मानव अधिकार हनन सम्बन्धमा :
जापानको कानून तथा न्याय मन्त्रालय, मानव अधिकार सम्बन्धि कानूनी मामिला ब्यूरोद्वारा यहाँ रहेका विदेशीहरुका लागि
उपलब्ध गराईएको निःशुल्क परामर्श सेवा –
आफ्नै भाषामा नि:शुल्क परामर्श सेवा लिनुहोस !
विविध भाषा, धर्म, संस्कारजन्य भिन्नताका कारण जापानमा बिदेशीहरुले मानव अधिकार हननसंग सम्बन्धित बिभिन्न समस्याहरु भोग्नुपरिरहेको हुनसक्छ ।
उदाहरणका लागि जस्तै:-
विदेशी भएकै कारण पसल/स्टोरको सेवा उपयोग गर्नबाट वन्चित हुनुपरेको ।
बसिरहेको अपार्ट/रुमबाट निकालिनु परेको ।
विद्यालयमा बालबालिकाहरुलाई दुर्ब्यवहार गरिएको ।
प्रचलन र संस्कारजन्य भिन्नताका कारण भेदभावजन्य दुर्ब्यवहारबाट पीडित हुनुहुन्छ भने यो मानव अधिकार हननसंग सम्बन्धित चिन्ताको बिषय हुन सक्छ ।
यदि तपाई मानव अधिकार हनन सम्बन्धि त्यस्ता समस्याबाट ग्रसित हुनुहुन्छ भने चिन्ता गरेर एक्लै नबस्नुहोस, तुरुन्त परामर्श सेवा लिन अनुरोध गर्दछौं ।
जापानको कानूनी मामिला ब्यूरोले मानव अधिकार हनन सम्बन्धि परामर्श सेवा तपाईको आफ्नै भाषामा उपलब्ध गराएको छ ।
मानव अधिकार हननसंग सम्बन्धित परामर्श सेवा काउन्टर मार्फत, टेलिफोन मार्फत र इन्टरनेट मार्फत उपलब्ध छ ।
मानव अधिकार हननसंग सम्बन्धित परामर्श काउन्टरमा समस्याको प्रकृति अनुसार समाधान निर्भर हुने भएकोले देहाय अनुसारले सहकार्य गर्न सकिने छ ।
पीडित र सरोकारवला पीडक पक्ष बीच छलफलका लागि मध्यस्थता गर्ने
पीडक पक्षलाई ज्यादती बन्द गर्न आग्रह गर्ने
कानूनी उपचारमा जानुपर्ने भएमा सो बारेमा बिषयगत जानकारसंग परिचय गराईदिने ।
लिंक (गन्तव्य):
न्याय मन्त्रालय मानव अधिकार ब्यूरो वेबसाइट ’विदेशीहरूका लागि मानव अधिकार परामर्श’ (सबै यहाँ)
https://www.moj.go.jp/JINKEN/jinken21.html
सान्दिर्भिक लिंक:
न्याय मन्त्रालय मानव अधिकार ब्यूरो अंग्रेजी वेबसाइट (शीर्ष)
https://www.moj.go.jp/ENGLISH/HB/hb.html
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस