• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

प्रचण्डले अवसर दिएकाले उज्यालो नेपाल बनायौं : कुलमान घिसिङ

February 27, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
प्रचण्डले अवसर दिएकाले उज्यालो नेपाल बनायौं : कुलमान घिसिङ


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुनः आफ्नो कार्यकाल दोहोर्‍याउनेमा अनिच्छा प्रकट गरेका छन्। जनता टेलिभिजनको कर्पोरेट टक कार्यक्रममा कुराकानी गर्दै घिसिङले एउटै पदमा बसेर कार्य गरिरहनु त्यति राम्रो नहुने भन्दै यस्तो इच्छा व्यक्त गरेका हुन्।

सरकार वा सबै क्षेत्रले चाहना गरेमा भने आफूले गरिरहेको कार्यलाई निरन्तरता दिने उनले बताए। तीन वर्षमा हरेक नेपालीको घरघरमा बिजुली पुर्‍याइने घिसिङले दाबी गरेका छन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको बेला तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले आफूलाई यो स्थानमा अवसर दिएको उनको भनाइ छ।

घिसिङले आफ्नो कार्यकालका सबै सरकार र सम्बन्धित निकायले सहयोग गरेका आज देशमा लोडसेडिङ अन्त्य भएको बताएका छन्। बिजुलीको महशुल आधा सस्तो बनाउने गरी प्राधिकरणले प्रस्ताव गरेको र छिट्टै घरायसीसँगै औधोगिक महशुल समायोजन हुने उनले बताए।

त्यसैगरी राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पुर्‍याउने जानकारी दिइयो।

चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा सो कार्यक्रम सञ्चालनमा आउँदैछ। चितवनका ९८ वडामार्फत परिचयपत्रको फारम भर्ने काम शुरु हुन लागेको जनाइएको छ। यसका लागि ११७ कर्मचारी नियुक्तिको प्रक्रियामा रहेका छन्।

ती कर्मचारीलाई २३ वटा समूहमा विभाजन गरी प्रत्येक पालिकाका वडामा पठाइने छ। दुई वर्षमा राष्ट्रिय परिचयपत्र बनाई सक्ने उद्देश्यका साथ सरकारले काम शुरु गरेको हो। पहिलो चरणमा छनोट भएका १५ जिल्लामध्ये सात जिल्लामा काम प्रभावकारी बनाउन लागिएको विभागका निर्देशक शिवराज जोशीले जानकारी दिए।

उनका अनुसार व्यक्तिको सबै विवरण लिई परिचयपत्रमा राखिनेछ। व्यक्तिगत विवरण राख्न सहज हुने भएकाले परिचय पत्र बनाउन लागिएको हो। नागरिकताका आधारमा विवरण सङ्कलन गर्ने भएकाले बाह्य जिल्लाको नागरिकताको हकमा स्थानीय तहको सिफारिसका आधारमा विवरण भरिने विभागले जनाएको छ।

हालसम्म पाँचथर र मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीका एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरिएको छ। परिचय पत्रमा नागरिकको पृथक परिचय नम्बर उपलब्ध हुनेछ। आधुनिक सूचना प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली अवलम्बन गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोग पु¥याउने लक्ष्यका साथ परिचयपत्रको फारम भर्न लागिएको हो ।

राज्यबाट प्रवाह हुने सेवासँग आबद्ध गर्ने, राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले काम शुरु गरिएको महानिर्देशक जोशीले जानकारी दिए। कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले स्मार्ट सिटीमा स्मार्ट परिचयपत्र आवश्यक रहेको बताए।

शहरलाई स्मार्ट बनाउँदा आफ्नो परिचयलाई पनि सोहीअनुसार गर्नु अवलम्बन गर्दै जिल्लावासीलाई यो परिचयपत्र बनाउने काममा सहयोग पुर्‍याउन आग्रह गरे। चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लामा रहेका छ लाख ७५ हजार जनतालाई परिचयपत्रको फारम भर्नका लागि १०२ दिन लाग्ने भएकाले सोहीअनुसारको व्यवस्थापन मिलाउन लागिएको जानकारी दिए।

 

 

बाट थप

  • आज अमेरिकी डलरको भाउ बढ्योआज अमेरिकी डलरको भाउ बढ्यो
  • राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२
  • देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेतदेउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत
  • राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दरराष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    अंशु हत्या प्रकरणमा छिमेकी पक्राउ, प्रहरी सोधपुछमा

    अंशु हत्या प्रकरणमा छिमेकी पक्राउ, प्रहरी सोधपुछमा

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑