काठमाडौँ । कोरोना भाइरसको (कोभिड १९) को संक्रमण विश्वभर फैलिदै गएको छ। विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा राखेको छ। नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको बताइरहेका बेला विदेशबाट फर्किएका चार जना नेपाललाई कोरोना भाइरसको आशंकामा टेकुस्थित आइसोलेसन वार्डमा राखिएको छ। शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमणको आशंका गरिएपछि विदेशबाट फर्किएका ४ जनालाई भर्ना गरिएको हो। त्यस्तै तिब्बतको ताक्लाकोटबाट भागेर हिल्सा हुँदै हुम्ला फर्कन लागेका एक नेपाली युवा गम्भीर अवस्थामा फेला परेका छन्। कोरोना संक्रमित भएको आशंकासहित स्वास्थ्यचौकीमा उनको उपचार हुँदैछ। तर, कुनै सावधानी अपनाइएको छैन। चीनमा २९ सयभन्दा बढीको ज्यान लिइसकेको, ८० हजारभन्दा बढीलाई संक्रमित बनाइसकेको कोरोनाबाट अहिले विश्वभरका देश कसरी जोगिने भन्ने चिन्तासहित तयारीमा हतारिएका छन्। नेपालमा पनि यसको जोखिम बढेका कारण उच्च सावधानी अप्नाउनु पर्ने देखिएको छ। ###दृष्टी साप्ताहिकबाट ###
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस