१४ बैशाख, वीरगन्ज। वीरगन्ज महानगरपालिका छपकैयाँका थप दुईजनामा कोरोना संक्रमणको आशंका गरिएको छ ।
मस्जिदमा बसेका तीनजना भारतीय संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब लिइ पिसिआर परीक्षणका लागि काठमाडौं पठाइएकोमा दुईजनामा पोजिटिभ देखिएको नारायणी अस्पताल स्रोतले बताएको छ ।
तीमध्ये एकजनालाई नारायणी अस्पतालको आइसोलेसनमा लगिएको छ । उनी महानगरका सफाइ कर्मचारी हुन् । अर्का व्यक्तिलाई पनि आइसोलेसनमा लग्ने तयारी भइरहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।
अस्पतालबाट आजै चारजना संक्रमितलाई डिस्चार्ज गर्ने तयारी भइरहेको थियो, जसमा तीनजना जमाती थिए ।
शनिबार १ सय ८७ जनाको स्वाब पिसिआर परीक्षणका लागि काठमाडौं पठाइएको थियो । अहिले छपकैयाँ क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।
शनिबार हेटौंडामा गरिएको परीक्षणमा लगातार दोस्रोपटक नेगेटिभ देखिएपछि पहिले नै भर्ना भएका चारजनालाई अस्पतालले आजै डिस्चार्ज गर्ने तयारी गरिरहेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस