• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २९, सोमबार  | Sun, 14, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

‘प्रहरी मेरो साथी’

March 3, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
‘प्रहरी मेरो साथी’


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

काठमाडौं । यदि सामाजिक सञ्जालको जमाना थिएन भने गत बिहीबार ललितपुरमा प्रहरीले महिला कुटेको घटना बाहिर आउने थिएन । बच्चा बोकेकी महिलालाई इन्सपेक्टरले निर्घात कुटपिट गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी घटनाको अनुसन्धान गर्न बाध्य भयो । कुटपिट गर्ने इन्सपेक्टर देवी पौडेललाई भैंसेपाटी प्रभागको जिम्मेवारीबाट हटाएर छानबिन सुरु गरिएको छ । पछिल्लो समय प्रहरीबाट भएका यस्ता घटनाका कारण सिंगो संगठनको आलोचना भइरहेको छ । प्रहरी दुव्र्यवहारका घटना बढेरभन्दा पनि, प्रहरीका साना गल्तीहरुले गर्दा सिंगो संगठनको बदनाम गरेको छ । सूचना प्रविधि तथा सामाजिक सञ्जालका कारण यसरी प्रहरीको बदनामी बढेको हो । हरेक नागरिकको हातमा मोबाइल भएकाले प्रहरीको सानो गल्तीलाई फोटो खिचेर सामाजिक सञ्जालमार्फत केही घन्टामा सयौंकोमा पुग्ने गरेको छ । प्रहरीको व्यवहार अब हरेक नागरिकको मोबाइलबाट निगरानी हुने गरेको छ । जसकारण प्रहरी फिल्डमै अझै संयमित हुनु अत्याबश्यक देखिएको छ । प्रहरी सधैं रुखो ? पछिल्लो पटक गायिका आस्था राउत प्रकरणमा प्रहरी विवादमा मुछियो । विमानस्थलमा चेकिङको क्रममा उनको महिला प्रहरीसँग विवाद भएको थियो । महिला प्रहरीले आफूलाई रुखो बोलेको भन्दै विवाद भयो । त्यही विवादलाई लिएर प्रहरीले गायिका राउतमाथि मुद्दा चलायो । यो प्रकरणमा कतिपयले प्रहरी सही भएको बताए । कतिपयले गायिकामाथि अन्याय भएको बताए । यो घटनाले पनि प्रहरीको व्यवहारमाथि प्रश्न उठायो । त्यसअघि साग खेलमा प्रहरीका डिएसपीले पत्रकारमाथि लाती र लौरोले प्रहार गरे । टिकटका विषयमा विवाद भएपछि भिडियो खिचिरहेका पत्रकारलाई डिएसपी सन्तोषसिंह राठौर र रुगम कुँवरले बल प्रयोग गरेका थिए । उनीहरुविरुद्ध प्रहरी नेतृत्वले कारबाही गरेन । खासगरी भीड नियन्त्रणको क्रममा प्रहरीले चर्काे बल प्रयोग गर्ने गर्दछ । यसमा तालिमको अभावदेखि भिड नियन्त्रणका सामानको अभावसमेत हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् । ठूला व्यक्तिको चाकडी गर्ने तर सर्वसाधरणलाई दुःख पर्दा पनि सहयोग नगर्ने प्रहरीको प्रवृत्ति छ । यही कारण प्रहरीप्रति सर्वसाधरणको राम्रो छाप छैन । प्रहरीभित्रै छैन सम्मान करिब पाँच वर्षअघि तत्कालिन गृहमन्त्री वामदेव गौतमले हाकिमहरुले सिपाहीलाई तपाई भनेर बोलाउनुपर्ने धारणा राखे । प्रहरीले प्रहरीलाई राम्रो व्यवहार गरे मात्र प्रहरीले जनतालाई राम्रो व्यवहार गर्ने उनको भनाई थियो । तर, प्रहरीमा यस्तो हुन सकेको छैन । प्रहरीको तल्लो तहका प्रहरीलाई हाकिमले तँ भनेर हेप्ने र गाली गर्दछन् । कामप्रति उत्साहित गर्ने वातावरण छैन । त्यसैले पनि प्रहरीको व्यवहारमा सुधार आउन सकेको छैन । अर्काेतर्फ लामो डिउटी पनि अर्काे कारण हो । उपत्यकामा नियमित १५ घन्टासम्म प्रहरीहरु डिउटीमा खटिन्छन् । सेवा सुविधाले परिवार पाल्न नपुग्ने तर १५ घन्टासम्म डिउटी गर्नुपर्ने अवस्थाले स्वभाविक रुपमा उच्च स्तरको पुलिसिङको अपेक्षा गर्न सकिदैन । प्रहरी अधिकारीहरु बेला–बेलामा प्रहरी समाजकै अंग भएकाले जस्तो समाज त प्रहरीको व्यवहार पनि त्यस्तै हुने बताउँछन् । तर, यो बहाना बनाएर आफ्ना कमजोरी लुकाउने सक्ने अवस्था छैन । प्रहरी समाजमा नमुना बन्न सक्छ । प्रहरीले राम्रो व्यवहार गरेमा त्यसको प्रभावमा नागरिकको आचरण पनि फेरिने हो । यदी ट्राफिक चेकिङमा कुनै प्रहरीले मिठो बोलेमा चालक पनि मिठो बोल्न बाध्य हुन्छ । नागरिकसँग दिनहुँ प्रत्यक्ष डिल गर्ने भनेका तल्लो तहका प्रहरी हुन् । प्रहरी समाजमा उदारणीय बन्न चाहन्छ भने तल्लो तहका प्रहरीलाई बिशेष तालिम तथा सेवा सुविधामा लाग्नुपर्छ । यसका लागि प्रहरीले बिशेष अभियान नै सुरु गर्नुपर्छ । ‘प्रहरी मेरो साथी’ भनेर नारा लगाउँदैमा जनताले विश्वास गर्ने कुरा आउँदैन । हुन त नागरिकसँगको सम्बन्ध सुधारमा प्रहरीले विभिन्न आकर्षक नाराहरु लिएर विभिन्न कार्यक्रमहरु समेत गर्दै आएको छ । तर, त्यसको उपलब्धिमुलक नतिजा देखिएको छैन । अब भर्नादेखि नै यसमा बिशेष ध्यान दिनु जरुरी छ । अख्तियारको हिरासतमा प्रहरी प्रहरीभित्र भ्रष्टाचारका घटना पनि रोकिएका छैनन् । पछिल्लो पट सुन र हुन्डी काण्ड बाहिर आएको छ । अख्तियारले २० जनाभन्दा धेरै प्रहरीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । सुन लुट्ने, हुन्डी कारोबारीसँग १० लाख लिने तथा चेकिङका क्रममा घुस लिने प्रहरीहरु यतिबेला आयोगको हिरासतमा छन् । सीमा प्रहरीचौकी टिमुरेका इन्चार्ज रहेका इन्स्पेक्टर खेम नेपालसहित १६ प्रहरीमाथि यतिबेला छानबिन भइरहेको छ । अख्तियारकै पत्रअनुसार उनीहरूलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरिसकेको छ । इन्स्पेक्टर नेपालसहित प्रहरी नायब निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दारहरू रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा र गोपीबहादुर तामाङलाई अख्तियारले हिरासतमा लिएको छ । प्रहरी जवानहरू शिवनारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र विक, रीता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान, ताराबहादुर प्रजा र प्रहरी कार्यालय सहयोगी हरिबहादुर श्रेष्ठको पनि यसमा मिलेमतो भएकाले पक्राउ परेका हुन् । उनीहरू सबैलाई केही दिनअघि नै जिम्मेवारीबाट हटाएर दंगा नियन्त्रण गण हेटौँडामा राखिएको थियो । अख्तियारको पत्रअनुसार प्रहरीले उनीहरूलाई बुझाएको हो । गत ११ पुसमा केरुङबाट नेपाल आउँदै गरेका सवारी जाँचका क्रममा प्रहरीले ना६ख ४९३२ नम्बरको कन्टेनरबाट चार सय २२ ग्राम सुन बरामद गरेको थियो । गाडीका चालकले नै यस सम्बन्धमा माथिल्लो निकायमा सूचना दिएपछि घटना बाहिर आएको हो । सुरुमा बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी किशोरकुमार दाहाल नेतृत्वको समितिले छानबिन गरेको थियो । सोही छानबिन प्रतिवेदनका आधारमा अख्तियारले थप अनुसन्धान अघि बढाएको हो । बरामद सुन उनीहरूले काठमाडौंको सुन पसलमा बिक्री गरेर पैसा बाँडेर लिएका हुन् । त्यस्तै हुन्डी कारोबारीलाई २० लाख रुपैयाँसहित पक्राउ गरेर १० लाख लिई छाडिदिने पर्साका तीन प्रहरी पनि यतिबेला छानबिनमा छन् । इनर्वा चौकीका असई पूर्णबहादुर तामाङ, हवल्दार विष्णु दयाल चौधरी र जवान राजकुमार गुरुङ पक्राउ परेका हुन् । उनीहरुले एक भारतीयलाई अवैध २० लाख रुपैयाँसहित पक्राउ गरेकोमा माथिल्लो निकायमा जानकारी नदिई बाँडीचुँडी लिएका थिए । एक प्रहरी जवानले नै उजुरी गरेपछि घटना बाहिर आएको हो । पक्राउ परेकाहरु पर्साका तत्कालिन एसपी सोमेन्द्रसिंह राठौरका घुुमवा भएको स्रोत बताउँछ । पछिल्लो समय घुससहित प्रहरी पक्राउ गर्ने क्रम पनि बढेको छ । खासगरी तराईका जिल्लाहरुमा सेटिङमा तस्करीको धन्दामा प्रहरीहरु सक्रिय छन् । हाकिमहरुले नै घुुमुवाका रुपमा खटाएर यसरी पैसा उठाउने गरेका छन् । ### दृष्टि साप्ताहिक###

बाट थप

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमयदरयस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
  • पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफापश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा
  • आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेतआज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत
  • नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्ननारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    प्रहरी भर्ना आवेदन खुल्यो

    प्रहरी भर्ना आवेदन खुल्यो

    पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

    पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

    विदेशी मुद्रामा उतारचढाव, डलर उच्च बिन्दुमा

    विदेशी मुद्रामा उतारचढाव, डलर उच्च बिन्दुमा

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’: केपी ओली 

    ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’: केपी ओली 

    पुस १ देखि पाँच निकुञ्जमा बाघ गणना सुरु

    पुस १ देखि पाँच निकुञ्जमा बाघ गणना सुरु

    लागू औषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

    लागू औषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

    कर तथा भ्याटका झन्झट समाधानमा केन्द्रित दुई दिने तालिम चितवनमा सम्पन्न

    कर तथा भ्याटका झन्झट समाधानमा केन्द्रित दुई दिने तालिम चितवनमा सम्पन्न

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    यस्तो छ आजको विस्तृत राशिफल : तपाईँको दिन कस्तो रहनेछ?

    यस्तो छ आजको विस्तृत राशिफल : तपाईँको दिन कस्तो रहनेछ?

    आज आइतबार, मंसिर १, २०८२ — तपाईंको राशिफल

    आज आइतबार, मंसिर १, २०८२ — तपाईंको राशिफल

    आज राति देशका केही स्थानमा हल्का वर्षा

    आज राति देशका केही स्थानमा हल्का वर्षा

    चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द

    चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द

    तीन प्रदेशमा आज हल्का हिमपातको संकेत, देशभर मौसम स्थिर

    तीन प्रदेशमा आज हल्का हिमपातको संकेत, देशभर मौसम स्थिर

    आजको विशेष राशिफल — मंगलबार

    आजको विशेष राशिफल — मंगलबार

    समाचार
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑