । किनकी सबैलाई परीक्षण गर्न सकिएको छैन । लक्षण नहुँदा रोग लुक्ने डर छ,’ थापाले भने ।

बाट थप

  • यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने
  • मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
  • अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक
  • प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    चितवनका तीनवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ६५ जनाले मनोनयन दर्ता

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    समाचार
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑