• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

एक हप्तामै ७०० चिनियाँ नेपाल आए, चरम लापरवाही गर्दै सरकार

March 2, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ३ मिनेट
एक हप्तामै ७०० चिनियाँ नेपाल आए, चरम लापरवाही गर्दै सरकार


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

काठमाडौं : कोरोनाले महामारी मच्चाएको चीनबाट एकसातामै ७०० चिनियाँ नेपाल भित्रिएका छन्। तर, विश्वका कैयौं देशले चीनसँगको आवतजावत ठप्पै पारेपनि नेपाल सरकारले भने विना रोकतोक चिनियाँहरुलाई सजिलै नेपाल प्रवेश दिइरहेको छ।

सरकारले विमानस्थलमा स्वास्थ्य जाँच गर्ने उपकरण राखिएको र परीक्षणमा संक्रमण नदेखिएकालाई मात्र नेपाल आउन दिएको बताएपनि यथार्थ भने फरक छ। चीनबाट अमेरिकाको सियाटल पुगेका एक नागरिकको मेडिकल स्क्रिनिङमा समस्या नदेखिएपनि पछि उनी संक्रमित भएको पुष्टि भएको थियो।

ती नागरिकबाट नै फैलिएको कोरोनाका कारण चीनमा अहिले करिब एकदर्जन मानिसहरुमा कोरोना संक्रमण भइसकेको छ। अमेरिकाले प्रविधिमार्फत पत्ता लगाउन नसकेको र पछि फैलिएको कोरोना संक्रमण रोक्न नेपालले भने उदासिनता देखाएको छ।

अहिले कैयौं देशले चीनमा रहेका आफ्ना नागरिकलाई उद्दार गरी आफ्नो देश फर्काएपनि क्वारेन्टाइनमा निश्चित अवधिसम्म राखेर मात्र परिवारसँग प्रत्यक्ष भेटघाट गर्न दिएका छन्। तर नेपालमा भने चीनबाट आएका सबै मानिसहरुलाई गुपचुप सजिलै गन्तव्यमा पुग्न दिइएको छ। यस्तो लापरबाही भइरहँदा नेपाल कोरोनाको उच्च जोखिममा रहेको स्वास्थ्य विशेषज्ञहरुले चेतावनी दिइरहेका छन्

चीनमा कोरोनाका कारण हालसम्म ९०० मानिसहरुको मृत्यु भइसकेको छ भने करिब एक लाख मानिसहरु संक्रमित भएका छन्। यस्तो संकटपूर्ण अवस्थामा रहेको संक्रमित मुलुकबाट आएका चिनियाँहरुलाई नेपाल सरकारले भने फूलमालाले स्वागत गरिरहेको छ।

सरकारले भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। सोही संख्या पुर्‍याउन जस्ता मानिसलाई पनि सामान्य जाँचकै भरमा विमानस्थलबाट सजिलै बाहिर पठाउने गरिएको छ। जबकी कोरोना नियन्त्रणमा चीन समेत आत्तिइरहेको छ।

बालुवाटारमा मुरली बजाएर रमिता देखाउने गरेको प्रधानमन्त्रीले धमाधम चिनियाँ नागरिकलाई नेपाल आउन दिइरहँदा त्यहीँ रहेका १८० नेपालीको भने बिचल्ली भएको छ। विश्वका सबैजसो देशले चीनमा रहेका आफ्ना नागरिकलाई फिर्ता लगिसक्दा पनि नेपाल सरकारले आफ्ना नागरिक उद्दार गर्न आलटाल गरिरहेको छ।

चीनबाट ल्याउने नेपालीलाई राख्ने स्थानको टुङ्गो समेत लगाउन नसकेको सरकारले चिनियाँलाई भने सजिलै विमानस्थल पार गर्न दिइरहेको हो।
अहिले सरकारले न त कोरोना संक्रमण फैलन नदिन पर्याप्त तयारी गरेको छ, न त विमास्थलमा रहेको हेल्थ डेस्ककै काम प्रभावकारी देखिएको छ। चिनियाँ नागरिक देख्नेवित्तिकै हेल्थ डेस्कका कर्मचारी भाग्ने गरेको र सजिलै विमानस्थलबाट बाहिर आउन दिने गरेको खबर बाहिरिइरहेको छ।

तर नियामक स्वास्थ्य मन्त्रालयले भने हेल्थ डेस्क राखेको दाबी गर्दै कोरोना संक्रमण रोकथाममा हेल्चक्र्याइँ गरिरहेको छ। अझ, हेल्थ डेस्क राखेकै भरमा विश्वस्तरीय सतर्कता अपनाइरहेको हास्यास्पद दाबी गरिरहेको छ।

विमानस्थलमा राखिएको स्क्रिनिङ मेसिनले शरीरको सामान्य तापक्रम मात्रै देखाउने गर्छ। त्यहीमाथि पनि यी मेसिन बारम्बार बिग्रने गरेको छ। यही सामान्य पूर्वाधारकै भरमा सरकारले छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना नियन्त्रणमा उदासिनता देखाइरहेको छ।

न त सरकारसँग कोरोना संक्रमण फैलिए के गर्ने भन्ने स्पष्ट योजना छ, न त सरासर नेपाल आइरहेका चिनियाँलाई रोक्न नै सकेको छ। चीनका विभिन्न प्रान्तबाट दैनिक आइरहेका सयौं यात्रीले नेपालमा सहजै प्रवेश पाइरहेका छन्।

त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयको तथ्यांकअनुसार विगत ७ दिनमा ७०० चिनियाँ नागरिक नेपाल पसिसकेका छन्। यसहिसाबले कोरोना फैलिएपछिको एक महिनाको अवधिमा हजारौं चिनियाँले नेपालमा सहजै प्रवेश पाएका छन्।

चीनलाई ट्रान्जिट बनाएर नेपाल आउने विदेशीको संख्या त त्यो भन्दा पनि बढी छ। ###Nepal Pana###

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑