• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ८, बिहिबार  | Thu, 22, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

बजारमा सर्जिकल मास्कको अभाव चुलियो, अनुगमन अभावले चरम मूल्यवृद्धि

March 4, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
बजारमा सर्जिकल मास्कको अभाव चुलियो, अनुगमन अभावले चरम मूल्यवृद्धि

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रमाणित गरेको कोरोना भाइरस प्रतिरोधात्मक मास्क ‘एन नाइन्टी फाइभ’ बजारमा पाइनै छोडेको छ । त्यति मात्र हाेइन नेपालीमै उत्पादन हुने सर्जिकल मास्कको अभावका साथै मूल्य पनि ह्वात्तै बढेको छ ।

चीनको हुवेई प्रान्तको वुहान शहर उद्गम रहेको मानिएको कोरोना भाइरस फैलिन सक्ने विश्वव्यापी त्राससँगै मास्कको अभाव चुलिएकाे हाे । बजारमा देखिएकाे मास्क अभावले चार वर्ष अघिकाे नाकाबन्दीका बेला भएकाे पेट्राेलिय पदार्थकाे अभाव उपभाेक्तालाइ सम्झाइदिएको छ । बजारमा माग उच्च भएपछि मास्कको कालोबजारी हुन थालेकाे छ भने रातारात मूल्यबृद्धि पनि हुँदैछ ।

पाउनै गाह्रो

काठमाडाैं असनका महेन्द्र तुलाधरले कोरोना भाइरसको त्रास बढ्दै गएपछि बजारमा मास्क पाइनै छाडेको अनुभव सुनाए । ‘धेरै ठाउँ चाहर्दा पनि मास्क पाइँदैन’ तुलाधरले सुनाए, ‘पाइहाले पनि मूल्य महङ्गो छ ।’ बिक्रेताहरुका अनुसार, नेपालमा आउने मास्क बढी चीनबाट आयात हुन्थ्यो । तर, कोरोना भाइरसको प्रकोपका कारण चीनमा नै मास्कको अभाव भएपछि त्यताबाट मास्क आउन छाेडेकाे छ ।

कोरोना भाइरसको त्रास विश्वव्यापी रुपमा फैलिएका कारण अन्य मुलुकबाट पनि नेपालमा आउने मास्क आउन छाडेको छ । औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहाल भन्छन्, ‘कोरोना भाइरसको त्रासका कारण बजारमा मास्कको अत्याधिक माग छ । तर माग अनुसारको आपूर्ति गर्न सकिएको छैन ।’ उनका भनाईमा, यसअघि ठुलाे परिमाणमा मास्क चीनबाट नै आयात हुने गर्थ्याे । उनले भने ‘चीनबाट आयात हुन बन्द भएपछि नेपालमा मास्क अभाव भएको हो ।’

मास्कको आयात त रोकिएको छ नै, नेपालीमामा पनि कोरोना भाइरसको त्रास बढेको छ । यही कारण मास्क प्रयोग गर्नेहरुकाे क्रम पनि बढ्दाे छ । त्यसैले बजारमा मास्क खरिद गर्नेहरुकाे क्रम बढेसंगै यसकाे माग उच्च हुन पुगेकाे छ ।

चुलिँदाे मूल्य

चीनबाट तथा अमेरिकाबाट आयात हुने एन नाइन्टी फाइभ मास्कको मूल्य कोरोना भाइरसको त्रास बढ्नुअघि ९५ रुपैयाँ पर्थ्याे । अहिले यो मास्क नेपाली बजारमा पाउन मुस्किल त छ नै, मूल्य पनि आकासिएको छ । ‘पाइहाले पनि मुल्य बृद्धि भएर एउटै पिसको दुई सयदेखि ६–७ रुपैयाँसम्म पर्न थालेको छ’ क्षेत्रपाटीस्थित सचिन ट्रेड कन्सनमा कार्यरत अनु आले मगरले भनिन् ‘सर्जिकल मास्कको चरम अभावसँगै मूल्यबृद्धि भएको हो ।’

विदेशबाट आयाता हुने मात्र होइन, नेपालमै उत्पादन हुने सर्जिकल मास्कको मूल्य पनि ह्वात्तै बढेको छ । पहिले प्रति मास्क ५ रुपैयाँमा पाइने मास्कको मूल्य आजकल १०–१५ रुपैयाँ हुँदै २० रुपैयाँसम्म पर्न थालेको छ । सिसिपिआई नामक मास्कको प्याकेटमा ५० पिस हुन्छ । यसअघि सो मास्कको प्याकेटको मुल्य ५ सय रुपैयाँ पर्ने गरेकोमा बीचमा १ हजार–१२ सय रुपैयाँ हुँदै १५–१६ सयसम्म पर्ने गरेको क्षेत्रपाटीस्थित आयुस सर्जिकलकी सञ्चालक कल्पना खनालले बताइन् । उनले भनिन्, ‘कम्पनीबाटै मूल्य बृद्धि भएर आएपछि आफूहरुले पनि बढाउनै पर्याे ।’

‘मास्क अभावलाई आधार बनाएर धेरैले नाजायज फाइदा लिन खोजेका छन्’ महाबौद्धस्थित सत्यम् फार्मेसीकी रिता महर्जनले भनिन्, ‘मूल्य बढ्नुको एउटा कारण संकटका बेला फाइदा लिन खोज्ने प्रबृति पनि हो ।’

औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहाल भने मास्कको मूल्य बढ्नुमा उत्पादनमा आएको समस्यालाई मान्छन् । ‘नेपालमै बनाउने हो भने पनि कपडाको मास्क महंगो पर्छ, किनभने मास्क बनाउन चाहिने कच्चा पदार्थ चीन र भारतबाट आयात हुन्छ, कच्चा पदार्थ आयातमा ३५ प्रतिशत भन्सार कर लाग्छ’ उनले भने ‘तर मास्क नै ल्याउँदा १५ प्रतिशत कर लाग्ने भएकाले मास्क उत्पादनमा कमी आएको हो, मूल्यबृद्धिको कारण यो हुनसक्छ ।’

होला त अनुगमन ?

अस्वभाविक रुपमा मास्कको मूल्य बढाएर बिक्री गरिएको आफूले सुन्दै आएपनि प्रत्यक्ष रुपमा कसैले उजुरी नगरेको भन्दै पन्छिन खाेज्छन सराेकारवाला सरकारी निकायका अिधकारीहरु । औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बजारमा मास्ककाे मुल्य  बढाएर विक्री गरिएकाे सुनेकाे भए पनि उजुरी नआएको बताउँछन् । ‘बजारमा मास्कको माग बढ्यो भन्दैमा मूल्य बृद्धि गर्न पाइँदैन, कालो बजारी गर्ने दुइ–चार व्यक्तिहरुले यस्तो कार्य गरेका हुनसक्छन्’ महानिर्देशक दाहालले भने ‘विभागले उपभोक्ता हित संरक्षण समितिसँग समन्वय गरेर चाँडै नै बजार अनुगमन गर्ने तयारी गरिरहेको छ ।’

बजार अनुगमन गर्ने छुट्टै निकाय नहुँदा अनुगमन गर्ने जिम्मेवारी औषधी विभागलाई दिइएको जानकारी पनि दाहालले दिए । उनले भने, ‘आपूर्ति मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्नुपर्ने हो । तर, अनुगमनको काम नभएकाले हामी आफै अनुगमन गर्दैछौँ ।’ सोमबार(५ फागुन) भएकाे पत्रकार सम्मेलनमा बाणिज्य विभागका महानिर्देशक नेत्र सुवेदीले पनि मास्कमा भइरहेको कालोवजारीको अनुगमन गर्ने बताएका थिए ।

बाट थप

  • यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने
  • मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
  • अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक
  • प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    चितवनका तीनवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ६५ जनाले मनोनयन दर्ता

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    समाचार
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑