सोल-एक अध्ययन अनुसार हाल दक्षिण कोरियालीहरु माझ वाइन वियर जत्तिकै प्रसिद्ध हुन थालेको छ । पहिले विशेष अवसरहरुमा मात्र प्रचलनमा ल्याइने गरिएको वाइन आजभोली नियमित रुपमै प्रयोगमा आउन थालेको हो ।
वर्ष २०१९ को सुरुवातबाट नै सुपरमार्केटहरुमा वियर भन्दा वाइनको विक्रि बढी भएको हो । रक्सिजन्य पदार्थमा सबैभन्दा बढी विक्रि वाइनको रहेको पनि अध्ययनले देखाएको छ ।
तथ्याङ्कका अनुसार रक्सिजन्य पदार्थहरुमा सबैभन्दा बढी विक्रि हुने वाइनले बजारको करिव २३.३ प्रतिशत हिस्सा ओगटेको छ । त्यसै गरि कोरियन वियरले करिव २२.२ प्रतिशत बजार ओगटेको छ ।
विदेशी वियरको बजार कोरियामा करिव २१.६ प्रतिशत रहेको छ भने सोजु को बजार हिस्सा करिव १८.२ प्रतिशत रहेको छ ।
अध्ययनका अनुसार आगामी बर्ष मधिरा विक्रिमा उल्लेख्य बृद्धी हुने जनाइएको छ | यसको कारण कोरियामा हुने हरेक सभा समारोहमा मदिराको अधिकतम प्रयोग हुनुलाई मानिएको छ |
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस