चाडको मरुभूमिमा आप्रवासीका २७ शव भेटिएको छ । चार जना बालबालिकासहित आप्रवासीका २७ शव फेला परेका आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले जनाएको हो । ती आप्रवासीहरू पश्चिम–मध्य चाडको मौसोरो सहरबाट ट्रकमा निस्केका र बाटोमै ट्रक बिग्रिएर भोकप्यासले ज्यान गएको हुन सक्ने आप्रवासन सङ्गगठनको अनुमान छ ।
सङ्गठनको चाडका प्रमुख एनी क्याथ्रिन शेफरले यस्ता अकल्पनीय घटना रोक्न सुदृढ व्यवस्थापन तथा सामूहिक काम गर्न आवश्यक रहेको बताउनुभएको समाचार संस्था एपीले जनाएको छ ।
बितेका आठ वर्षमा सहारा मरुभूमि पार गर्ने प्रयासमा साढे ५ हजारभन्दा धेरैको ज्यान गएको वा बेपत्ता भएको विवरण छ । यो वर्ष एक सय ५० आप्रवासीको मरुभूमिमा ज्यान गइसकेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस