सोल-कोरियाली प्रायद्वीपमा भएको युद्धको समाप्ति सँगै यहाँको अर्थतन्त्रमा आमुल परिवर्तन आएको छ । एक अध्ययनका अनुसार उक्त युद्ध पछि यहाँको प्रति ब्यक्ति आय तथा कुल गार्हस्थ उत्पादनमा बर्षेनी करिव १० प्रतिशत सम्मले बृद्धि भएको छ ।
सन् १९५३ मा कोरियामा भएको युद्धविराम ताका करिव ६६.५ अमेरिकी डलर प्रतिब्यक्ति आय रहेको यहाँको अर्थतन्त्र सन् २०१९ मा आउँदा करिव ३३४३४ अमेरिकी डलर पुगेको छ । यो सन् १९५३ को भन्दा करिव ५ सय ३ प्रतिशतले बढी हो ।
यदि कोरियाली अर्थतन्त्रको उचाइलाई नजिकबाट नियाल्ने हो भने सन् १९५० को दशकमा करिव ३.६ प्रतिशत रहेको आर्थिक बृद्धीदर ६० को दशकमा आउदा करिव १०.४ प्रतिशत रहेको थियो ।
त्यस्तै गरि ७० को दशकमा करिव २२.८ प्रतिशत, ८० को दशकमा १२.९ प्रतिशत, ९० को दशकमा ६.२ प्रतिशत, सन् २००० मा करिव ६.१ प्रतिशत थियो भने सन् २०१८ सम्म आउदा बृद्धीदर ६.४ प्रतिशत रहेको छ |
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस