
काठमाडौं । जन्मदिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले काटेको केकको चर्चा अझै सेलाईसकेको छैन । सोली भएको टोपी लगाउने, केक काट्ने संस्कृतिको भिडमा जन्मदिनमा आफ्ना सन्तानलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ ।
यसैक्रममा चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं ७ निवासी रामकाजी पाण्डेले आफ्ना छ महिनाको छोरालाई युनियन लाईफको १० लाख रुपैयाँ बीमा पोलिसी उपहार दिएका छन् । छ महिनाका रिशभ पाण्डेको अन्न प्राशनको अवसर पारेर १० लाख रुपैयाँको बाल सावधिक जीवन बीमा योजना भएको पोलिसी उपहार दिइएको युनियन लाईफ इन्स्योरेन्सका डेपुटी प्रदेश प्रमुख आईआर सुवेदीले बताए । ###इन्स्योरेन्स खबर###
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस