• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

मान्छेमाथि केमिकल स्प्रे बन्द गर

April 26, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ३१ मिनेट
मान्छेमाथि केमिकल स्प्रे बन्द गर


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)
गत बिहीबार मेरी आमा भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा जाँचको लागि जानुभएको थियो । फर्केपछि उहाँले भन्नुभयो, ‘कोरोना भाइरस मार्न भनेर गेटमा बसेको कर्मचारीले स्प्रे छर्केर निथ्रुक्कै भिजायो ।’

त्यसपछि मलाई खुल्दुली लागेर चितवनमै रहेका पत्रकार साथीहरुसँग कुरा गर्दा नारायणगढको पुलचोक, जिल्ला प्रहरी कार्यालय, भरतपुर अस्पताल, केही निजी अस्पताल र भरतपुरस्थित कोरोना अस्पतालमै यसो भइरहेको जानकारी पाएँ । चितवनका केही युवा उद्यमीहरुले ‘स्यानिटाइजिङ टनेल’ निर्माण गरी विभिन्न ठाउँमा सप्लाइ गरिरहेको पनि थाहा भयो । सबैजनाले राम्रै नियतले गर्नुभएकोमा कुनै शंका छैन तर यसो गर्नुअघि राम्रोसँग नबुझेर गर्दा फाइदा होइन बरु शरीरलाई नोक्सान गर्नसक्दछ ।

पहिलो कुरा त यस्तो स्प्रे (इथानोल, सोडियम हाइपरक्लोरिट जस्ता भाइरुसाइड) मानव शरीरमाथि प्रयोग गर्न बनेका होइनन् । प्रायः कृषि, भेटिरिनरी, अस्पताललगायतका भाइरसको संक्रमण हुनसक्ने ठाउँका सतहहरुमा र घरेलु प्रयोगको हकमा ट्वाइलेट, बाथरुम सफा गर्न यी केमिकलको प्रयोग हुने गर्दछ ।

विश्व स्वास्थ्य संगठनले ‘मिथ्स बस्टर्स’ वेबसाइटमार्फत जारी गरेको सन्देश

कोरोना भाइरसको नयाँ संस्करण कोभिड–१९ का बारेमा यी र यी जस्ता अफवाहहरुलाई रोक्न विश्व स्वास्थ्य संगठनले ‘मिथ्स बस्टर्स’ वेबसाइट नै सञ्चालन गरेको छ जसले प्रष्टरुपमा अल्कोहल, क्लोरिन (ब्लीच) जस्ता केमिकलहरुले शरीरभित्र रहेको कोरोना भाइरस नमार्ने र उल्टै हानी गर्नेहुँदा यिनीहरुको प्रयोग नगर्न चेतावनी दिएको छ । यसको प्रयोगले उल्टै आँखा, मुख, घाँटी र फोक्सोमा असर गर्नुको साथै छालाका रोगहरु निम्त्याउन सक्छ ।

‘स्यानिटाइजिङ टनेल’मा स्प्रे गरेपछि कोरोनामुक्त भइने गलत विश्वासका कारण नियमित हात नधुने, सामाजिक दूरी कायम नगर्ने खतरा पनि बढ्न सक्छ । पटकपटक यस्ता केमिकलहरुको स्प्रे लिएमा जतिसुकै कम घनत्व भए पनि यसले शरीरलाई असर गर्दछ । कोभिड–१९ को संक्रमण देखिएपछि सुरुमा चीनमा निजी क्षेत्रका उद्योगहरुले यस्तो प्रयोग गरेका थिए ।

त्यस्तै, छिमेकी भारतको तामिलनाडु राज्य सरकारले ठाउँठाउँमा स्थापना गरिएका ‘स्यानिटाइजिङ टनेल’हरु अहिले हटाइसकेको छ । मलेसियामा सरकारले ‘स्यानिटाइजिङ टनेल’ निर्माण गर्न थालेपछि स्वास्थ्यविज्ञहरुले त्यसो नगर्न चेतावनी दिएका छन् । यदि यस्तो प्रयोगले कोभिड–१९ को संक्रमण कम हुने भए अमेरिका, युरोप, बेलायतजस्ता सबैभन्दा प्रभावित देशहरुमा प्रयोग हुने थियो ।

अहिलेसम्मको वैज्ञानिक प्रमाणहरुको आधारमा कोभिड–१९ विरुद्धको लडाइँमा सामाजिक दुरी कायम गर्ने र साबुनपानीले नियमित हात धुने नै सबैभन्दा प्रभावकारी उपाय हो । यस्तो महामारीको बेलामा आमजनता र नीति निर्माता तहमा समेत गलत सन्देशहरु जान सक्छन् ।

नेपालको हकमा भने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल मेडिकल काउन्सिल आदि निकायहरुले उपलब्ध वैज्ञानिक प्रमाणहरुको लेखाजोखा गर्नुको साथै विज्ञहरुको सल्लाह लिई यी र यस्ता विषयहरुमा निर्देशिका जारी गर्न ढिलो गर्नुहुँदैन । चितवनको हकमा यस्ता गलत अभ्यासहरुलाई अघि नबढाउन सबैमा अनुरोध गर्दछु । खासगरी चिकित्सक र जनस्वास्थ्थकर्मीहरु यसबारेमा अझै सचेत हुन आवश्यक भएको यो अभ्यासले देखाएको छ ।

(लेखक बेलायतको बोर्नमाउथ युनिभर्सिटीमा जनस्वास्थ्य अनुसन्धानमा संलग्न हुनुहुन्छ ।)



प्रतिक्रिया दिनुहोस्
संबन्धित

बाट थप

  • देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेतदेउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत
  • राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दरराष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर
  • ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्युढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
  • देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावनादेशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    अंशु हत्या प्रकरणमा छिमेकी पक्राउ, प्रहरी सोधपुछमा

    अंशु हत्या प्रकरणमा छिमेकी पक्राउ, प्रहरी सोधपुछमा

    आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

    आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

    क्यानडामा ७ म्याग्निच्युडको भूकम्प

    क्यानडामा ७ म्याग्निच्युडको भूकम्प

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑