११ वैशाख, काठमाडाैँ । साइवर अपराधको मुद्दामा पक्राउ परेका सरकारका पूर्वसचिव भीम उपध्यायलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । बिहीबार जिल्ला अदालत काठमाडौँमा उनलाई पेश गरिएकोमा अदालतले ३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको साइवर ब्युरोका प्रमुख एसएसपी नविन्द अर्यालले बताए ।
प्रहरीले उपाध्यायलाई बुधबार साँझ उहाकै निवासबाट पक्राउ गरेको थियो । उनले केही दिनअघि कैलालीमा दुइ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भन्दै अफवाह फैलाएका थिए ।
उनले ब्रेक्रिङ न्युज भन्दै हुँदै नभएको विषयमा भ्रम फैलाएर समाजसाइ भ्रमित बनाएका थिए । उनले केही समयदेखि यस्तो भ्रमणपूर्ण काम गर्दै आएका छन । उनले पछिल्लो केही साता यता सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा भ्रमपूर्ण सूचनाहरू हाल्दै आफ्नो फलोअर बढेको भन्दै घमण्ड समेत प्रस्तुत गर्दै आएका थिए । उनले रूकुम पश्चमिकका दुइ जनको धनगढीमा पिसआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको भन्दै भ्रम छरेका थिए । उपाध्यायले नेकपाका नेतृव र सरकारका मन्त्रीहरूविरूद्ध छाडा शब्दमा गालीगलौज समेत गर्दै आएका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस