• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

सप्तरीमा आरडिटी किट र भिटिएम अभाव, कोरोना परीक्षण स्थगित

April 23, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
सप्तरीमा आरडिटी किट र भिटिएम अभाव, कोरोना परीक्षण स्थगित


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

सप्तरी । सप्तरीमा आरडिटी किटको अभाव भएको छ । जिल्लाको सप्तकोशी र कञ्चनरूपमा ठूलो सङ्ख्यामा कोरोना भाइरस परीक्षण भएपछि अहिले किटको अभाव भएको हो । किट अभावमा होम क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण हुन सकिराखेको छैन् । मागअनुसार किट प्राप्त नभएपछि उनीहरुको कोरोना परीक्षण हुन नसकेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोकथाम र नियन्त्रणको तयारी र अवस्थाका बारेमा अनुगमन तथा निरीक्षण गर्न आएका प्रदेश नं. २ महिला तथा बालबालिका सामाजिक न्याय समितिसँग स्वास्थ्य कार्यालय र गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुखले आरडिटी किटसहितको स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरे ।

प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आपूर्ति केन्द्रबाट चैत ३० गते प्राप्त आठ सयमध्ये सात सय ४० किट सकिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरूपलाई उपलब्ध एक सय किट पनि सकिएको सिनियर अहेव डम्बर गुप्ताले बताए ।

त्यस्तै गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा आएको १ सय ६० मध्ये १ सय १७ किट प्रयोग भइसकेको अस्पतालले जनाएको छ । अब बाँकी रहेका किट आज सकिने जानकारी गराउँदै स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले तत्काल किट उपलब्ध नभए परीक्षण रोकिने बताए ।

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा कोरोना भाइरसबाट सङ्क्रमित २८ मध्ये दुई जना सप्तरीको सुरुङ्गा नगरपालिका–११ औराहा भजक्का टोलका रहेकाले सो क्षेत्रमा कोरोना परीक्षणलाई तीब्र पार्न स्थानीयवासीले माग गरेका छन् ।

बाँकी रहेको आरडिटी किटले सो क्षेत्रमा परीक्षण सम्पन्न गर्न सक्ने अवस्था नरहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

कार्यालयका अनुसार अझै चार महिलासहित १ सय २७ जना स्थानीय तहद्वारा सञ्चालित क्वारेन्टाइनमा र ४९ जना होम क्वारेन्टाइनमा छन् ।

उनीहरुलाई कोरोना परीक्षण गर्नुपर्ने अवस्था छ । ‘हामीसँग भएको किटले सबै जनाको परीक्षण गर्न सकिदैन’ स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले भने, ‘थप किटका लागि माग गरेका छौं, उपलब्ध भएपछि आवश्यकता अनुसार सबैको कोरोना परीक्षण गरिनेछ ।’

‘आरडिटी किट, भिटिएम, पिपिई, मास्क, सेनिटाइजर, थर्मल गनलगायत आवश्यक स्वस्थ्य सामग्रीको माग गरेका छौं’, उनले भने, ‘बोदे बर्साइनमा नेपाली सेनाको सहयोगमा स्वाब सङ्कलन केन्द्र स्थापना गर्ने निर्णय भएको पाँच दिन वितिसक्दा पनि भिटिएम र आरडिटी किटको अभावमा परीक्षण शुरु हुन सकेको छैन् ।’

बोदे बर्साइन नगरपालिका–५ जाँजरमा फागुन ३ देखि ५ गतेसम्म एक लाख बढी इस्लाम धर्मालम्बीहरूको सहभागितमा धार्मिक सभा ‘इज्तिमा’ भएको थियो । ‘इज्तिमा’मा सहभागी जमातीहरू नै आफ्नो समुदायमा धर्म प्रचार गर्न बाँडिएर फरक–फरक मस्जिद गएका हुन् ।

‘इज्तिमा’को मुख्य आयोजक र व्यवस्थापक बोदे बर्साइन भएकाले जिल्ला सुरक्षा समितिले सो क्षेत्रलाई जोखिमयुक्त ठहर गर्दै बोदे बर्साइनमा स्वाब सङ्कलन गर्ने निर्णय गरेको हो । नेपाली सेनाको चिकित्सकसहितको टोली स्वाब सङ्कलनका लागि आउन तयारी अवस्थामा रहे पनि भिटिएम र आरडिटीकै अभावले परीक्षण शुरु हुन सकेको छैन् ।

जिल्लामा मागअनुसार भिटिएम र आरडीटी किटलगायत पिपिई, मास्कजस्ता सामग्री नआएको भन्दै निमित्त प्रमुख यादवले प्रदेश नं. २ को महिला तथा बालबालिका सामाजिक न्याय समितिलाई जानकारी गराए ।

‘किटलगायत आवश्यक स्वास्थ्य सामग्रीको अभाव छ’, गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले भने, ‘अहिले रकमभन्दा आवश्यक सामग्री र दक्ष जनशक्तिको आवश्यक्ता छ, रकम वा आश्वासनभन्दा जनशक्ति र चाहिने सामग्री आएमा कोरोना सङ्क्रमणको जोखिममा रहेका सबै जनाको परीक्षण गर्न सहज हुन्छ ।’

समितिका सभापति जैनुल राइनले प्रदेश सरकारले निर्णय गरेर पनि जडान हुन नसकेको पिसिआर मेशिन जडान गर्न र स्वास्थ्य सुरक्षा सामग्रीहरू उपलब्ध गराउन प्रदेश सरकारलाई निर्देशन दिने आश्वासन दिए ।

सभापति राइनसँगै प्रदेश अर्थ समितिका सभापति मनिष सुमन, प्रदेशसभा सदस्यहरू शारदा थापा, नेत्रविक्रम साह, प्रमिलाकुमारी यादव, प्रमिला दास, मञ्जु यादव, सरस्वती चौधरी, शाखा अधिकृत रेखाकुमारी यादवको टोलीले स्वास्थ्य कार्यालय, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज र जिल्ला अस्पतालको रूपमा स्तरोन्नती गर्न लागिएको भारदह अस्पतालको निरीक्षण तथा अनुगमन गरे ।

बाट थप

  • उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टिउत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि
  • मौसम मुख्यतया सफा रहनेमौसम मुख्यतया सफा रहने
  • एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्तएनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त
  • गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउगत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑