काठमाडौं, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच बिहीबार बिहान भेटवार्ता भएको छ। प्रधानमन्त्री निवासमा बालुवाटारमा ओली र शेखरबीच डेढघण्टा लामो भेटवार्ता भएको हो।
भेटको सुरुमै कोइरालाले आफूले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भनेको प्रसङ्गबाट उठाएका थिए।भेटमा राष्ट्रिय राजनीति, बाँस्कोटा प्रकरण, संविधान संशोधन, नेकपाभित्रको चलिरहेको आन्तरिक कलह र कांग्रेस पार्टी र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।
शेखरले व्यक्तिको अनुहार हेरेर संविधान संशोधन गर्दा कुनै पनी बेला मुलुक दुर्घट्नामा पर्न सक्ने भन्दै त्यसो नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए। भेटमा प्रधानमन्त्री ओली देशका बारेमा निकै चिन्तित देखिएको बताइएको छ।
प्रधानमन्त्री ओली र शेखरबीच भेटवार्ता भएको कोइरालाका सहयोगी दिनेश थपलियाले स्विकार गरेपनी डेढ घण्टाको भेटमा थप के के कुरा भयो भन्नेबारे केही बताउँन चाहेनन्। पार्टीको आसन्न महाधिवेशनमा सभापती लड्ने भन्दै देश दौडाहामा रहेका कोइराला र प्रधानमन्त्रीत्रीचको यो भेटघाटलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस